
बौनियाँ कैलाली। ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले एक थान भरुवा बन्दुक बरामत गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ कुम्भिया स्थित शान्ति सामुदायिक वन उपभोक्ता समुहकोे वन भित्र बाट एक थान भरुवा बन्दुक बरामत गरेको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाका इन्चार्ज भिमदत्त जोशीले जानकारी दिनुभयो।
उहाले बताए अनुसार शनिबार जङ्गलमा आगोलागी भएको भन्ने खबर पाएपछि त्यहाँ जादा आगोलागी नभएको र एक थान भरुवा बन्दुक बरामत भएको अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिनु भएको थियो।
बन्दुक कस्को हो भन्ने विषयमा अनुसन्धान भइरहेको र चाडै नै अपराधी पत्ता लगाइ कानुनी दायरामा ल्याउने उनले बताए ।