‘हामी देशव्यापी संगठन निर्माणको अभियानमा छौं, क्रान्तिकारी शक्तिहरुसँग वैचारिक एकता अनिवार्य सर्त हो’–अध्यक्ष कर्णजीत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कर्णजीत बुढाथोकी शुशिलले आफ्नो पार्टी देशव्यापी संगठन निर्माणको अभियानमा जुटेको, राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको समस्याबारे संगठित आन्दोलनको नेतृत्व गर्ने दिशामा अघि बढेको बताएका छन् ।

हालै सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक तथा विशेष राष्ट्रिय भेलाको निर्णयहरु सार्वजनिक गर्न आज अनामनगरस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष बुढाथोकीले त्यस्तो बताएका हुन ।

अध्यक्ष बुढाथोकीले आफ्नो पार्टी वैज्ञानिक समाजवाद स्थापनार्थ संघर्षको प्रकृयामा अघि बढेको भन्दै त्यसमा जोडिन आम जनसमुदायमा आह्वान गरे । उनले महान जनविद्रोहको वृहद तयारीको दिशामा जुट्न पार्टीका नेता, कार्यकर्ता र आम न्यायपूर्ण जनसमुदायमा आग्रह समेत गरे ।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले शक्तिमा भएको समयमा पार्टीहरु फुट्ने परम्परालाई तपाईहरुले कमजोर हुनेबेला पार्टी फुटाएर तोड्नुभयो, यसको वास्तविकता के हो ? भन्दै सोधेको प्रश्नको जवाफ दिदै उनले भने ‘हामी देशव्यापी संगठन निर्माणको अभियानमा छौं, क्रान्तिकारी शक्तिहरुसँग वैचारिक एकता अनिवार्य सर्त हो । हामी विभाजित टुटफुट विभाजन मात्र होइन एकता र वृहत ध्रुविकरणको संन्देश यो पत्रकार सम्मेलन मार्फत दिन गैरहेका छौ ।’

सरकारले आफ्नो असफलताका कारण विप्लवमाथी प्रतिबन्ध लगाएको भन्दै उनले भने–‘हामी क्रान्तिकारी शक्तिहरुसँग कार्यगत एकता गर्दै पार्टी एकताको बारेमा सोचिरहेका छौं, एकताको लागि विचार सिद्धान्तबारे छलफल र एकरुपता आवश्यक हुन्छ । हतारमा एकताको हल्ला मच्चाउँदा त्यो पुर्न विघटनको दिशातिर गएको हामीले देखेका छौं ।’

गोपाल किरातीमा देखिएको वैचारिक विचलनताका कारण पार्टीले उनमाथी कारबाही गरेको र अघिल्लो पोलिटव्यूरो बैठकले अध्यक्ष पदबाट निश्कासन गरेको उनले बताए । उनले किराती समुहमा देखिएको गम्भिर वैचारिक समस्याका कारण हामी मालेमावादको रक्षा गर्दै, क्रान्तिकारी योजनामा अघि बढेको उनको तर्क छ ।

किरातीले विप्लव नेकपासँग पार्टी एकताको लागि गरेको घोषणाको कुनै आधार नभएको भन्दै उनले भने–‘पार्टी एकता गरेर नेता बन्ने चाहनाले मात्र सबै कुरा पुरा हुन्न । विप्लव नेकपा क्रान्तिकारी योजनामा जुटेको बेला किराती समुह आध्यात्मवादी चङ्गुलमा फसेकोछ, यसले उहाँको घोषणा छटपटाहट र निरासाजनक कोणबाट आएको पुष्टि हुन्छ । पार्टी एकताका सर्तहरु हुन्छन, कसैले एकलौटी रुपमा एकता घोषणा गरेर मात्र एकता सम्भव हुन्न ।’

उनले पत्रकारलाई जवाफ दिदै भने–‘हामी नेपाली वर्गसंघर्षको विरासतलाई बिर्सन सक्दैनौं । हाम्रो पार्टी महान शहीदहरु, अपाङ्ग, घाइते र बेपत्ता योद्धा लगाएतको उच्च त्याग र बिरताको प्रकृयाबाट जन्मेको जनताको न्याय र समानताको लडाईको मोर्चा हो । यस प्रकृयामा हाम्रा पुर्व अध्यक्षहरु र सबै क्रान्तिकारी शक्तिलाई हामी एकताको प्रकृयामा जुट्न आह्वान गर्दछौं । साथै पुर्व अध्यक्ष किरातीले विपश्यना (आध्यात्मवाद) छाडेर सुध्रिएर आएमा हामीबिचको एकता सम्भव छ ।’

उनले आफ्नो पाटीको बैठक तथा भेलाबाट भएका निर्णयहरुको विषयमा जानकारी गराउँदै थप विषयवस्तु सहितको प्रेस वक्तव्य समेत वाचन गरेर पत्रकारहरुलाई सुनाएका थिए । उनले पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय, स्थायी सदस्य ३३, पोलिटव्यूरो १५ सदस्यीय बनेको सार्वजनिक गरे । माओवादी केन्द्रको वरिष्ठ नेता तिलक थापामगर र उपाध्यक्षमा रंगनाथ ढकाल रहेको समेत उनले बताए ।

त्यस्तै स्थायी समिति सदस्यमा नरेश शाही, धन कमारी मगर, लोकराज जैसी, सिंह ब.बिक, बलाराम पुन, धर्मराज बेडुवाल, अरुण घिसिंङ, टिपि गौतम, प्रकाश दाहाल, त्यसैगरी पोलिटब्युरो सदस्यहरुमा कृष्ण खडक, दुर्गा खत्री, कृष्ण बोहोरा, जनक कामी, ब्यासि तिरुवा, रंगमल रोकाया, प्रकाश तिवारी, राम प्रसाद मैनाली, कुमार याख्खा राई, लक्ष्मण खडका, शुसिल नाथ योगी, कपिल सिजापति, पासाङ तामाङ, भागिराम चौधरी विक्रम, धर्म सञ्ज्याल ध्रुब, रतन कुमार बिक, ज्ञानु बम, शोभा आचार्य, भोजराज त्रिपाठी, सूर्य बहादुर खत्री, कलावती चौधरी लगाएत रहेको उनले सार्वजनिक गरे ।

त्यस्तै पार्टीको केन्द्रीय सदस्यहरुमा मिना चन्द, रमेश थापा, योगश राम्झाली, बिरेन्द्र लामा, भिम बिक, हिरा देवकोटा, सुकैलाल बर्मा, कमला धामी, सुवास लामा, जीवन ऐडि, रामकृष्ण बुढा, मनराज कठायत, टेकमल दर्जि लगाएत रहेको उनले बताए । साथैसंगठन सम्बन्धि थप निर्णय स्थायी समिति बैठकमा गर्न भेलाले अधिकार दिएको उनले बताएका छन ।

त्यस्तै पत्रकार सम्मेलनमा सञ्चालकको भूमिकाबाट बोल्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य नरेश शाही रक्तिमले आफ्नो पार्टी नेपालमा जनअधिकारको लागि अर्को क्रान्तिको तयारीमा रहेको उद्घोष गरे । उने भने–‘जनअधिकार प्राप्तीको आन्दोलन अझै जारी छ ।’

उनले भने–‘किरातीले हाम्रो पार्टी कार्यालय कब्जा गरेर बुद्धको ध्यानक्षेत्र बनाउने दुश्हासग गरिरहेका छन । उनले साधना गरेर समाजवाद ल्याउने कुचेष्टा गरिरहेका छन । हामी सबै क्रान्तिकारी शक्तिहरुबिचको कार्यगत एकता र पार्टी एकताको विषयमा निरन्तर छलफलमा जुटेका छौं ।’

त्यस्तै उक्त कार्यक्रमबिच नेकपा (क्रान्तिकारी माओवादी) का पूर्व केन्द्रीय सदस्य समेत रहेका स्वतन्त्र बामपन्थी अगुवा शिवसुन्दर शाही ‘विकल्प’ को नेतृत्वमा तिन दर्जन बढी नेता, कार्यकर्ताहरुको समुह माओवादी केन्द्रमा ध्रुविकृत भएका छन । ध्रुविकरण समुहको तर्फबाट बामपन्थी अगुवा शाहीलाई माओवादी केन्द्रका अध्यक्ष कर्णजीत लगाएतका नेताहरुले रातो टीका र दोसल्लाले स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै ध्रुविकरणमा आएका नेता शाहीले नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा आएको बेला, सरकारले जनतामाथि अन्याय अत्याचार गरिरहेको अवस्थामा माओवादी केन्द्रले वर्गिय आन्दोलनको प्रष्ट दिशा लिएको र आफु त्यसमा सहमत भएकाले ध्रुविकरणको प्रकयामा जोडिन आएको प्रष्ट पारेका थिए ।

उनले आफुलाई जनताको न्यायपूर्ण आन्दोलनको झण्डा माओवादी केन्द्रले उचाल्ने र वर्गदुश्मन विरुद्ध संगठित प्रतिकारमा उत्रिने पुर्ण विश्वास व्यक्त गरे । साथै सबैतिर छरिएर रहेका क्रान्तिकारी शक्तिहरुलाई अर्को क्रान्तिको लागि माओवादी केन्द्रमा जोडिन आह्वान समेत गरेका थिए ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको बाक्लो सहभागिता रहेको थियो । त्यस्तै माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

उक्त पत्रकार सम्मेलनले माओवादी केन्द्रमा विभाजनले गरेको क्षतिको पुर्ति गरेको सन्देश दिदैं मुलत क्रान्तिकारी शक्तिहरुबिच वैचारिक एकता र धु्रविकरणको प्रकृयाको थालनी गरेको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै

कञ्चनपुर, कञ्चनपुरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक अझै पनि जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् । इँट्टा उद्योग, निर्माण क्षेत्र, कृषि तथा घरेलु काममा संलग्न श्रमिकले सुरक्षा सामग्री बिना नै खतरायुक्त कार्यमा संलग्न रहँदै आएका छन् । त्यसमा पनि महिला र पुरुषबीच ज्यालामा गहिरो विभेद...

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ,  कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।     हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ ।...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

दोधारा चाँदनी (कञ्चनपुर),  चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९