जीर्ण अवस्थामा मोहन्याल गाउँपालिका वडा नं ३ बुडी आम खोलामा झोलुङ्गे पुल ,मर्मत हुने छाँट काँटै छैन
बैज्ञानिक मिडिया
प्रकाशित मिति : २०७९ असार ११ शनिबार - समय ०७:४४
कैलाली बौनियाँ/गाउँ घर,पुल पुलेसा तथा विभिन्न खोलानालामा रहेका पुराना संरचना तथा भौतिक पूर्वाधारहरु जीर्ण बन्दै छ यता तर्फ खासै सम्वन्धित पक्षको ध्यान पुगेको देखिदैन बरु दनादन डोजर लगाएर बाटो बनाउनु मात्र बिकास हो भन्ने बुझाई आज भोली बिद्यमान पाइन्छ जसको ज्वलन्त उदाहरण हो बुडी आम पानी झोलुङ्गे पुल ।टाढाको कुरा पनि होइन कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौना बुडी आम पानी खोलामा रहेको झोलुङ्गे पुल जीर्ण अवस्थामा छ यसको मर्मत सम्भार हुने छाँटकाँटै देखिदैन।आज भन्दा करिव १९ बर्ष पहिले बुडी आमका मान बहादुर कुँवर को सक्रियतामा निर्मित सो पुलको लम्बाई लगभग ७५ मीटर रहेको छ भने उचाइ ८० फिट अग्लो झोलुङ्गे पुल बर्खे वर्षाका कारणले पुलको जग भत्किन लागेको हो ८० फिट अग्लो झोलुङ्गे पुल भएर बुडी आम सिचाइ परियोजना बाट फलेविसौनाका ६ सय ८५ घर धुरीका लागि सिचाई पानी झोलुङ्गे पुलमा बाँधेर ल्याइएकोले झन् पुल जीर्ण बन्न पुगेको हो।हाल दैनिक रूपमा झोलुङ्गे पुल भएर २०/२५ जना विद्यार्थीहरु बुडी आम बाट श्री शान्ती उच्च मा वि बिद्यालय फलेविसौना अध्ययन गर्न आउने गर्दछन् तर पुल जीर्ण हुँदा बर्षाको समयमा बुडी आम पानी खोला ठुलो हुँदा बिद्यार्थीहरुले पुलको जोखिमपूर्ण यात्रा गर्नु परेको छ यस्तो अवस्थामा पनि पुलको मर्मत सम्भारमा सम्वन्धित पक्षको ध्यान पुगेको छैन ।पुलको बाटो भएर यात्रा गर्ने मात्र नभएर खोला पारीबाट खेती बाली गहुँ पराल बोक्न समेत बुडी आम पनि फलेबिसौना का बासिन्दाहरुले पुल जीर्ण हुँदा निकै सास्ती भोग्नु परेको स्थानीय पदम बहादुर कुँवरले दुःखेसो व्यक्त गरे ।
झोलुङ्गे पुल कुन समय कुन दिन खस्ने हो हामी शिक्षा दिने शिक्षक रोकिनुपर्ने हो भने बिरामी र विद्यार्थीको पिर पर्छ भनु हुन्छ । श्री लालीगुराँस प्रा वि विद्यालय बुडी आमका प्र.अ पदम देबकोटाले भनुभयो बुडी आम बाट पढ्न आउने र जाने विद्यार्थी सधै झोलुङ्गे पुल भएर जाने गर्दछन् झोलुङ्गे पुल मर्मतमा कसैको ध्यान नगए पछि कति बेला खस्ने हो निश्चित नभएको र साना(साना नानि(बाबुहरु कतै शिक्षाबाट बञ्चित हुने त हैनन् भन्ने चिन्ता लाग्ने गरेको छ प्र.अ देबकोटा बताउनु हुन्छ।श्री लालीगुराँस प्रा वि विद्यालय आउने विद्यार्थी वडा नं ३ बुडी आम र फलेविसौंना बाट अध्ययन गर्न आउने जाने विद्यार्थी हरु लाई ठूलो समस्या हुने सक्ने देखिन्छ प्र.अ देवकोटाले भानुभयो विद्यालयमा तीनजना शिक्षक शिक्षिका बौनिया फलेविसौंना घर नै भएकोले बर्षातको समयमा अथवा हिउँदको समयमा त्यही झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए ।विद्यार्थीलाई शिक्षा दिने शिक्षक शिक्षिका नै त्यही नदीको झोलुङ्गे पुलमा हिँड्न पर्ने बाध्य भएको बताउनुहुन्छ ।कहिले सम्म हामी शिक्षक विद्यार्थी जनता वडा नम्बर ३ बासिन्दाहरू जोखिमपूर्ण यात्रा गर्नु पर्ने हो गाउँ गाउँमा सिंहदरबार आयो भन्छन नाममा मात्र सिमित रहेको समेत बताउनु हुन्छ ।कुनै महिला दिदीबहिनीहरु सुत्केरी,सिकिस्त बिरामी, गर्भवती महिलालाई झन ठूलो समस्या हुने भएको छ समयमै मर्मत सम्भार नभए ठूलो क्षति हुन सक्ने प्र.अ देवकोटाले अनमोल अनलाईन टेलिभिजन संग बताउनुभयो ।पुलको हिड्ने फलामको स्ल्याव तथा डोरी समेत चुँडिएका छन् भने बाहिरको लट्ठा पनि जीर्ण अवस्थामा रहेको छ। बुडी आम क्षेत्रमा लालीगुराँस प्रा.वि बिद्यालय बाट पाँच कक्षा हासिल भइसकेपछि बुडी आम बिद्यार्थीहरुलाई पढ्न जाने संख्या अत्यन्त बढ्न सक्ने तथा बिद्यार्थीहरुलाई पनि अन्यत्र टाढा जान भन्दा सजिलो हुने सम्भावना रहेको तर सम्वन्धित निकायको पुल मर्मत सम्भारमा ध्यान जान नसक्दा बिद्यार्थीहरु मात्र नभएर आम जनताले दुःख पाएको स्थानीय भवानी देवकोटाले बताए । देवकोटाका अनुसार त्यही झोलुंगे पुल भएर जोड्ने बाटो बुडी आम,काया,जुवा,मोहन्याल गाउँपालिका वडा नं ३ को कार्यालय सल्लेरी, गडगाउँ, कोइराली, ताम्चा,साझा, भतकुडी, अजिगरे, सुर्खेत, अछाम जिल्लाका जनतालाई हिडडुल गर्न सहज भएको उहाँको भनाई थियो तर अहिले झोलुङ्गे पूलको अबस्था नाजुक छ।यता मोहन्याल गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष नवीन गिरी ले बुडी आम खोलामा रहेको झुलुङ्गे पुलको समस्या र अवस्थाको बारेमा आफूले त्यो ठाउँमा गएर प्रत्यक्ष अवलोकन गरेको बताउनुभयो अहिले बजेटको नभएकाले नयाँ बजेट आउने भएकाले झोलुङ्गे पूल दशै तिहार सकिए लगत्तै मर्मत सम्भारमा लाग्ने बताउनुभएको छ पर्यटन दृष्टिकोणले रमणीय स्थल भएकाले एउटा मन्दिर निर्माण भइसकेको छ त्यस क्षेत्रमा घेरा पर्खाल कमी रहको छ भनुभयो त्यस क्षेत्रमा ताल तलैया झरना भएकाले यस क्षेत्रलाई पर्यटन क्षेत्र बनाउन को लागि आफू दिनरात नभनी जनताको सेवामा लागिरहेको समेत बताए यस क्षेत्रलाई लगानी र प्रचार प्रसार गर्न सके भने मोहन्याल गाउँपालिका लाई चिनाउने सक्ने आधार भएकाले सम्पूर्ण जनप्रतिनिधि जनताले साथ दिन वडा अध्यक्ष गिरी ले आग्रह गर्नुभयो ।उता मोहन्याल गाउँपालिकाका अध्यक्ष नवल सिंह रावलले झुलुङ्गे पुल यसबर्षको भारी वर्षाले भत्किन लागेको पुललाई हामी छिटो भन्दा छिटो मर्मतसम्भार गर्ने अनमोल अनलाईन टेलिभिजनसँग बताउनुभयो। अध्यक्ष रावलले भने त्यो बाटो भएर विद्यार्थी सर्वसाधारण जनता सुर्खेत अछामका जिल्ला सम्म जाने बाटो भएकाले जनताको लागि हामी जनप्रतिनिधिहरुको एक भएर लागिरहेका छौं जती चिन्ता तपाईहरुलाई छ त्योभन्दा बढी चिन्ता मलाई भएको अध्यक्ष रावलले भने पर्यटनको सम्भावना रहेको सो ठाउँमा सबै मिलेर बिकाश गरौ भने आम्दानीको स्रोत बन्न सक्ने र युवाहरुले रोजगारी पाउन सक्ने ठाउँ भएकाले सबैलाई हातेमालो गर्नुपर्ने रावलको भनाइ रहेको छ।
झोलुङ्गेपुल कै कारण लोभिएका थिए पर्यटक
विगतमा मोहन्याल गाउँपालिका फलेबिसौना र आसपासकै केही युवामात्रै झोलुङ्गे पुल र झरनामा पुगेर रमाउने गरेका भए पनि अहिले झरना हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका स्थानीयहरु बताउनुभयो ।पहिला त गाउँका मान्छे मात्रै फुर्सद मिलाएर जान्थे स्थानीयहरुले भन्नुभयो,अहिले त विभिन्न ठाउँदेखि पनि झोलुङ्गे पुल र झरना हेर्नकै लागि भनेर आउँछन् ।एक स्थानीय का अनुसार मौसम सफा भएको समयमा दैनिक ४०/५० जना पर्यटन सम्मले झरनाको अवलोकन गर्ने गरेका छन् ।महोत्सवसहितका कार्यक्रम गरेर झरनाको प्रचार प्रसार भएको भए यहाँ पुग्ने पर्यटकको सङ्ख्या पनि ह्वात्तै बढने सक्ने थियो तर झोलुङ्गे पुल नाजुक भएकाले पुलमाथि धेरैलाई नजान सल्लाह दिन्छौं उहाँले भन्नुभयो।यस क्षेत्रमा शैक्षिक अध्यन, अवलोकन भम्रण गर्न शुक्रबार, शनिबार र बिदाका दिन कर्मचारी, विद्यार्थी तथा अन्य पर्यटक, युवायुवती रमाउन र मनोरञ्जनका लागि आउने गरेको स्थानीयवासीहरुले बताउनुभयो ।जुनसुकै पर्यटकीय स्थल होस्, त्यहाँ पुगिसकेपछि मानिसहरु आफ्ना सारा दुख बिर्सन्छन्। प्राकृतिक सौन्दर्यले जो कोहीको मन लोभ्याउँछ। यस्तै रमणीय पर्यटकीय स्थलको रुपमा परिचित छ मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौना बुडी आम पानी झोलुङ्गे पुल।आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि यो आम पानी झुलीङगे पुल पिकनिक गन्तव्य पनि हो। आम पानी तालमा घुम्न, पिकनिक खानमात्र नभएर म्युजिक भिडियो छायाँकनका लागिसमेत पुग्नेहरुको संख्या बढ्दो छ। झोलुङ्गे पुल, झरना र वरिपरिको हरियाली वन त्यहाँका मुख्य आकर्षणहरु हुन्।
हरियाली जंगलको बीचमा रहेको यो ताल झरना चाडपर्व वा बिदाको दिन मानिसहरुको घुइँचो लाग्छ।कैलालीका विभिन्न पर्यटक दैनिकजसो सयौँ युवायुवतीहरु पिकनिकका लागि आउने गर्छन् । हिजोआज यहाँ पिकनिक आउनेको घुइचो लाग्ने गर्छ । अधिकांश पर्यटकीय क्षेत्रहरु बुडी आम पानी झुलीङगे पुलसँग जोडिएका छन् बताउनुहुन्छबर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनीका युवा प्रकाश जोशीले बताउनुभयो ।हामी रमाइलो मात्रै गर्दैनौँ, साथीभाइसँग एकै ठाउँमा भेला हुने,भविष्यका योजनाहरु बुन्ने, नयाँ र पुराना पुस्ताबीच घुलमिल हुन्छौं।त्यसो त पिकनिकलाई साथीको विदाई, विभिन्न संघ संस्थाका साधारण सभा,पारिवारिक भेटघाट जस्ता अवसरका रुपमा पनि लिइन्छ। जंगलमा चराचुरुङगी तथा वातावरणीय मनमोहक दृष्य हेर्न पाइने भएकाले पर्यटकको लागि महत्वपूर्ण स्थलको रुपमा परिचित हुँदै आएका छन् । हरेक समुहले आआफ्नै तरिकाले बाजागाजा तथा भेषभुषामा सजिएर पिकनिक मनाइरहेका देखिन्छन् । पिकनिकमा आएकाहरुको रौनक हुने गरेको बर्दगोरिया गाउँपालिका वडा नं १ का स्थानीय युवा नरेंद्र जोशीले बताए।