माग पूरा नभएसम्म वडा देखि सडक सम्म अवरुद्ध गर्ने चेतावनी/कुईरा नदी पुल निर्माण संघर्ष समितीद्वारा गाउँपालिकालाई ज्ञापनपत्र पेश

गाउँपालिकाको बजेट पर्याप्त नहुने भएकोले प्रदेश र संघीय सरकारले समेत बजेट विनियोजन गर्नुपर्ने : अध्यक्ष डगौरा थारुको भनाई

 

 

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा पर्ने सेती लोक मार्ग सगै जोडिने कुईरा नदिमा पक्की पुल निर्माण, काँडा कुईरा नदीबाट नदी जन्य पदार्थ उत्खनन कार्य पुर्णरुपमा बन्द गर्नु पर्ने ,कटान नियन्त्रण तथा तटबन्ध गर्नका लागि कुईरा नदी पुल निर्माणका लागि गठित संघर्ष समितिले बर्दगोरिया गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो एक दशक यता मात्रै पनि कुइरा र काँडा नदिको कटानले सयौँ घरपरिवार विस्थापित भइसकेको र कयौँ बिघा खेतीयोग्य जमिन समेत बगरमा परिणत भएको र अझै पनि उक्त क्षेत्र निक्कै जोखिममा रहेकोले यथाशीघ्र तटबन्ध निमार्णको प्रबन्ध मिलाउन मगंलबार गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुलाई ज्ञापनपत्र बुझाइएको संघर्ष समितिका अध्यक्ष रवि जनलाले बताउनु भयो ।उहाँका अनुसार, १२ गते शनिवार संघर्ष समितिको विषेश पहलमा यस वडा नं. ३ को खैरेनी चोक देखि सुरु भएको विशाल र्यालीमा उपस्थित भई सहभागी भएका आम जनसमुदाय, बिभिन्न संघ संस्था प्रतिनिधि, शिक्षक कर्मचारी, विद्यार्थी, बुद्दिजिवी समाजसेवी, ब्यापारीको संयुक्त र्याली बौनिया बजार परिक्रमा गरी कोणसभामा परिणत भई कुईरा नदीमा पुल निर्माणका लागि दबाब मुलक कार्य प्रस्तुत गरिएको थियो संयोजकका भनाई अनुसार आवश्यक छलफल गरी तीन दिन भित्र  निर्माण कार्य प्रारम्भ गर्न अल्टिमेटम सहित ज्ञापन पत्र बुझाइएको छ ।चुरेफेँदी हुँदै कैलालीका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्याउँदै आएको कुईरा र काँडा नदिले रानीकुण्डा,खैरेनी, र बुटकौवामा क्षति पुर्याएको संघर्ष समितिका उप-संयोजक पुष्पराज गौतमले जानकारी दिनुभयो । तीनै तहका सरकारमा सो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको हालिमुहाली भएपनि नागरिकको समस्या समाधान भने नभएको संघर्ष समितिका सदस्य आस्विन बि कको आरोप छ । लामो समय देखि तीब्र कटान गरिरहेको कुईरा र काँडा नदिमा तटबन्ध निर्माणका लागि वडा तह र सरोकारवाला निकायले निरन्तर पहल गर्दा समेत उपलब्धी नदेखिएको  गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष करर्ने सुनारको भनाइ छ ।कुईरा नदी पुल निर्माणका लागि गठित संघर्ष समितीले बुझाएको ज्ञापन पत्र बुझ्दै बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुले गाउँपालिकाको बजेटले कुईरा र काँडा नदि तटबन्ध गर्न नसकिने भएकोले प्रदेश र संघीय सरकारले समेत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । प्राविधिक दृष्टिकोणले पूर्ण रूपमा तटबन्ध निर्माणका लागि  गाउँपालिकाको बजेट पर्याप्त नहुने गाउँपालिकाका अध्यक्ष डगौराको भनाइ छ । उहाँले वर्दगोरीयाको विकासका लागि लगत्तै प्रदेश र संघीय सरकार समक्ष डेलिगेशन जाने तयारीमा रहेको उल्लेख गर्नुभयो । बर्दगोरिया गाउँपालिका र संघर्ष समितिले संगसंगै विकास निर्माणका कार्यका लागि दबाब सृजना गर्नुपर्नेमा अध्यक्ष डगौराले जोडदिनु भएको छ ।कुईरा नदी पुल निर्माणका लागि गठित संघर्ष समितिले जनताको जिउधनको सुरक्षा गर्ने राज्यको पुर्ण दायित्व र जिम्मेवारी हो । प्रत्येक वर्ष चारैतिरबाट काँडाकुईरा नदीले घेरिएको यस वडाबाट नदीजन्य बस्तु उत्खनन भई बाढी पहिरो र भुक्षयको कारण वर्षेनी खेतीयोग्य जमिन नोक्सान भैरहेको यथार्थ हो र जसका कारण गत वर्ष बाढीको कारण बुटकौवा शान्तिटोलका जनता बिस्थापित हुन पुगे ।नदी जन्य बस्तु उत्खनन कार्य पुर्णरुपमा बन्द गरिनु पर्ने यस वडावासीको माग हो रहेको छ ।

जुनकुरा अति आवश्यक पनि भएकाले यस वडालाई चारैतिर बाट घेर्ने काँडा कुईरा नदीलाई पुर्णरुपमा रोकथाम नगरी यस क्षेत्रका जनताको जीउधनको सुरक्षा हुन सक्दैन भन्ने आम जनसमुदायको दृढ विस्वास रहेको हुदा बर्दगोरिया गाउँपालिका काँडा कुईरा नदी समेटेर निकालेको ठेक्का तत्काल रोकिनु पर्ने आम जनसमुदायको साझा निष्कर्ष भएकोले जनताको चाहना अनुरुप नै शासन गरिनु पर्ने लोकतान्त्रिक मुल्य मान्यता बमोजिम जनताका मागहरु पुरा गर्नु अनिवार्य भएकाले तत्काल काँडा कुईरा नदीको ठेक्का रोकिनू पर्दछ भनी ज्ञापन पत्रमा लेखिएको छ ।जनचाहना बमोजिम उक्त कार्य रोकिएन र जनताको माग सुनुवाइ भएन भने जस्तो सुकै मुल्य चुकाउन समेत तयार रहेकोले ३ दिन भित्रमा माग सम्बोधन गरियोस । हाम्रो माग प्रति उदासिन भई सम्बोधन नगरिएको खण्डमा आम जनसमुदायको बिशाल उपस्थितिमा वडा नं. ३ को कार्यालय र बर्दगोरिया गाउँपालिकाको कार्यालयबाट दैनिक गरिने सेवा प्रवाहमा हस्तक्षेप गरी बन्द समेत गरिने र आवश्यक परेको खण्डमा सार्वजनिक यातायात समेत बन्द गर्ने बृहत र्यालीमा उपस्थित आम जनसमुदायको निष्कर्ष रहेकोले तपसिलका ३ बुदे माग पत्र सहितको ज्ञापन पत्र पेश गरेकाछौं भनी संघर्ष समितिले लिखित ज्ञापनपत्र गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुलाई हस्तान्तरण गरिएको छ ।

मागहरु
१ बर्दगोरिया गाउँपालिका वडा नं. ३ सेती लोकमार्ग अन्तर्गत रहेको कुईरा नदीमा पक्की पुल निर्माणमा पहल गरिनु पर्ने ।
२ . काँडा कुईरा नदीबाट नदी जन्य पदार्थ उत्खनन कार्य पुर्णरुपमा बन्द गर्नु पर्ने ।
३ काँडा कुईरा नदी तटबन्धनका लागी बिशेष पहल गरिनु पर्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९