सांसदको लोगोमा २० लाख खर्च, माननीय भन्छन्- म त लाउँदिनँ !

काठमाडौं । लिम्पियाधुरा क्षेत्र (चुच्चे नक्सा) समेटिएको संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । आखिर कसले बनायो त यस्तो लोगो ? डिजाइनमा हेलचेक्र्याइँ कसले गर्यो ? खासमा यो लोगो डिजाइन गर्ने व्यक्ति हुन्- ८७ वर्षे टेकवीर मुखिया । तर, उनले डिजाइन गरेको लोगो र अहिले वितरीत लोगोमा केही भिन्नता देखिएको छ । संघीय संसद सचिवालयले आग्रह गरेपछि मुखियाले दुईखालका लोगो डिजाइन गरेर सिफारिस गरेका थिए । एउटामा जौको बालाले घेरिएको प्रतीक चिन्ह थियो, अर्कोमा महिला-पुरुषको हातले समेटिएको नेपालको नयाँ नक्सा र राष्ट्रिय झन्डा थियो । महिला-पुरुषको हातले समेटिएको नेपालको नयाँ नक्सा र राष्ट्रिय झन्डा भएको डिजाइनलाई संसद सचिवालयले स्वीकार गर्यो र सोहीअनुसार लोगो बनाउन बागमती प्रदेशअन्र्तगतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई निर्माणको अर्डर दियो । तर, अर्डर दिएको डिजाइनभन्दा लोगो केही भिन्न रुपमा तयार भयो । डिजाइन गरेको लोगोको नक्सामा लिम्पियाधुरासहितको वास्तविक नक्सालाई प्रष्ट देखाइएको छ । सांसदहरुलाई वितरीत लोगोमा भने लिम्पियाधुरा क्षेत्रलाई समेटिएको चुच्चो त छ, तर, डिजाइनमा भन्दा अलि फरक र भद्दा । वास्तविक नक्सा अनुसार नै डिजाइनवाला लोगोमा नेपालको पश्चिम भाग उठेको छ र पूर्वी भाग अलि तल झुकेको छ । तर, सांसदलाई वितरीत लागोमा नक्सा सिधा, चारपाटेजस्तो देखिएको छ । एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले ब्यङ्ग्य गरेका छन्,चुच्चो जोड्दा नेपालको अन्य भूभाग छोडेर सांसदले लोगो लगाएछन् ! हातले कुँदेका कारण भद्दा देखियो ! संसद सचिवालयको तर्क छ,लोगो नराम्रो त छैन, तर, हातले कुँदेका कारण हल्का टिप्पणी आएका छन् । बाहिर भनिएजस्तो लोगो भद्दा नरहेको तर्क गर्छन् संसद सचिवालयका सूचना अधिकारी दशरथ धमला । एकजनाले बनाएको होइन, फरक-फरक मान्छेले बनाएका कारण केही कमी कमजोरी भएको हुन सक्छ उनले भने । लोगो बनाउने घरेलु तथा साना उद्योग कार्यालय ललितपुरकी प्रमुख अम्बिका ज्ञवाली भने केही भद्दा भएको स्वीकार गर्छिन् ।मेसिनमा बनाएको जस्तो नहुने भयो । हातले बनाउँदा हल्का भद्दा भइहाल्छ ज्ञवालीले अनलाइनखबरसँग भनिन्न नमुनाहेरेरै बनाएको हो ।घरेलु तथा साना उद्योग कार्यालयका कलाकारले डेढ महिना लगाएर हातैले कुँदेर नयाँ लोगो बनाएका हुन् । संसद सचिवालयका अनुसार नयाँ लोगोमा २ लाल सुनको जलपमा १ तोला चाँदीको लेप लगाएको छ । नक्सा पित्तलबाट तयार भएको छ भने बेश चाँदीको हो । हातमा चाहिँ तामाको प्रयोग भएको छ । लोगोको ब्याच (एक छेउबाट अर्को छेउ) ३.५ सेन्टिमिटरको छ । लोगोका डिजाइनर मुखियालाई ५० हजार पारिश्रमिक दिइएको छ । लोगो कुद्नेलाई पर पिस २५ सय ज्याला दिइएको छ । यो उद्योग मन्त्रालयले नै निर्धारण गरेअनुसार भएको सचिवालयले जनाएको छ । ज्याला र सुन, चाँदी र धातुको मूल्यसमेत गरी प्रत्येक लोगोको मुल्य ५ हजार ५ सय २७ रुपैयाँ ८६ पैसा पर्न गएको छ । सचिवालयका अनुसार साढे तीन सय लोगो बनाएको छ । यसका लागि करिब २० लाख रुपैयाँ खर्च भएको छ । सांसद सुब्बा भन्छन्- छिछिछि म त लाउँदिनँ ! जसका लागि लोगो बनाएको हो उनीहरु नयाँ लोगोप्रति असन्तुष्ट छन् । अहिलेको नयाँ लोगो बनाउनेहरु दण्डित हुनुपर्ने माग गरेका छन् । सत्तारुढ नेकपाकै सांसद विजय सुब्बाले नयाँ लोगो नलगाउने घोषणा गरे ।छिछिछि यस्तो घिनलाग्दो लोगो, मचाहिँ लाउँदिनँ । प्रमाणपत्र बोकेर हिँड्छु, आइडी कार्ड बोकेर हिँड्छु सांसद सुब्बाले अनलाइनखबरसँग भने, यति सारो नमिलेको, अशुद्ध, भद्दा र हास्यास्पद लोगो कसरी लाउनू ? नेपालको नक्सा त्यस्तै हो ? यो कसरी स्वीकृत भयो होला ? यसको निर्माता कस्तो होला । यस्तो भद्दा लोगो बनाउनेहरु दण्डित हुनुपर्ने सांसद सुब्बाको माग छ,ल अब तयार भयो भनिदिने संस्थाले संघीय संसद, नेपाल र राष्ट्रिय झण्डाको यस्तो अपमान गरेकोमा दण्डित हुनुपर्छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेले पनि नयाँ लोगो भद्दा देखिएको भनेर आफूले संसद सचिवालयको ध्यानाकर्षण गरेको बताएकी छन् । नेकपाका केन्द्रीय सदस्य विजय पौडेलले सांसदको लोगो देख्दा आफूलाई अचम्म लागेको उल्लेख गरे ।यो माननीय सांसदहरुले लगाउन नै बनाएको लोगो हो वा कसैले बेइज्जती गर्न पोस्ट गरेको हो ? संसद सचिवालयले आदेश दिएर बनाएकोमा यति सारो रद्दी सामाग्री त नहुनुपर्ने । के हो यो ? अचम्म लाग्यो पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव

कास्की,  विश्व मधुमेह दिवस(नोभेम्बर १४) का अवसरमा शुक्रबार  पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर...

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियो, टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु...

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौँ, लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१÷८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको क्षेत्रफल एक दशमलव ४२ प्रतिशतले घटेर सात लाख ६८ हजार ९६८ हेक्टर कायम...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

बालबालिकामा कुपोषण दर उच्च

दोधारा चाँदनी (कञ्चनपुर), भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।   उमेरअनुसार शिशुको तौल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

बालबालिकामा कुपोषण दर उच्च

दोधारा चाँदनी (कञ्चनपुर), भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।   उमेरअनुसार शिशुको तौल...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९