सोमवार, फाल्गुन १४, २०८०

बर्दगोरियाको बुटकुवा बाट ७ थान कडी बरामत/तस्करहरु फरार

बौनियाँ/ कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका वडा न ३ बुटकुवा खल्ला बाट ७ थान कडी बरामत गरीएको छ। श्री के के युवा क्लब बुटकुवाले गए राति करिब ९:३० बजेको समयमा युवा क्लबका अध्यक्ष शिखर वि क लगायत केही युवाहरुको टोलीले अपरर्चित ब्यक्तिहरुले काँन्दामा लगिरहेको ७ थान चिरान कडी लम्बाई ५ फिट ३/४ चौडाई रहेको काठ समातिएको हो ।

 

उक्त ब्यक्तिहरु को हुन कता लिँदै थिए कता बाट लियर आएका हुन भने जानकारी हुन नसकेको बि कले भने ब्यक्तिहरु लाई पकाउ गर्नको लागि पीछा गरेको र काठ छोडेर भाग्न सफल भएको अध्यक्ष बि कले अनमोल अनलाईन टेलिभिजनलाई जानकारी दिनु भएको छ । उक्त काठ नमूना दानुवा फाटा सामुदायीक वन उपभोक्ता समितिलाई जिम्मा लगाइने अध्यक्ष बि कले हामीलाई जानकारी पठाउनु भएको थियो । बि कले भनु भयो समाज मा भइरहेका चोरी तस्करी, बलत्कार, बाल बिवाह , विकासमा दिलासुस्ती, भष्टाचार बिरुद्द हाम्रो युवा कल्वले आवाज उठाउँदै आइरहेको समेत बताउनु भएको छ ।

 

विकले भने हामीले समाजमा जनताहरूलाई मलम लगाउने काम गर्दै आएको छौ बाढीपीडित होस या आगोलागी हामी हरुलाई कुनै दुःख सुखमा हाम्रो युवा कल्वका साथीहरु २४ घण्टा हामी जनतालाई साथ दिँदै आएको छौ हाम्रो युवा कम बोल्नु हुन्छ धेरै काम गर्नु हुन्छ अध्यक्ष वि कले बताउनु भएको थियो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation