बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

सरकारको व्यवास्था, बर्दगोरिया–३ वासी पुल निमार्णको माग गर्दै जनलहर सहित सडकमा

आफ्ना मागहरुको सुनुवाई नभए थप संर्घसका कार्यक्रम ल्याउने

बौनियाँ कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ जनताहरु मोटर पुलको माग गर्दै विरोध जनाएका छन ।

 

“नेताबाट धेरै आश्वासन धेरै भए बाहाना, अहिले सम्म जनताको पुल चाहिने पुरा भएन चाहाना” भन्ने नारा सहित वडा वासीहरुले शनिबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय हुदैँ पूर्वपश्चिम राजमार्ग अन्तरगत पश्चिम साझा चोक देखि पूर्व महालक्ष्मी वैंक सम्म नारा जुलुस गर्दै बौनियाँ बजार चोकमा कोण सभा गरेका थिए । 

स्थानीय वासीहरुले बर्दगोरिया गाउँपालिका–३ जोडले कुईरा नदीमा पुल निर्माणका लागि दबाब मुलक कार्यक्रम तथा बृहत र्याली सहित प्रदर्शन गरिएका हुन ।
उनिहरुले दबाब मुलक कार्यक्रम तथा बृहत र्याली प्रदर्शन गर्दै विद्यार्थीलाई कलेज जान गाह्रो भयो, विरामीलाई स्वास्थ्य चौकी जान साह्रो भयो, शिक्षक तथा कर्मचारीलाई कार्यालय जना गाह्रो भयो, लगाएतका नारा सहित केहि बेर सडकपुर बौनिया स्थित महेन्द्र राजमार्ग बसेर धर्ना समेत गरेका थिए ।

यस्तै उनिहरुले वर्षेनी स्थानीय सरकाले नदिजन्य बस्तु उत्खनन गर्न टेन्डर आवान गरेपनि उक्त टेन्डर को बजेट सम्बन्धीत स्थानमा खर्च नगरेको र खोलामा मेसिन हाल्दा त्यहाँको वस्ती नदि कटानको उच्च जोखिमका रहेको भन्दै नदिजन्य बस्तु उत्खनन गर्न पाइँदैन, खोलामा मिसिन हाल्न पाइँदैन भदै नारा जुलुस समेत गरेका थिए ।

यस्तै कोण सधा कार्यक्रममा बोल्दै स्थानीय नवराज टमट्टाले मानिसहरु अहिलेको यो २१ औं सदाप्तीमा चन्द्रममा समेत पुग्न सफल भएपनि आफुहरुले भने एउटा मोटरबाटो सहितको पुल समेत नपाएको बताए । उनले भने मोटरबाटो सहितको पुल नहुदाँ आफुहरुले वर्षातको समयमा आफन्तहरु विरामी तथा महिलाहरु सुत्केरी हुँदा ज्यान जोखिममा राखेर नदि तर्नु पर्ने बाध्यता रहेको बताए । यस्तै स्थानीय उर्मिला साउँदले कार्यक्रममा बोल्दै वर्षातको समयमा बच्चाहरुलाई स्कुल सम्म पठाउन र स्कुल बाट घर सम्म पुग्न निकै कष्ठकर भएको बताइन । 

यस्तै स्थानीय गणेश वि.कले पनि नदिले गर्दा आफुहरुलाई अध्ययन गर्ने निकैनै सास्ती भएको बताए । कार्यक्रममा स्थानीय पुष्प राज गौतम, नेत्र खडका लगाएतकाले मन्तव्य राख्दै सरकारले तु मोटर बाटो सहितको पुल निमार्ण गर्नु पर्नेमा जोड दिए । अन्यथा आगामी चुनावमा नो–भोट भन्दै कुनै पनि पार्टी लाइ चुनावको नारा ल्याएर आएमा गाउँमा प्रवेश गर्न नदिने समेत बताए ।

कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नं ३ मा पक्की पुल निर्माण र नदी जन्य पदार्थ उत्खनन रोकथाम संर्घस समितिका संयोजक रवि जनालाको संयोजक्तामा भएको थियो । संर्घस समितिका संयोजक जनलाले अबको सरकारले यहाँका जनताको आवश्यक्तालाई मध्यनजर गर्दै विकासका काम गर्नु पर्नेमा जोड दिए । उनले भने– स्थानीय सरकारले विकासका काम नगरेको चाहि होईन तर पनि स्थानीय जनताको आवश्यक्ता अनुसार विकास नभएको बताए । चुनावमा विजय भएर गएका विभिन्न राननितिक दलहरुले नेताहरुले अब यहाँका जनताको आवश्यक्तालाई ध्यानमा राखेर विकास निमार्णका काम गर्नु पर्नेमा जोड दिदैं जनताको माग अनुसार सरकारले मोटर बाटो सहितको पुल निमार्ण गर्नु बताए । अन्था आफुहरुले आगामि दिन हरुमा विभिन्न संर्घसका कार्यक्रम गर्दै जाने बताए ।

यस्तै संयोजक जनालाले नदिजन्य बस्तु उत्खननले गर्दा वस्ती झनै जोखिममा रहेको र नदि जन्य वस्तु जथाभावि उत्खननमा समेत रोक लगाउन स्थानीय सरकारलाई अनुरोध गरे ।

कार्यक्रममा वडा नम्बर ३ तथा कार्यपालिका सदस्य टंक ओलीले यस काढा कुइरा नदिमा २ ओटा झोलुङ्गे पुल आएको बताए । उनले भने झोलुङ्गे पुलले मात्र यहाँका जनताको आवश्यक्ता पुरा नहुने भएकाले मोटर बाटो सहितको पुल हुन जरुरी रहेको बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation