बुधबार, फाल्गुन ९, २०८०

कर्णाली नदीमा स्कारपियो ब्याक गर्ने क्रममा सडकबाट तीन सय मिटर तल खस्यो

बौनियाँ/कैलालीको कर्णाली नदीमा स्कारपियो गाडी खस्दा दुई जना बेपत्ता भएका छन् । स्कारपियो दुर्घटनामा तीन जना बालक घाईते घएका छन् । कैलाली मोहन्याल गाउँपालिका वडा न.७ बाँका स्थित चिसापानी देखि सोल्टा जाने कच्ची सडक खण्डमा नम्बर नखुलेको जिप सडकमा ब्याक गर्ने क्रममा सडकबाट करीव ३ किमी उत्तरस्थित सडकखण्डबाट तीन सय मिटर तल कर्णाली नदीमा खसेको हो ।

 

 

नेपालगञ्जबाट उपचार गरेर घर फर्किएका उनीहरु कुईने घुम्न जादै गर्दा उनीहरु चढेको स्कारपियो मोहन्याल गाँउपालिकाको बाँकामा सडकबाट कर्णाली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका  प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले स्कारपियोमा पाँच जना सवार रहेकोमा तीन जना बालबालिका सडकबाट सय मिटर तल खसेको अवस्थामा पाईएको र अन्य दुई जना गाडी सहित नदीमा खसेको बताए ।

स्वारपियोमा डोटीको आर्दश गाँउपालिकाका चन्द्र जोशी,रुपी जोशी,लक्ष्मी जोशी,भुवन जोशी, र सावित्री जोशी सो स्कारपियोमा सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जानकारी दिए । स्कारपियो नदीमा खस्दा चन्द्र जोशी,रुपी जोशी वेपत्ता भएका छन् भने तीन बालबालीकाको अवस्था जटिल रहेकोले तीनै जनालाई नेपालगञ्ज लगिएको जनाएको छ । वेपत्ता दुबै जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!