
कैलाली बौनियाँ/भारतको कर्नाटक राज्यमा शुक्रवार बसबाट हामफालेर १ जना नेपालीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।हेनुहोस् यो भिडियो सहित
नेपालको कैलाली जिल्ला जानकी गाउँपालिका वडा नं १ दुर्गौलीका ४५ वर्षका पशुपति आचार्य रोजगारीको शिलशिलामा भारतको बेङ्गलोर जाँदै गर्दा भारतको कर्नाटकमा मृत्यु भएको हो।
बसको लास्ट भ्यालबाट हामफाल्दा आचार्यको मृत्यु भएको हो । साउन महिनाको १५ गते शुक्रबार नेपालको धनगढी देखि भारततर्फ नेपाली यात्रुहरु लैजाँदै गरेको यात्रु बाहक बस साउन महिनाको १७ गते आईतबार बिहान पख घटना भएको हो। भारतीय बस प्ब छज्ञ ब्ऋ ज्ञद्धटट नम्बरको बसमा सवार ४५ वर्षीया आचार्यले बसको लास्ट सिटकोबाट झ्यालबाट हामफालेका हुन् ।
हेनुहोस् यो भिडियो सहित
नेपालको धनगढीबाट सञ्चालित न्यु श्री पशुपतीनाथ टूर एण्ड ट्राभल्स प्रा.लि हो सबै नेपाली यात्रुहरुको रोजाईमा पर्दै आएको ट्राभल्स रहेको धेरै यात्रुहरूको भनाई पनि रहेको छ।
हेनुहोस् यो भिडियो सहित
रोजगारीका लागि पशुपती आचार्य बेङ्लोरको लागि जाँदै गरेको अवस्थामा यात्रुबाहक बसमाबाट एक्कासी बिहान ५ बजेतिर कर्नाटक राज्य्को चित्रदुर्गा भन्दा केही अगाडी बसको लास्ट सिटको झ्यालबाट हामफालेर घाइते भएको खबर आउदा न्यु श्री पशुपतीनाथ टूर एण्ड ट्राभल्स प्रा.लि बेङ्लोर बस्ने बसका कर्मचारीहरु घट्ना स्तलमा पुगेको यात्रुहरुले अनमोल अनलाईन टेलिभिजन टिमलाई जानकारी दिएका हुन्।
न्यु श्री पशुपतीनाथ टूर एण्ड ट्राभल्स प्रा.लिका कर्मचारीले हामीलाई बताए अनुसार घट्ना बारे जानकारी बुझदा बसमा यात्रा गरिरहेका ४५ जना यात्रुहरुले दिएको जानकारी अनुसार दुई दिन सम्म यात्रु पशुपती आचार्य राम्रो भएको र दोस्रो दिन साझबाट बरबराउदै झयालबाट हाम्फाल्ने कोसिस गरेको बताए नजिक बसेका यात्रुहरुले सम्झाउदा म पागल भएको छैन आचार्यले थिए हामी बसको थकान भए पछि हामी सबै सुतेका थियौ एकासी हाम्फाले भने जानकारी खबर आयो मन झसंग भयो लम्कीचुहा नगरपालिका गुलौराका स्थानिय सो बसका यात्रु चन्द्र पौडेल बताए हुन् ।
बैतडीका जनक चन्दले भने बिहान पख भयको थियो यात्रुहरू सुतिरहेको अबस्थामा एकासी खस्यो भन्ने हल्ला आउँदा गाडी रोकि उक्त ठाउँ बाट एम्बुलेन्स बोलार अस्पताल लिएको जानकारी दिनु भएको थियो।
न्यु श्री पशुपतीनाथ टूर एण्ड ट्राभल्स प्रा.लिका कर्मचारीले बताए हामीलाई दिएको जानकारी अनुसार सो अस्पतालमा उपचार सम्भव नभएपछि अर्को अस्पतालमा लैजान अस्पतालका कर्मचारीहरुले अर्को अस्पतालमा लैजान सुझाव दिएका थिए । अस्पतालका कर्मचारीको सुझाबअनुसार नै अर्को अस्पतालमा लिएर भर्ना गर्ने क्रममा डाक्टरले चेक जाँच गर्दा गर्दै मृत्यु भएको जानकारी दिनु भयो।उहाँको मृत्यु भई सके पछि नेपालमा भएको उहांका आफन्तहरुलाई जानकारी दिएका थियौ । कानुनी प्रोसेसमा गई हेद्रा हत्या नभइ आत्मा हत्या भएको जानकारी मिले पछि उक्त घटना बारे आफन्त लाई जानकारी गराउदा आफन्तले भने अनुसार लास नेपाल पठाउने व्यवस्था गरिएको न्यु श्री पशुपतीनाथ टूर एण्ड ट्राभल्स प्रा.लिका सञ्चालक दीपक विष्टले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिनु भएको हो ।
एम्बुलेन्स बेङ्लोर देखि नेपाल हिडेको केही समय मै केही मिडियाहरु मार्फत सत्य तत्ते नबुझी ट्राबल्सलाई बदनाम गर्ने काम भएको सञ्चालक विष्टले बताएका हुन्। विष्टले सम्पूर्ण मिडिया कर्मीलाई सत्य तत्ते जानकारी लिएर मात्र लेख्न बोल्न अनुरोध गर्नु भएको छ । उक्त घटना बारे छानबिन गर्न संचालक समितिबाट सहयोग हुने सञ्चालक विष्टले भनाई भनाई रहेको छ । न्यु श्री पशुपतीनाथ टूर एण्ड ट्राभल्स प्रा।लिका सञ्चालक विष्टले सम्पूर्ण यात्रु महानुभावहरुलाई भ्रममा नपर्नु हुन् सञ्चालक विष्टले सम्पूर्ण लाई अनुरोध समेत गर्नु भएको छ।