
बौनिया/कैलालीको मोहन्याल गाउपालिका वाड न ३ फलेबिसौना मा रहेको जनकल्याण सामुदायिक बन उपभोक्ता समितिको बार्सिक साधारण सभा सम्पन्न भएको छ ।
सामुदायिक बनका अध्यक्ष जया गिरिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा न ३ का वडा सदस्य निर्मला बि.क रहनु भएको थियो। भने कार्यक्रम मा वडा अध्यक्ष नन्द राम गिरि(नवीन) ले आफ्नो भनाई राख्दै सामुदायिक बन का पधाधिकारी लाई निर्देश गर्दै उपभोक्ता को समस्या लाई मद्यनजर गर्दै सदैब आम जनता को हित हुने काममा लाग्न सुझाव दिनु भयो। उपभोक्ता को आवश्यकता को पहिचान गरि नीति नियम मा रहि दाउरा र काठ सहुलियत रूपमा उपलब्ध गराउन समेत अध्यक्ष गिरिले आग्रह गर्नु भयो।कार्यक्रममा जनचेतना सामुदायिक बनका उपाध्यक्ष नवल सिङ गिरि बडपानी सामुदायिक बनका अध्यक्ष निर्प बहादुर साही,हिमालय सामुदायिक बनका अध्यक्ष धन राज गिरि,सान्ती मा.बी का शिक्षक मान बहादुर बुढा मोहन्याल युवा कलब का सचीव बिरेन्द्र बिक लगाएत्काले बोल्नु भएको थियो।
आर्थिक बर्ष २०७६र७७ सालको कुल ४४लाख ९७ हजार दुई सय चार रुपैयाँ बराबर को आय ब्याय सस्था का सह सचीव बिस्नु बुढाले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो।