बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

आज महा शिव रात्रि पर्ब देशभर मनाइदै

काठमाडौँ । आज महाशिवरात्रि पर्व । देशभरका शिवालय तथा शिव मन्दिरहरुमा धुमधामका साथ भगवान शिवको पुजा आराधना गरी यो पर्व मनाइदैछ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व सोमबार देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो ।

शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भनिन्छ । शिवका रुद्र, भैरव, महादेव, महेश्वर, शङ्करलगायत हजार नाम छन् । जसलाई शिव सहस्रनाम भनिन्छ ।

महाशिवरात्रिका दिन द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने पशुपतिनाथमा दर्शनार्थीको भीड लाग्ने गर्छ । यसदिन विश्वभरका हिन्दू धर्मावलम्बी पशुपतिनाथको दर्शन गर्न नेपाल आउने गर्छन् ।

यस अवसरमा आज मुलुकभर रहेका शिवालयमा पनि पूजा, रुद्राभिषेकसहित जल अर्पण गर्ने भक्तजनको लाम लाग्ने गर्छ । शिवलाई देवताका पनि देवता मानिने भएकाले महादेव भनिन्छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation