बिहिबार, फाल्गुन १७, २०८०

प्रधानमन्त्री देउवालाई जिब्रो दान दिने कैलालीका एक युवाको घोषणा

बौनियाँ/कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाका एक युवाले प्रधानमन्त्री शेरबहादुर देउवालाई जिब्रो दान गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार गाउँपालिकाको वडा नम्बर ७ का केशव माझीले ट्रान्सप्लान्ट गर्न मिल्ने भए प्रधानमन्त्री देउवालाई आफू जिब्रो दान दिन तयार रहेको घोषणा गरेका हुन् ।

‘आदरणीय पार्टी सभापति शेरबहादुर देउवालाई म जिब्रो दिन तयार छु । यदि ट्रान्सप्लान्ट हुन्छ भने,’ सामाजिक सन्जालमार्फत उनले घोषणा गरेका छन्, ‘देश विकासको लागि १० वर्ष सरकार चलाउन दिनुपर्यो ।’ माझी विगगत ५ वर्षदेखि नेविसंघमा आवद्ध छन् । 

स्रोत.सनराइज समाचार

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation