बुधबार, फाल्गुन ९, २०८०

नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाह केन्द्रीय सदस्य उमेद्वारी घोषणा

काठमाण्डौ /नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाहले केन्द्रीय सदस्यको उमेद्वारी घोषणा गरेका छन् । काठमाण्डौमा भएको यूवाहरुको भेलामा आफ्ना कुरा राख्दै नेता शाहले नेपाली कांग्रेसले १४ औं महाधिवेशन आफ्नो केन्द्रीय सदस्यको उमेद्वारी रहने घोषणा गरेका हुन ।

 

नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने भएको छ । महासमिति सदस्य समेत रहेका शाहले संविधान सभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नं। २ बाट प्रत्यक्ष तर्फ उमेद्वार रहेका थिए भने नेपाली काँग्रेसको १३ औं महाधिबेशनमा खुल्ला तर्फ केन्द्रीय सदस्यको उमेद्वार रहेका थिए । यूवा भेलामा शाहले नेतृत्व परिवर्र्तनका लागि सबै एक ठाउँमा रहनु पर्ने बताएका थिए ।

 

विभिन्न ठाउँमा देखिएको क्रियाशिल सदस्यताका विषयमा पार्टीको विधि, विधान प्रक्रिया तथा पार्टीको केन्द्रीय समिति तथा पदाधिकारीहरुको बैठकका आधारमा निष्पक्ष तरिकाले सामाधान गर्नु पर्नेमा जोड दिए ।

 

कुनै व्यक्तिको नाममा पार्टी कब्जा गर्ने नियतले दिइएको क्रियाशिल सदस्यता खारेज गर्नुको विकल्प नरहेको बताए । नेपाल तरुण दलको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका शाह जनताका माझ रही उनीहरुको सेवा लागेको र नेता तथा कार्यकर्तासँग सम्पर्क रहेका कैलाली क्षेत्र नं। २ का निवर्तमान क्षेत्रिय सभापति देवानन्द जैशीको भर्नाइ छ ।

 

पार्टी भित्रको आन्तरिक समस्या तथा क्रियाशिल सदस्यताका विषयमा उत्पन्न विवादका सन्दर्भमा काँग्रेस संस्थापनइतर समुहले सोमबार काठमाण्डौमा भेलाको आयोजना गरेको थियो । भेलामा केन्द्रीय सदस्य गगन थापा, दीपक गिरी, चन्द्र भण्डारी, गुरुराज घिमिरे, रजित कर्ण, सरिता पसाई, अनिता यादब लगायतको उपस्थिती रहेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!