शिक्षित महिलाले नै शिशुलाई पर्याप्त स्तनपान गराउँदैनन्ः अध्ययन प्रतिवेदन

खोटाङ,  पछिल्लो समयमा नेपालमा शिक्षित महिलाले नै आफ्ना नवजात शिशुलाई पर्याप्त मात्रामा स्तनपान नगराउने गरेको तथ्याङ्कले देखाएको छ । शिक्षित महिलामा चेतनास्तर उच्च भए पनि विशेषगरी सहरी क्षेत्रका शिक्षित आमाहरुले नै आफ्ना नवजात शिशुलाई पूर्ण रुपमा स्तनपान नगराएपछि स्तनपानको दर घट्दै गएको अध्ययन प्रतिवेदनले देखाएको हो ।

 

 

जिल्ला स्वास्थ्य कार्यालयले आज दिक्तेलमा गरेको क्रियाशील पत्रकारसँगको अन्तरक्रियामा प्रस्तुत तथ्याङ्कअनुसार ६१ प्रतिशत आधारभूत शिक्षा प्राप्त गरेका र ५३ प्रतिशत माध्यमिक शिक्षा प्राप्त गरेका आमाले आफ्ना नवजात शिशुलाई पर्याप्त स्तनपान नगराएको पाइएको छ । उच्च शिक्षा हासिल गरेका ४९ प्रतिशत आमाले आफ्ना शिशुका लागि दूधदानी प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ ।

 

 

कोशी प्रदेशमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने महिला ४७ प्रतिशत रहेको पाइएको छ । शिशु जन्मिएको छ महिनासम्म पुग्दा पूर्ण स्तनपान गराउने महिला भने ५३ प्रतिशत मात्र रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तर, जिल्लाको अवस्था भने तुलनात्मक रूपमा राम्रो देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

 

आर्थिक वर्ष २०८२÷८३ को तथ्याङ्कअनुसार जिल्लामा शिशु जन्मेको एक घण्टाभित्र ९८ दशमलव ६५ प्रतिशत र छ महिनासम्म ७३ दशमलव ०१ प्रतिशत शिशुलाई पूर्ण स्तनपान गराएको पाइएको छ । नियमित स्तनपान गराउनेमा अधिकांश स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमा रहेको कार्यालयले जनाएको छ । नेपालमा सन् २०२२ को तथ्याङ्कअनुसार २२ प्रतिशत आमाले शिशुलाई दूधदानीबाट दूध खुवाउने गरेका छन् । स्वास्थ्यकर्मीका अनुसार दूधदानीको प्रयोग बढ्दै जानु शिशु स्वास्थ्यका लागि चुनौती बन्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

 

 

पूर्ण स्तनपान नगराउँदा शिशुमा पखाला, श्वासप्रश्वासको सङ्क्रमण, मोटोपनालगायत समस्या देखिन सक्ने तथा आमालाई स्तन  र पाठेघरको क्यान्सर तथा मधुमेहको जोखिम बढ्ने स्वास्थ्य कार्यालयले जनाएको छ । स्तनपान गराइएका नवजात शिशुको ७५ प्रतिशतसम्म विभिन्न सङ्क्रमणबाट ज्यान बचाउन सकिने आधार तय गर्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । नवजात शिशुलाई कम्तीमा पनि छ महिनासम्म आमाको दूध नियमित खुवाउँदा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर उल्लेखनीय रूपमा घटाउन सकिने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत शिवेन्द्रप्रसाद सिंले जानकारी दिनुभएको छ ।

 

 

बच्चा जन्मिएलगत्तै आमाको छातीमा राख्ने, आवश्यक परे नवजात शिशु ब्युँताउने विधि अपनाउने, सङ्क्रमण समयमै पहिचान गरी उपचार गर्ने तथा जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्दा मातृ तथा शिशु मृत्युदर घटाउन सकिने जनाइएको छ । स्तनपानको संरक्षण, प्रवद्र्धन र समर्थनका लागि नेपाल सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ कार्यान्वयन, ७५३ वटै स्थानीय तह तथा सार्वजनिक स्थलमा स्तनपान कक्ष स्थापना, स्वास्थ्यकर्मीलाई तालिम, नियमित परामर्श तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

 

 

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली कार्यान्वयनका लागि औषधि व्यवसायी, पत्रकार तथा अस्पताल एवम् मेडिकल कलेजका विद्यार्थीसँग बहस तथा पैरवीसमेत भइरहेको जानकारी दिइएको छ । उत्पादक वा वितरकबाट आर्थिक वा भौतिक उपहार स्वीकार गर्ने, उत्पादनको नमूना वितरण गर्ने वा कुनै उत्पादनको प्रवद्र्धन गर्ने स्वास्थ्यकर्मीलाई एक हजारसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

 

 

विना प्रमाणीकरण उत्पादन वा पैठारी गर्ने तथा लेबलसम्बन्धी व्यवस्था उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई रु १५ हजारसम्म जरिवाना, चार महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यकर्मीका अनुसार स्तनपानको अभ्यासमा सुधार ल्याउन सके वार्षिक रूपमा विश्वभर करिब आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिने चिकित्सको भनाइ छ । नवजात शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गरी पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउने तथा दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।विश्वव्यापी रूपमा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको व्यापार सन् २०१४ मा करिब रु ४५ खर्ब रहेकामा सन् २०१९ मा बढेर रु ७२ खर्ब पुगेको जनाइएको छ ।केदार मगर / रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९