पहिले र अहिलेको महिलाहरुको बिशेष पर्व तीज नै फरक

बौनियाँ कैलाली/हरेक वर्ष भाद्र शुक्ल तृतीयालाई नेपाली महिलाले हरितालिका तिजका रूपमा मनाउने गर्छन् । विवाहित महिलाले पतिको दीर्घायु र अविवाहितले योग्य वरको कामना गर्दै तिजको व्रत बस्छन् भन्ने धार्मिक विश्वास छ । पौराणिक युगमा पार्वतीले महादेव पति पाउन यो दिन पानीसमेत नखाई निराहार व्रत बसेकाले महादेव प्रसन्न भएको कथासँग तिजको व्रत जोडिएको छ ।

तृतीयाका दिन निराहार व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन विभिन्न पकवान पकाएर खाने गरिएकाले यसलाई दर भनियो । तिजको अवसरमा विवाहित छोरी माइत आएर घरमा पाएका दुःखकष्ट, व्यहोर्नुपरेको बुहार्तन आमा तथा माइती पक्षलाई सुनाएर मन हल्का पार्ने गर्दछन् । पहिले बाल्यावस्थामै बिहे हुँदा चेलीले माइत आउन तिज पर्खनुपर्ने हुँदा पनि यसको विशेष महत्व थियो । तर, अहिले अधिकांशले वयस्क भएपछि आफैंले रोजेर विवाह गर्दा तिजको हिजोको जस्तै सामाजिक महत्व नभए पनि समयसँगै यसले पनि आधुनिकताको जामा पहिरिने अवसर पाएको छ ।

हिजो हिन्दू धर्मावलम्बीमा रजस्वला नहुँदै विवाह गर्ने चलन थियो । रजस्वला नहुँदै कन्यादान दिए हजार गाई दान दिएभन्दा बढी पूण्य प्राप्त हुने विश्वास थियो । परिवार संयुक्त हुन्थ्यो ।

कृषि तथा पशुपालनमा आधारित समाज व्यवस्था थियो । कृषि तथा पशुपालनमा आधारित समाजमा कडा शारीरिक श्रम अनिवार्य हुन्छ । माइतीको माटोमा लडिबुडी खेल्दै गरेकी बालिका बुहारी भएर अर्काको घरमा पुग्थिन् । अहिले पनि बालबालिका अर्काको घरमा जति नै माया गरे पनि आफ्नै आमाबाबुसँग सहजाउँछन् । यो स्वाभाविक बाल सुलभता पनि हो ।

यस्तो समाज व्यवस्थामा जितभन्दा पनि माइत जान पाउने पर्वको सम्झनाले पनि चेलीमा रोमाञ्चकता भर्दथ्यो । तर, अहिले सामाजिक व्यवस्था बदलिएको छ । कृषि र पशुपालनका ठाउँमा व्यापार, नोकरी तथा अन्य बौद्धिक व्यवसायले लिएको छ । सामाजिक व्यवस्था बदलिएसँगै हामीले मनाउँदै आएका चाडपर्व मनाउने तरिका पनि फेरिएको छ ।
आपुँजीवादी युगमा हरेक चाड पर्व पनि विज्ञापनबाट प्रभावित भएका हुनु स्वाभाविक हो । जति धेरै प्रोपोगान्डा मच्चाउन सकिन्छ त्यति नै धेरै बिक्री हुन्छ ।

अर्थात् अर्थशास्त्रको माग र पूर्तिको सिद्धान्त यहाँ लागू हुन्छ । विज्ञापनले मागलाई प्रोत्साहित गर्छ । यसैगरी, तिजलाई पनि अहिले अतिरञ्जित गरिएको छ । महिनौं अघिदेखि दर खाने नाममा पार्टी प्यालेस भरिभराउ भएका छन् । गीत, संगीतको व्यापार पनि उत्तिकै फस्टाउँदो छ । खाद्यपदार्थ र कपडा, गहनाको त प्ररतिस्पर्धा नै हुने गरेको छ । यसले तिजको मौलिकपना हराए पनि भड्किलो नै सही परम्परालाई खास जातीय घेराबाट छिचोल्दै फराकिलो बनाएको छ । तिज मनाउनुका खास कारण, यसको धार्मिक तथा सामाजिक महत्वका गुण दोष आफ्ना ठाउँमा होलान् ।

यसले नेपाली महिलालाई स्वतन्त्रताको अनुभूत गराएको भने साँचो हो । धार्मिक मान्यता जस्तो पतिको दीर्घायु र योग्य वरको कामनाका लागि आज कसैले तिजको व्रत नबस्ला तर, यो रमाइलोमा सरिक नहुने कमै हुन्छन् । हिजो हिन्दू महिलामा त्यसमा पनि क्षत्री तथा ब्राह्मण जातिमा सीमित रहेको तिजले आज प्रायः सबै जातीय समुदायका महिलालाई प्रत्यक्ष अप्रत्यक्ष प्रभावित बनाएको छ । आजको तिजले महिला सशक्तीकरण, सम्मान र स्वतन्त्रतालाई प्रवद्र्धन गरेको छ ।

नेपाली महिलामा ८ मार्चको नाम नसुन्ने र यसको महत्व नबुझ्ने धेरै छन् । तर, तिज सबैमा पुगेको छ । आज तिजलाई नेपाली महिला अधिकार दिवसको मान्यता नदिए पनि सामाजिकरूपमा यस्तै किसिमले उपयोग गरिएको छ । त्यसैले, हामी पनि तिजको अवसरमा सबै नेपाली महिलामा स्वतन्त्रता, समानता र सशक्तीकरणको प्रवद्र्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९