काठमाडौं । सरकारको लापबाहीले देश भरको बिस्कुट उद्योगमा चिनी अभाव भएको छ । उद्योगको महत्वपूर्ण कच्चा पदार्थमा रहेको चिनी नपाइँदा चिनी उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगीहरुले बताएका छन् ।निजी क्षेत्र र सरकार सबैतिर माग्दा पनि उद्योगहरुले चिनी नपाएको नेपाल बिस्कुट उत्पादक संघका महासचिव बिक्रम कर्माचार्यले बताए ।चिनी उत्पादक निजी क्षेत्रका उद्योगहरुले पनि छैन भन्छन्, सरकारी, संस्थानले पनि मौज्दात सकिएको बताएको भन्दै साथीहरु भौंतारिएका छ महासचिवकर्माचार्यले भने ।बजारमा थोक मूल्यमा केही उद्योगले किन्न खोजेको चिनी निकै महँगो भएको पनि उनले बताए । भारतबाट आयात गर्दा चिनीको भाउ मँहगो हुने र यसले उत्पादनको मूल्य बढ्ने उद्योगीहरुको दाबी छ ।सहुलियतपूर्ण चिनीको कारोबार गर्ने दुई सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले आफूसँग चिनीको मौज्दात सकिएको बताएका छन् ।स्वदेशमा उत्पादीत चिनीको मौज्दात पनि रित्तिएको नेपाल चिनी उत्पादक संघले जनाएको छ । सरकारले भन्सार छुटमा खाद्य र साल्ट ट्रेडिङलाइ चिनी ल्याउन सहमति दिएपनि त्यसका लागि समय लाग्ने ती कम्पनीहरुले कम्पनीले जनाएको छ ।नेपालमा वाािर्षक दुई लाख मेटि्रकटन चिनीको खपत हुने सरकारी आकलन छ । कुल खपतको ४० प्रतिशत हिस्सा धारासयी र बाँकीे ६० प्रतिशत औद्योगिक खपत रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।नेपालमा बिस्कुट उत्पादन गर्न ३० कम्पनी दर्ता भएपनि १५/१६ वटा उद्योग मात्रै सञ्चालनमा छन् ।