बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरीयाको सूचना एका तिर काम अर्को तिर /बैंक खाता संचालन गरी भौचर वडालाई दिने खालको बिकल्प अपनाउन गाउँ र वडा सरकारलाई युवा नेता ओलीको सुझाव 

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागि लगत संकलनको प्रारम्भिक काम सुरु भएको १६ दिन पुगेको छ । भुमिहीनहरुको समस्या समाधानका लागि पालिकाले इकाई कार्यालय समेत संचालनमा ल्याई काम थालेको हो । यति बेला प्रतेक ६ वटै वडामा सुकुम्वासी जग्गाको रिफारिस बिटौरी कर र चार किल्ला प्रमाणित गर्ने जनताहरूको बाक्लो सहभागितामा हुने गरेको पाईन्छ ।बिटौरी कर र चार किल्ला प्रमाणितका लागि अहिले पालिकाको प्रतेक वडाहरुमा जनता बिहान ८ बजे देखि लाईन लाग्न सुरु गर्छन र साँझ ६ बजे सम्म लाईनमै हुन्छन । 

 

 

यो समस्या जनताले भोग्न थालेको ४ दिन भो अझै काममा कुनै फरक भएको छैन । भन्ने जनताको गुनासो छ। बिटौरी कर र चार किल्ला प्रमाणितका लागि यस्तो दुःख पाउनु परेको छ। जनताको सहजको लागि वडाले बैंक खाता संचालन गरी बैंकमा रकम जम्मा गरी भौचर वडालाई दिने खालको बिकल्प अपनाउन आवश्यक छ। जसले कर्मचारी र जनता दुबैलाई सहज हुन्छ।युवा नेता मिलन ओलीले अनमोल अनलाईन टेलिभिजनलाई जानकारी दिनु भएको छ। ओली भनु हुन्छ अहिले भारत बाट गाउँमा फारम भर्नको लागि आउने घुइँचो लाग्ने गरेको पाइन्छ अहिले देश भरि नै मौसम परिवर्तन भइरहेको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै घर बाट अनावश्यक रूपमा घर बाहिर ननिस्कन भनेको छ तर प्रतेक वडा कार्यालय हरुमा  यो घुइँचो देख्दा चिन्ता लाग्छ युवा नेता ओलीले भने अहिले छिमेकी देश भारतमा कोरोनाले कयौ प्रदेश लक्डाउन भएको छ सामाजिक दूरी कायम गरी  नेपाली दाजुभाइ दिदीबहिनी घर आउनु भएको छ सीमा नाकामा कडाइ गरिएको छ यता‌ वडामा कुनै दूरी छैन जनताहरूलाई एक पछी एक सरीलमा सरील टासिएको हुन्छ यिनै जनताले आफ्नो सुरक्षा र विकासको राम्रो प्रति फल पाउला भनी विजय गराएका जनप्रतिनिधिहरु गएर जिम्बरी हुँदा जनताले  दुःख पाउनु परेको ओलीले बताउनु भएको थियो।

 ६ वटा वडाहरुका जनताहरू यस विषयमा चर्को ‌विरोध गरेका छन्। युवा,समाज सेवी, बुद्धिजीवी,शिक्षक महिलाहरुले वडा र गाउँपालिकाको बारेमा सामाजिक सञ्जालमा चर्को विरोध गरेका छन् ।

बर्दगोरिया गाउँ कार्यपालिकाले चैत १० गतेको बैठकले सडकले नछोएको जमिनको प्रति कट्टा प्रति वर्ष ५० रुपैयाँ,  कच्ची सडकले छोएको जमिन प्रति कट्टा प्रति वर्ष ७५ रुपैयाँ,  ग्राभेल सडकले छोएको जमिन प्रति कट्टा प्रति वर्ष एक सय रुपैयाँ,  महेन्द्र राजमार्ग बाहेकका अन्य कालोपत्रे सडकले छोएको जमिन प्रति कट्टा प्रति वर्ष २ सय रुपैयाँ, महेन्द्र राजमार्गले छोएको जमिन प्रति कट्टा प्रति वर्ष ५ सय रुपैयाँ र बगर क्षेत्रको प्रति कट्टा प्रति वर्ष २५ रुपैयाँका दरले १ वर्ष देखीको शुल्क उठाउने निर्णय गरेको  बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिनु भएको छ। 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation