
बौनिया(कैलाली)।कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा पर्ने सेती लोक मार्ग सगै जोडिने कुईरा नदिमा पक्की पुल निर्माण,काँडा कुईरा नदीबाट नदी जन्य पदार्थ उत्खनन कार्य पुर्णरुपमा बन्द गर्नु पर्ने ,कटान नियन्त्रण तथा तटबन्ध गर्नका लागि कुईरा नदी पुल निर्माणका लागि गठित संघर्ष समितिले सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिन्तादेवी चौधरीमार्फत मुख्यमन्त्री त्रिलोचन भट्ट लाई ज्ञापनपत्र बुझाएको छ ।
पछिल्लो एक दशक यता मात्रै पनि कुइरा र काँडा नदिको कटानले सयौँ घरपरिवार विस्थापित भइसकेको र कयौँ बिघा खेतीयोग्य जमिन समेत बगरमा परिणत भएको छ । अझै पनि उक्त क्षेत्र निक्कै जोखिममा रहेकोले यथाशीघ्र तटबन्ध निमार्णको प्रबन्ध मिलाउन शुक्रबार कृषि तथा सहकारी मन्त्री बिन्तादेवी चौधरीलाई ज्ञापनपत्र बुझाइएको संघर्ष समितिका सह-संयोजक पुष्पराज गौतमले बताउनु भयो ।
शुक्रबार एक कार्यक्रमकाबीच सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिन्तादेवी चौधरी बौनियाँमा पुग्नुभएको थियो।
उप-सयोजक पुष्पराज गौतमका अनुसार, १२ गते शनिवार संघर्ष समितिको विषेश पहलमा यस वडा नं. ३ को खैरेनी चोक देखि सुरु भएको विशाल र्यालीमा उपस्थित भई सहभागी भएका आम जनसमुदाय, बिभिन्न संघ संस्था प्रतिनिधि, शिक्षक कर्मचारी,विद्यार्थी,बुद्दिजिवी समाजसेवी, ब्यापारीको संयुक्त र्याली बौनिया बजार परिक्रमा गरी कोणसभामा परिणत भई कुईरा नदीमा पुल निर्माणका लागि दबाब मुलक कार्य प्रस्तुत गरिएको थियो । उप-संयोजकका भनाई अनुसार आवश्यक छलफल गरी तीन दिन भित्र निर्माण कार्य प्रारम्भ गर्न अल्टिमेटम सहितको गाउँपालिका लाई समेत ज्ञापन पत्र बुझाइएको छ ।
चुरेफेँदी हुँदै कैलालीका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्याउँदै आएको कुईरा र काँडा नदिले रानीकुण्डा,खैरेनी, र बुटकौवामा क्षति पुर्याएको संघर्ष समितिका सदस्य अर्जुन जोशीले जानकारी दिनुभयो । तीनै तहका सरकारमा सो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको हालिमुहाली भएपनि नागरिकको समस्या समाधान भने नभएको स्थानिय बासिन्दाको आरोप छ । लामो समय देखि तीब्र कटान गरिरहेको कुईरा र काँडा नदिमा तटबन्ध निर्माणका लागि वडा तह र सरोकारवाला निकायले निरन्तर पहल गरी रहेकाे कैलाली क्षेत्र नम्बर २ (ख) का प्रदेश सांसद नन्दबहादुर साउँदको भनाइ छ ।
कुईरा नदी पुल निर्माणका लागि गठित संघर्ष समितीले बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँका अनुसार, १२ गते शनिवार संघर्ष समितिको विषेश पहलमा यस वडा नं. ३ को खैरेनी चोक देखि सुरु भएको विशाल र्यालीमा उपस्थित भई सहभागी भएका आम जनसमुदाय, बिभिन्न संघ संस्था प्रतिनिधि, शिक्षक कर्मचारी, विद्यार्थी, बुद्दिजिवी समाजसेवी, ब्यापारीको संयुक्त र्याली बौनिया बजार परिक्रमा गरी कोणसभामा परिणत भई कुईरा नदीमा पुल निर्माणका लागि दबाब मुलक कार्य प्रस्तुत गरिएको थियो संयोजक रवि जनलाका भनाई अनुसार आवश्यक छलफल गरी तीन दिन भित्र निर्माण कार्य प्रारम्भ गर्न अल्टिमेटम सहित ज्ञापन पत्र बुझाइएको छ ।
चुरेफेँदी हुँदै कैलालीका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्याउँदै आएको कुईरा र काँडा नदिले रानीकुण्डा,खैरेनी, र बुटकौवामा क्षति पुर्याएको संघर्ष समितिका उप-संयोजक पुष्पराज गौतमले जानकारी दिनुभयो । तीनै तहका सरकारमा सो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको हालिमुहाली भएपनि नागरिकको समस्या समाधान भने नभएको संघर्ष समितिका सदस्य आस्विन बि कको आरोप छ । लामो समय देखि तीब्र कटान गरिरहेको कुईरा र काँडा नदिमा तटबन्ध निर्माणका लागि वडा तह र सरोकारवाला निकायले निरन्तर पहल गर्दा समेत उपलब्धी नदेखिएको गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष करर्ने सुनारको भनाइ छ ।
कुईरा नदी पुल निर्माणका लागि गठित संघर्ष समितीले बुझाएको ज्ञापन पत्र बुझ्दै सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिन्तादेवी चौधरीले भनिन् स्थानिय,प्रदेश, र केन्द्र सरकारको बजेट कुईरा र काँडा नदि तटबन्ध गर्न सबै एक जुट हुनुपर्ने प्रदेश र संघीय सरकारले समेत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । प्राविधिक दृष्टिकोणले पूर्ण रूपमा तटबन्ध निर्माणका लागि उहाँले वर्दगोरीयाको विकासका लागि लगत्तै प्रदेश र संघीय सरकार समक्ष पेस गरेको डेलिगेशन पुर्याउने तयारीमा रहेको उल्लेख गर्नुभयो । बर्दगोरिया गाउँपालिका र संघर्ष समितिले संगसंगै विकास निर्माणका कार्यका लागि दबाब सृजना गर्नुपर्नेमा सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिन्तादेवी चौधरीले जोडदिनु भएको छ ।
कुईरा नदी पुल निर्माणका लागि गठित संघर्ष समितिले जनताको जिउधनको सुरक्षा गर्ने राज्यको पुर्ण दायित्व र जिम्मेवारी हो । प्रत्येक वर्ष चारैतिरबाट काँडाकुईरा नदीले घेरिएको यस वडाबाट नदीजन्य बस्तु उत्खनन भई बाढी पहिरो र भुक्षयको कारण वर्षेनी खेतीयोग्य जमिन नोक्सान भैरहेको यथार्थ हो र जसका कारण गत वर्ष बाढीको कारण बुटकौवा शान्तिटोलका जनता बिस्थापित हुन पुगे ।
नदी जन्य बस्तु उत्खनन कार्य पुर्णरुपमा बन्द गरिनु पर्ने यस वडावासीको माग हो रहेको छ ।
जुनकुरा अति आवश्यक पनि भएकाले यस वडालाई चारैतिर बाट घेर्ने काँडा कुईरा नदीलाई पुर्णरुपमा रोकथाम नगरी यस क्षेत्रका जनताको जीउधनको सुरक्षा हुन सक्दैन भन्ने आम जनसमुदायको दृढ विस्वास रहेको हुदा बर्दगोरिया गाउँपालिका काँडा कुईरा नदी समेटेर निकालेको ठेक्का तत्काल रोकिनु पर्ने आम जनसमुदायको साझा निष्कर्ष भएकोले जनताको चाहना अनुरुप नै शासन गरिनु पर्ने लोकतान्त्रिक मुल्य मान्यता बमोजिम जनताका मागहरु पुरा गर्नु अनिवार्य भएकाले तत्काल काँडा कुईरा नदीको ठेक्का रोकिनू पर्दछ भनी ज्ञापन पत्रमा लेखिएको छ ।
जनचाहना बमोजिम उक्त कार्य रोकिएन र जनताको माग सुनुवाइ भएन भने जस्तो सुकै मुल्य चुकाउन समेत तयार रहेकोले ३ दिन भित्रमा माग सम्बोधन गरियोस । हाम्रो माग प्रति उदासिन भई सम्बोधन नगरिएको खण्डमा आम जनसमुदायको बिशाल उपस्थितिमा वडा नं. ३ को कार्यालय र बर्दगोरिया गाउँपालिकाको कार्यालयबाट दैनिक गरिने सेवा प्रवाहमा हस्तक्षेप गरी बन्द समेत गरिने र आवश्यक परेको खण्डमा सार्वजनिक यातायात समेत बन्द गर्ने बृहत र्यालीमा उपस्थित आम जनसमुदायको निष्कर्ष रहेकोले तपसिलका ३ बुदे माग पत्र सहितको ज्ञापन पत्र पेश गरेकाछौं भनी संघर्ष समितिले लिखित ज्ञापनपत्र गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुलाई हस्तान्तरण गरिएको थियो ।
मागहरु
१ बर्दगोरिया गाउँपालिका वडा नं. ३ सेती लोकमार्ग अन्तर्गत रहेको कुईरा नदीमा पक्की पुल निर्माणमा पहल गरिनु पर्ने ।
२ . काँडा कुईरा नदीबाट नदी जन्य पदार्थ उत्खनन कार्य पुर्णरुपमा बन्द गर्नु पर्ने ।
३ काँडा कुईरा नदी तटबन्धनका लागी बिशेष पहल गरिनु पर्ने ।