बुधबार, अशोज २३, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

७ महिना बित्यो ? बाढि पीडित ३१ घरपरिवारले पाएनन् राहत सांसद साउँदको झुटो आश्वासन/ पिडित भन्छन अमुल्य मत खेर गयो

बौनियाँ ,कैलाली /कैलालीको बर्दगोरीया गाउँपालिकाको वडा नं ३ बुटकौवा शान्ती टोलमा २०७७ भाद्र महिनाको १० गते बुधबार राती परेको अविरल वर्षा पछी आएको बाढिका कारण करीव ३१ घरपरिवार विस्थापित भएका थिए ।

करीव २ दिन सम्म परेको अविरल वर्षाले काँडा नदिमा पानीको बहाव बढे पछि उक्त टोल डुवानमा पर्दा ३१ घरपरिवार विस्थापित भएका हुन । रातिको करीव ७:८ बजेको समयमा बाढि बस्तीमा पस्दा मानविय क्षेती भने नभएको वडा अध्यक्ष करने सुनारले जानकारी दिएका अनमोल अनलाईन टेलिभिजन लाई बताएका थिए।

उक्त दिन के .के युवा क्लबका युवा हरुले पीडित जनता हरुलाई उदार गरेका थिए।३१ घरपरिवार विस्थापित भएका  पीडित जनतालाई विभिन्न सामुदायिक वन उपभोक्ता समिती र विभिन्न संग संस्था हरुले पीडित जनता हरुलाई संयोग गरेका थिए।
त्यस्तै बाढि विस्थापित भएको टोलको कैलाली क्षेत्र नं २ प्रदेश सभा ‘ख’ का सांसद नन्द बहादुर साउदले समेत अवलोकन गर्नुभएको थियो। अवलोकन गर्दै सांसद साउदले चाडै तटबन्धनको काम हुने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।

सांसद साउदले भने वडा नं ३ लगाएत गाउँपालिकाको सुगरखाल सम्मको नदि कटान क्षेत्रको सर्वेको काम भईसकेको हुदाँ लकडाउन खुले लगतै टेन्डरको काम हुन्छ । टेन्डरको काम सकिए लगतै तटबन्धनको काम समेत सुरु हुने उनले बताए । सांसद साउदले अव नदि कटान क्षेत्रका जनताले समस्या भोग्नु नपर्ने बताउँदै चाडै त्यस क्षेत्रमा तटबन्धन हुने बताएका छन ।

सोहि क्रममा सांसद साउदले सेति लोकमार्गमा पर्ने कुईरा नदिमा बाढि आउँदा वडा नम्बर ३ का जनतालाई आवतजावतमा ठूलो समस्या हुने गरेकोले यस वर्ष झुलुङ्गे पुलको काम अनिवार्य अगि बढाउँने बताए । गत वर्ष झुलुङ्गे पुलको सर्वे भईसकेको हुदाँ के कती कारणले ठेक्का हुन नसकेको मात्र हो, यसपटक जसरी भए पनि वडा नं ४ जोडने ठाँउमा अथवा वडा नं २ जोडने ठाँउमा झुलुङ्गे पुलको काम अगि बढने उनले बताए । नदि कटान क्षेत्र होस या अन्य क्षेत्रमा, अव तिन तहकै सरकार मिलेर सहयोग गर्नुपर्ने सांसद साउदले बताएका थिए।

सांसद साउदले उक्त क्षेत्रको अवलोकन गरेको ७ महिना  विती सकेको छ।यति लामो समय सम्म पनि कुनै पनि राहत नदिँदा आफूले दिएको अमुल्य मत कता कता विकास सिल नेता हामीले चिन गल्ती भयो कि भन्छन पीडित एक स्थानीयले भने त्यस्तै बाढि विस्थापित भएको टोलको अवलोकन गर्दै सांसद साउदले चाडै तटबन्धनको काम हुने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation