कैलालीमा बिहिवार राति १२ बजेदेखि निषेधाज्ञा जारी (यस्तो छ निर्णय)

कैलाली ३ भदौं । कैलालीमा भोली (बिहिवार) राति १२ बजेदेखि १४ गते सम्मका लागि निषेधाज्ञा लगाईने भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ। सम्पुर्ण व्यापार व्यवसाय सञ्चालनमा समेत रोक लगाईएको छ।

यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन्।

खाद्यान्न, तरकारी, दुध, फलफुल, मासुको हकमा सुरक्षाका मापदण्ड पालना गरी खोल्न सकिने तथा अत्यावश्यक कामका लागि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय छ।

यस्तै डिपार्टमेन्ट स्टोर, सैलुन, व्युटिपार्लर, जिमखाना, फुटपाथमा संचालन हुने व्यापार, होटर तथा रेष्टुरेन्ट खोल्न नपाइने निर्णय गरिएको छ।
एक जिल्लाबाट अर्को जिल्लाभित्र प्रवेश निषेध गरिने निर्णय पनि भएको छ।

अत्यावश्यक कार्यालयमा कार्यरत कर्मचारीले भने फोटो सहितको परिचयपत्रका आधारमा सवारी संचालन गर्न पाईनेछ।जिल्ला संकट व्यवस्थापनको निर्णयहरुहरु
अत्यावश्यक सेवा तथा बस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय संचालन नगर्ने ।औषधी, खाद्यवस्तु तथा अन्य आत्यवश्यक उपभोग्य वस्तु तथा खरिदकृ काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने । अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनटम भौतिक दुरी कायम गर्नुपर्नेछ ।

३. अत्यावश्यक सामाग्री लगायतका मालबाहक ढुवानीका सवारी, साधान, भन्सारबाट जाँचपास भई आएका ढुवानीका साधन स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधान बाहेक अन्य सवारी साधानहरु जिल्ला भित्र प्रवेश निषेध गर्ने ।

४. जिल्लाभित्र सबै प्रकारका निजि तथा सार्वजनिक यात्रुबाहक सवारीसाधान संचालन नगर्ने ।

५. कोभिड १९ को संक्रमणको जोखिम नियन्त्रण, सो को उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालय आउनु जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण करी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा संचालनमा हुने साधान बाहेक सवारी साधानहरु संचालन नगर्ने ,

६. सवारी साधान संचालानको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएको अत्यावश्यकीय बस्तु तथा सेवा अन्तरगत पर्ने औधषी, खाद्यवस्तु, इन्धन, खान पकाउने ग्याँस, तरकारी, फलफूल व्यवस्थापन, अस्पताल जाने आउने विमारी, मृत्यू संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सवारी संचालन नगर्ने ।

७. कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा, सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस नगर्ने निशेध गर्ने ।

८. परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधीहरु सञ्चालन तथा जमघट नगर्ने ।
९. शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्यूशन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधीहरु सञ्चालन नगर्ने ।

१०. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डिपार्टमेन्टल स्टोर(ग्रोसरी बाहेक), मनोरञ्जन स्थल, सैलुन, व्यूटीपार्लर स्पा, स्वीमीड्ड पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन नगर्ने ।

११. फुटपाथ वा खुला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यापार व्यवसाय सञ्चालन एवं कवाडी संकलन नगर्ने ।
१२. होटेल, रेष्टुरा सञ्चालन नगर्ने नगराउने ।तर

१३. आवश्यक परेको अवस्थामा सरकारी तथा सार्वजनिक कार्यालयहरु न्यूनतम मात्रामा कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्ने र सो बाहेक कर्मचारीहरुलाई सुरक्षित रुपमा घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरु गर्नको लागि सम्बन्धित कार्यालय प्रमुखले व्यवस्था मिलाउने ।

१४. बैंकिड्ड सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गने व्यवस्था मिलाउनु पर्ने छ । सो सम्भव नभएमा स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दुरी कायम गरी गराई नेपाल राष्ट्र बैंकले तोकेको संख्यामा वा न्यूनतम मात्र कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न सक्नेछ ।

१५. औषधी, स्वास्थ्य सामाग्री र स्वास्थ्य सम्बन्धि कार्यको हकमा आवश्यकता अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दुरी कायम गरी गराई सञ्चालन गर्नु पर्ने ।

१६. खाद्यान्न, तरकारी, दुध, फलफुल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुका हकमा विहान ५ बजेदेखि ९ बजेसम्म (४ घण्टा मात्र) स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दुरी कायम गरी गराई सञ्चालन गर्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९