काँग्रेसका दिवंगत यी ७ नेता, जसको अभाव पार्टीमा सधैं रहनेछ

काठमाडौं ।हरेक राजनीतिक पार्टीका आ आफ्नै इतिहास छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास हेर्ने हो भने पुरानो पार्टी नेपाली काँग्रेसको योगदान अतुलनीय छ । नेपालमा भएका हरेक राजनैतिक क्रान्तीको नेतृत्व गर्ने पार्टीका रुपमा नेपाली काँग्रेस परिचित छ । अर्को यथार्थ, प्रजातान्त्रिक पद्धति अनुसार सबैभन्दा धेरै समय सत्तामा रहने पार्टी नेपाली काँग्रेस नै हो ।

सत्तामा रहँदा काँग्रेसले के गर्न सक्यो वा सकेन त्यसको अलग मुल्याकंन हुन सक्छ तर जनभावना अनुरुप आन्दोलनको आँधिवेहरी सृजना गर्न काँग्रेस सधैं सक्षम रह्यो । आजका दिनसम्म आइपुग्दा काँग्रेसमा धेरैले नेतृत्वदायी भुमिकामा काम पनि गरे । के ती सबै नेतृत्व गर्नेहरु सक्षम भए त ? अनि आजको काँग्रेसले हिजो योगदान गर्ने नेतृत्वहरुलाई बिर्सिएकै हो त ? आज हामी काँग्रेसका ती दिवंगत नेतृत्वहरुलाई सम्झँदै छौं । जसको काँग्रेसमा अझै अभाव छ । र रहन्छ सधैं सधैं । को को हुन् त ती नेतृत्वहरु ?

गणेशमान सिंह, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई , गिरिजाप्रसाद कोइराला, सुशील कोइराला , शैलजा आचार्य, मंगलादेवी सिंह । यी दिवंगत काँग्रेस नेताहरुका बारेमा अध्ययन गर्नुहोस १. गणेशमान सिंह

गणेशमान सिंह (वि.सं.१९७२/२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ हुन् । प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पनि थिए उनी । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले वि.सं. १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजापरिषद्को सदस्य भई राणाशासन हटाउने राजनीतिमा आफूलाई सर्मपण गराए । भद्रगोल जेल तोडेर भागेका गणेशमान प्रबास जानु अघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित भएपछि अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको थियो ।
२. बीपी कोइराला

बीपी कोइरालाको जन्म विसं १९७१ भदौ २४ मा भएको थियो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन् उनी । नेपाली राजनीतिज्ञ तथा साहित्यकार पनि थिए उनी । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरे । विसं २०१५ मा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका उनले नेपालमा प्रजातन्त्र स्थापाना गर्नका लागि राजनीतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए ।

३. कृष्णप्रसाद भट्टराई
कृष्णप्रसाद भट्टराई नेपालका २९ औं प्रधानमन्त्री हुन् । उनको जन्म जन्म विसं.१९८१ पौष ०८ गते भएको थियो । कृष्णप्रसाद भट्टराईको राजनीतिक नाम किशुनजी हो । नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुर्नस्थापना पछिका पहिलो प्रधानमन्त्री थिए, उनी । भट्टराई वि.सं. २००३ सालमा नेपाली काँग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा संलग्न थिए । यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर तथा उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए । भट्टराई वि.सं.२०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए ।

४. गिरिजाप्रसाद कोइराला

गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ गते भएको थियो । उनी नेपाली कांग्रेसका ५ औं सभापति थिए । बि.सं. २०४८ जेठ १२ देखि २०५१ मंसिर १४, २०५५ वैशाख २ देखि २०५६ जेठ १७ सम्म, २०५६ चैत्र ९ देखि २०५८ साउन ११ र २०६५ जेठ १५ देखि २०६५ भदौ २ सम्म गरि कोइराला चार पटक प्रधानमन्त्री भएका थिए । उनी नेपाली काँग्रेसका सभापति र सात राजनीतिक दलहरूको मोर्चाका नेता थिए । उनले ६० वर्षभन्दा धेरै समय राजनीतिमा बिताए । उनले आफ्नो राजनीतिक जीवनको सुरूवात आफ्नो गृहनगर विराटनगरको जुटमिलका श्रमिक नेताको रूपमा सुरू गरेका थिए ।

५. सुशील कोइराला

सुशील कोइराला नेपालका ३७ औं प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति थिए । कोइराला नेपालको व्यवस्थापिका संसदबाट वि.सं. २०७० माघ २७ गते प्रधानमन्त्रीको पदमा निर्वाचित भएका थिए । कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो । सुशीलको जन्म सन् १९३९ मा भएको थियो । उनका ६ भाइ र एक बहिनी थिए । वन अधिकृत बोधप्रसाद जागिरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका थिए । त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो ।

६. शैलजा आचार्य

निडर नेतृ शैलजा आचार्य वि.सं. १९९८ वैशाख २० गते मोरङको विराटनगरमा जन्मिएकी थिइन् । माता इन्दिरा र पिता पिनायकीप्रसाद उपाध्यायको पहिलो सन्तानका रूपमा जन्मेकी आचार्यको सिंगो जीवन राजनीतिक सेरोफेरोमै बित्यो । संघर्षपूर्ण जीवनगाथा बोकेकी नेत्री आचार्यले पद्मकन्या कलेजबाट बिए तथा बनारस हिन्दू विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी थिइन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यदेखि उपसभापतिसमेत बनेकी नेत्री आचार्य मुलुकको पहिलो महिला उपप्रधानमन्त्रीसमेत बनेकी थिइन् ।

७. मंगलादेवी सिंह

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्म विसं. १९८१ मा काठमाडौंको न्हैकन्तलामा भएको हो । वि.सं. १९९७ असार महिनामा उनको विवाह गणेशमान सिंहसँग भयो । वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानियाँ राणाशासन विरोधी आन्दोलनमा सक्रिय भइन् । २००४ सालमा उनी काठमाडौं म्हैपीमा भूमिगत सङ्गठनको रूपमा नेपाल महिला संघको स्थापना गरी आजन्म अध्यक्ष रहिन् । विसं २००५ सालमा पद्मशमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै उनी महिलाहरूको जुलुस लिएर राणाहरूको दरबार पुगेकी थिइन् । सिंहले २००७ सालको क्रान्तिमा पनि ठूलो भूमिका निर्वाह गरिन् । श्रीमती सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो । २०२५ सालपछि ८ वर्ष प्रवासमा रहिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एमाले महाधिवेशनः मतदान जारी

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो ।   आज बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा मध्याह्न १२ः०० बजेसम्ममा करिब...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की

पाटन (ललितपुर), प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति...

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ,  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७०० सय र त्यतिनै परिमाणको चाँदी रु १७० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० कायम भएको छ भने...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर, यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि लाग्ने हुस्सु–कुहिरो दिउँसो पखसम्म नहट्दा जनजीवन प्रभावित हुन थालेको हो । बढ्दो चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प्रभावित हुन थालेका छन् ।  चिसोले...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०५, गोलभेँडा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौँ,  यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।   चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९