विभाग विस्तारपछि पौडेल समूहको चेतावनी : कुनै दिन पार्टीभित्र विस्फोट हुन्छ

काठमान्डौं । काँग्रेस सभापति शेरबहादुर देउवाले विवादकाबीच पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेपछि संस्थापन इतर समूहले आपत्ति जनाएको छ । आइतबार राति ११ बजे देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गरेका थिए भने उनले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्य थपेका थिए । पौडेल समूहको विरोधलाई बेवास्ता गर्दै देउवाले विभाग गठन र विस्तार गर्दै आएका छन् । देउवालेगत फागुन तेस्रो साता आफ्नो चार वर्षको कार्यकाल सकिएपछि ४७ मध्ये २० वटा विभाग गठन गरेका थिए । पौडेल पक्षको विरोधका बीच देउवाले फागुन १७ गते १३ र १९ गते ७ गरी २० वटा विभाग गठन गरेका थिए । देउवाले अहिलेसम्म १३ वटा विभागमा सदस्यहरु मनोनयन गरिसकेका छन् । पार्टी विधानमा एउटा विभागमा ५० जनासम्म सदस्य राख्न सकिने व्यवस्था भए पनि देउवाले एक विभागमा बढीमा ४१ सदस्य मनोनयन गरेका छन् । अहिलेसम्म विभाग प्रमुखसहित ५ सय २१ जना नेता कार्यकर्तालाई विभागमा जिम्मेवारी दिएका छन् । देउवाले पार्टीभित्रको ६०/४० को हिसाब किताबअनुसार सबै विभाग गठन र पूर्ण विस्तार नगरेको केन्द्रीय सदस्य एनपी साउदको भनाइ छ । तर बरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने यतिबेला विभाग गठनको औचित्य नभएको भन्दै प्रतिवादमा उत्रिएको छ । वरिष्ठनेता पौडेलले नीति, विधि र विधान मिचेर गरिएका कामविरुद्धको आफूहरुको अभियान महाधिवेशनसम्मै जारी रहने बताए ।उनले भने,विधानतः तेह्रौं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभागहरू अहिले चौधौं महाधिवेशनको कार्यक्रम अघि बढिसकेपछि गठन गरिनुबाट विधानको पूरै उल्लङ्घन भएको छ । यस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रको धज्जी उडेको छ । देउवा विधि पद्धति मार्ने काम भएको बताए ।विधि विधानलाई मिचेर आफ्नो अनुकूलमात्र गर्न खोज्ने ? आफू अनुकूल भएमात्र अधिवेशन गराउने नभए चुनावै नगराउने? यो त सिस्टम मर्यो नि । विधि विधान मर्यो नि । देउवाको गतिविधिप्रति नेता कार्यकर्ताबाट सशक्त प्रतिवाद हुन सकेको उनको गुनासो छ । हाम्रा साथीहरु अझै बोल्न कन्जुस्याई गर्नुहुन्छ । बोल्न कन्जुस्याई नगर्नुस् भन्छु म । सही सत्य कुरालाई अगाडि ल्याउनुस् भन्छु । सत्य अगाडि नआए असत्यले ढाक्छ,आफ्नो कमजोरीबारे उनले भने,बोल्दा पनि जसरी बोल्नुपथ्र्यो त्यसरी बोल्न सकिरहेका छैनौं । साथीभाइहरुलाई म सुधारेर लानुपर्ने कुरा मैदानमा राखौं भनिरहेछु । म फेरि पनि भन्छु हाम्रो यो अभियान जारी रहन्छ ।देउवाका कामले कुनै दिन पार्टीभित्र विस्फोटको रुप लिन्छ :कोइराला देउवाको कामप्रति यस्तै आक्रोश नेता शेखर कोइरालामा पनि देखिएको छ ।रातोपाटीसँग उनले भने,पार्टीका विभिन्न निकाय ६ महिनाभित्र गठन गर्ने विधानमा भनिएको छ । तर सभापतिजी त साढे चार वर्ष सुतेर बस्नुभयो । यतिबेला विभाग बनाएर दिवालियापन देखाइराख्नु भएको छ । महाधिवेशनलाई प्रभावित गर्न उहाँले यो सब गरिरहुनुभएको छ । आफू जित्न र आफ्नो समूहलाई जिताउनलाई यो गरिरहनुभएको छ । कोइरालाले आसन्न महाधिवेशनमा देउवालाई भोट गन्ने चुनौति दिए । उनले भने,म उहाँलाई चुनौति दिन चाहन्छु महाधिवेशन गराउनुहोस्, सभापतिजी तपाईलाई कति भोट हाल्छन् हेर्नुहोला ? पाँच वर्षको दौडानमा तपाईँले यो यो काम गलत गर्नुभयो भनेर कार्यकर्ताले जवाफ दिनुहुन्छ ।कोइरालाले पनि यो इस्यु अधिवेशनसम्म लिएर जाने बताए । भने,जसरी नेकपा सरकारले गरेका गलत कुराको फेहरिस्त राखेका छौं। स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा लिएर जान्छौँ । त्यसैगरी पार्टी महाधिवेशनमा पनि उहाँका गलत कामहरु लिएर जान्छौँ ।देउवालाई चुनौति दिन आफू पनि तयार रहेको भन्दै कोइरालाले अगाडि भने,हामी साथीभाइहरुले त्यसको तयारी गरिरहेका छाँै । म आफैं पनि यी विषय लिएर मैदान जाने तयारी गरिरहेको छु । नेता कार्यकर्तासित भेटघाट गरिरहेको छु । सभापति देउवामा लोकतान्त्रिक संस्कार र सच्चिने इच्छाशक्ति नै नभएका कोइरालाको आरोप छ । हाम्रो विरोधका बीच विभाग गठन गर्दै गइराख्नुभएको छ । उहाँमा करेक्सन हुने इच्छाशक्ति नै छैन । करेक्सन हुन त डेमोक्रेटिक कल्चर हुनुपर्यो, शेरबहादुरजीमा यस्तो संस्कार नै छैन उनले भने,हामीले पार्टीभित्र जुन लोकतान्त्रिक पद्धति विकास गर्दै आएका थियौँ । बिपी कोइरालादेखि सुशील कोइरालाले सबैलाई सम्झाएर बुझाएर सरसल्लाह गरेर अगाडि जाने त्यो लोकतान्त्रिक पद्धति नै हटाउन थालिएको छ । नेपाली काँग्रेसभित्र आन्तरिक लोकतन्त्र विस्तारै समाप्त हुँदै छ । विधि विधानलाई पनि पन्छ्याएर आफ्नो ढंगले काम गर्दै जाने परिपाटी विकास भएको काइरालाको बुझाइ छ । हामी धेरै बोलिराखेका छौँ, भनिराखेका छौँ तर यसले कुनै दिन पार्टीभित्र विस्फोटको रुप लिनसक्छ । यतिबेला पार्टीभित्रको ठूलो समूहका विरोधकाबीच पनि शेरबहादुरजी गलत काम गर्दै हुनुहुन्छ,कोइरालाले भने,;यो त राजनीतिक संस्कारै नभएको भयो नि त ? शेरबहादुरजीले यस्तो अलोकतान्त्रिक काम गर्न मिल्छ ? उहाँ र उहाँको कोटरी जति अनडेमोक्रेटिक कोही हुँदैन । काँग्रेसको नेतृत्व नै अलोकतान्त्रिक हुँदा कांग्रेसले अरूलाई लोकतन्त्र सिकाउन नसक्ने उनको भनाइ छ । सुशील कोइराला सभापति हुँदा विभाग गठनबारे भएको लफडाको स्मरण गर्दै कोइरालाले भने,सुशील कोइरालाको पालामा विभागमा यस्तै विवाद भएको थियो । चार वर्षको कार्यकालमा उहाँले दुई वर्षमा विभागहरू बनाउन थाल्नुभयो । शेरबहादुरजीले विरोध गर्नुभयो र केन्द्रीय समितिमा सहभागी हुनुभएन । सुशीलजीलाई लाग्यो होला, समयमा गर्न सकिएन, काँग्रेसलाई एक ढिक्का राख्नैपर्छ, अनि उहाँले विभागहरू गठन गर्न बन्द गर्नुभयो । देउवा त्यही ठाउँमा हुँदा पनि गलत काम गर्दै गएको उनको भनाइ छ । कोइरालाले रातोपाटीसँग भने,उहाँ पार्टी समूहलाई विश्वास नै गरिरहनुभएको छ । एकल ढंगले हिँड्न खोजी रहनुभएको छ । त्यसलाई हामी चुनौति दिनुको विकल्प छैन ।विभाग गठनको निर्णय खारेजीको मागसहित पार्टीको निर्वाचन समितिमा उजुरी, देउवालाई ध्यानाकर्षणपत्र र पत्रकार सम्मेलन गरेर पौडेल पक्षले विरोध गरेको थियो । कोइरालाले भने चारैतिर बोलिराखेका छौँ । अहिलेसम्म हामी उहाँ गलत कामको विरोध पार्टीभिबाट मात्र गर्दै थियौंँ अब सार्वजनिक रुपमा विरोधमा उत्रिन्छौँ । उहाँ सुर्धिनुहुन्न् भने नेपाली काँग्रेसका कार्यकर्ताले सुधार्नुहुन्छ । यतिबेला विभाग गठन गरेर देउवाले महाधिवेशनको निम्नतम आचारसंहिताको ठाडो उल्लंघन गरेको नेता अर्जुननरसिंह केसीको आरोप छ । उनले भने,महाधिवेशन भएको ६ महिनाभित्र गठन हुनुपर्ने विभागहरु सभापतिजीले आफ्नो नियमित कार्यकालमा नगरेर महाधिवेशन घोषणा गरिसकेपछि विभाग गठन गर्नुभएको छ । समग्र रुपमा महाधिवेशनको निम्नतम आचारसंहिताको ठाडो उल्लंघन गर्नुभयो । महाधिवेशनलाई प्रभावमा पार्ने महासमितिले २८ विभाग बनाएको थियो । त्यसको मसी नसुक्दै ४७ वटा बनाउने काम पार्टीको लोकतान्त्रिक मान्यता परम्परा ध्वस्त गर्दै पार्टी कब्जा गर्ने निरंकश प्रवृति धोतक हो । यसमा आफूहरुको पूर्ण आपत्ति गरेको केसीले बताए ।यसमा हामी सहभागि हुँदैनौँ । सम्मपूर्ण साथीभाइलाई सहभागी नहुन पनि आग्रह गर्दछौँ । यो पूर्णत लोकतन्त्र विरोधी गतिविधि हो । आन्तरिक प्रजातन्त्रलाई समाप्त गर्ने खालले काम भइहरेको छ । हाम्रो त्यसमा आपत्ति छ, उनले भने । आफूहरु आन्तरिक लोकतन्त्रिक संघर्षको मोर्चाबन्दी तयार गरेर यसलाई महाधिवेशनसम्मै मुल मुद्दाका रुपमा लिएर जाने केसीले बताए । देउवा पक्ष भन्छ :महाधिवेशन लाग्यो सह-महामन्त्री डा.प्रकाशशरण महतले सभापति देउवाले विधानसम्मत रुपमा विभाग गठन गरेका भन्दै महाधिवेशन सम्बन्धी आचारसंहिता नलाग्ने दाबी गरे । देउवाले विभागको गठन गरेर आचारसंहिता विपरित काम गरेको पौडेल पक्षको आरोपको महतले खण्डन गर्दै वडाहरुले सदस्यहरुको नामावली बुझाएपछि आचारसंहिता लागू हुने बताए । उनले भने अहिले त पार्टी समायोजन नै सकिएको छैन । सक्रिय सदस्यता टुंगो लागेकै छैन । वडाले दिएपछि केन्द्रीय छानविन समितिले छानविन गरेर टुंगो लगाउँछ, त्यसपछि पार्टी सभापतिले सही गरेर सार्वजनिक गरेपछि बल्ल मतदाता नामावली सार्वजनिक हुन्छ । राष्ट्रिय निर्वाचनमा मतदाता नामावली नै नआइकन आचार संहिता लाग्छ ? लाग्दैन । त्यसकारण यो आचारसंहिताको कुरा हुँदै होइन र कहिले पनि पार्टीमा त्यो किसिमले आचारसंहिताको कुरा उठेको थिएन् । देउवा निरंकुश भयो भन्ने कुरा पार्टीभित्र पनि बाहिर पनि पत्याउने अवस्था नरहेको उनको तर्क छ ।पार्टी सभापतिले विभाग बनाउने विधानमा स्पस्ट व्यवस्था छ । त्यसमा कसैलाई सोध्नुुपर्दैन, केन्द्रीय समितिमा पनि ल्याउनुपर्दैन । तर उहाँले सबै नेताहरुको समझदारी सबैले नाउँ नदिइकन म बनाउँदिन र सबैलाई चित्त बुझाउँछु भनेर अहिलेसम्म गर्नुभएन,महतले भने,उहाँलाई असफल बनाउन मात्र लागि परेपछि उहाँले बाध्य भएर विभाग गठन गर्नुभएको हो । त्यो पनि उहाँहरुका लागि भाग छोडिनुभएको छ । त्यसैले उहाँ निरंकुश हुनुभयो भन्ने कुरामा कुनै आधारमा छैन । सभापतिले आफुले पाएको अधिकार पनि प्रयोग नगरेर सहमति खोज्ने नाउँमा समयमै निर्णय गर्न नसकेको उनको भनाइ छ ।यी विभागहरु समयमै बनेको भए पार्टीको आन्तरिक गतिविधिले गति लिन्थ्यो, त्यो गर्नुभएन त्यसमा बरु उहाँलाई दोष दिन सक्छौं तर उहाँ निरंकुश हुनुभयो भन्ने चाहिँ दोष दिन सक्दैनौं । विभाग गठनमा कुनै विवाद गर्नुपर्ने अवस्था नभएकाले यसलाई अधिवेशन लागेको भनेर बुझ्नुपर्ने महतको भनाइ छ । यसअघि देउवाले पनि ध्यानकर्षणपत्र बुझाउन पुगेको पौडेल समूहलाई महाधिवेशनको राजनीति सुरु भएको जवाफ दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै

कञ्चनपुर, कञ्चनपुरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक अझै पनि जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् । इँट्टा उद्योग, निर्माण क्षेत्र, कृषि तथा घरेलु काममा संलग्न श्रमिकले सुरक्षा सामग्री बिना नै खतरायुक्त कार्यमा संलग्न रहँदै आएका छन् । त्यसमा पनि महिला र पुरुषबीच ज्यालामा गहिरो विभेद...

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ,  कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।     हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ ।...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

दोधारा चाँदनी (कञ्चनपुर),  चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९