टीकापुरको सडकबाट साउँदको कडा चेतावनी/एमसिसि लागु गर्न खोजे आन्दोलनको आँधिवेहरी आउने 

बौनियाँ/कैलालीको टीकपुरमा एमसिसि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेका छ ।विरोध प्रदर्शन टीकापुरको हाडबजार चोक हुदै खडक चोक बाट शुरू भएर टीकापुर बजार परिक्रमा गर्दै कान्छिबजार गल्लीमा आएर कोणसभामा परिणत भएको थियो।कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी लम्की चुहा नगरपालिका इन्चार्ज दिल वहादुर साउँदले सम्बोधन गरेका थिए। साउँदले भने हिजो महाकाली सन्धि गर्नेहरू नै आज एमसिसि संसदबाट पारित गर्न कम्मर कसेर लागेको भन्दै एमसिसि पारित गर्ने सांसदहरू अमेरिकि साम्राज्यवादका दलाल भएको बताए।एमसिसि परियोजना राष्ट्र र जनताको हितमा नभएको बताउँदै एमसिसि सम्झौता खारेज गरिनुपर्ने समेत बताएका छन्। विदेशीसंग भिख मागेर देश समृद्ध हुन नसक्ने बताउँदै एमसिसि सम्झौताले देशको विकास होइन विनास गर्ने ठोकुवा गरे। उनले कोरोना महामारीबाट बच्न मास्क लगाय जस्तै एमसिसि लागु भए मास्क र सेनिटाइजर बोक्ने हातमा बन्दुक बोक्नुपर्ने अवस्था सिर्जना हुने दाबि गरे।अमेरिकाले एमसिसि परियोजनामार्फत नेपाललाई उपनिवेश बनाउन खोजेको बताउँदै इतिहासमा कसैको गुलाम नबनेको नेपाल अबपनि कसैको गुलाम नबन्ने ठोकुवा गरे। उनले भने ‘केही नेताहरू दलाल होलान्, कोही कर्मचारी दलाल होलान् तर समग्र नेपाली जनता दलाल बन्न नसक्ने बताउँदै राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सम्पूर्ण जनतालाई एकजुट हुन आव्हान गरे।’काठमाडौंका जनता पसल बन्द गरेर विरोधमा उत्रिएको छन् अब सुदुरपश्चिमका जनतालाई पनि एमसिसि विरुद्ध उत्रिन आव्हान गरे ।हामि एक दिन व्यापार गरेर निजी जिवन समृद्ध पारौला तर राष्ट्र नै नरहने,जीवन नै नरहने अवस्था आए के गर्ने?उनको प्रश्न थियो।एमसिसि परियोजना भारतमा अङ्ग्रेजको इष्ट इण्डिया कम्पनी जस्तै भएको बताउँदै जसरी अङ्ग्रेजले भारतमा लुट मच्चाएका थिए त्यही उद्देश्य सहित एमसिसि परियोजना ल्याइएको उनको दाबि थियो। केही नेताहरूले एमसिसि आए कसरी अमेरिकि सेना आउँछ भन्ने गरेको स्मरण गर्दै एमसिसि परियोजनाको सुरक्षा अमेरिकि सेनाले मात्र गर्न सक्छ भन्ने आशयसहित एमसिसि परियोजनाको डिजाइन गरिएको बताउँदै परियोजना सुरक्षाका नाममा अमेरिकि सेना भित्र्याउन खोजिएको उनको दाबि थियो।एमसिसि अमेरिकि सरकारका परियोजना मात्र नभएर हिन्दु प्रशान्त रणनीतिको आर्थिक कोष भएको बताउँदै नेपालकै परराष्ट्र नितिले समेत नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागि हुन नमिल्ने दाबि गरे। एमसिसि सम्झौता खारेज हुनुपर्ने बताउँदै कसैले लागु गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने उनले बताए।अहिले चुप लागेर बस्दा भोलि बोल्न समेत ठाँउ नपाउने अवस्था सिर्जना हुने बताउँदै एमसिसि विरुद्ध हरेक राष्ट्रवादी नागरिकलाई आवाज उठाउनुपर्ने साउँदले बताएका हुन्। एमसिसि परियोजना लागु भएका देश युद्धग्रस्त अवस्थामा रहेको बताउँदै नेपाललाई युद्धबाट जोगाउन पनि एमसिसि सम्झौता खारेज हुनुपर्ने उनको भनाई थियो।एमसिसि अमेरिकी सेना भित्र्याएर नेपाललाई युद्धभुमीमा परिणत गर्ने परियोजना भएको बताउँदै सम्पूर्ण राष्ट्रवादी शक्ति यसका विरुद्ध संघर्ष गर्न तयार हुनुपर्ने बताए।कुनै पनि देशले अर्को देशलाई सहयोग गर्दा निशर्त सहयोग गर्नुपर्ने बताउँदै एमसिसिमा राष्ट्रघाती शर्त राखेर नेपाललाई दबाब दिएर अमेरिकी साम्राज्यवादले दादागिरी प्रस्तुत गरेको बताएका छन् ।दिन दिनै नेपालको सीमा क्षेत्रमा अतिक्रमण बलत्कार भएको छ सरकार बोल्दैन दार्चुलाका जयसिंह धामीको हत्याले राष्ट्रिय अस्मितामाथि नाङ्गो हस्तक्षेप भएको भन्दै प्रतिरोध गर्नुपर्नेमा जोड दिए । उनले दलाल संसदीय व्यवस्थाले नागरिकको सुरक्षा हुन नसक्ने भन्दै जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादको स्थापना गर्न माग गरे ।सरकारसँग भएका सम्झौता कार्यन्वयन, संसदीय प्रजातन्त्र र वैज्ञानिक समाजवादमाथि जनमत संग्रहलगायतका माग पूरा गर्न वर्तमान राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराए ।

कोणसभाको सञ्चालन नेपाल कम्युनिष्ट पार्टीका टीकापुर नगरपालिकाका इन्चार्ज हिर्दय राज बोगटीले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुल नहुँदा सास्ती

तुलसीपुर (दाङ),तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय...

नागरिक हितार्थ तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य छ : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा आजदेखि वीरेन्द्रनगरमा सञ्चालन भएको ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तक्र्रिया’ को समापन समारोहमा...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ,  मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा रु ५ ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा...

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोपअस्वीकार

नोमपेन(कम्बोडिया), थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।“कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ ।     कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड...

स्थानीय तहमा कला गोष्ठी गर्दै प्रतिष्ठान

काठमाडौँ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यतिबेला स्थानीय तथा प्रदेशस्तरमा पुगेर कला कार्यशाला एवं गोष्ठीका कार्यक्रम गर्दै आएको छ । प्रदेश, स्थानीय तह पुगी त्यहाँका विभिन्न समुदायमा रहेका कलाकृति उजागर गर्ने उद्देश्यले अन्तक्र्रिया र गोष्ठीसँगै कार्यशाला समेत गरिरहेको छ ।     गोष्ठीबाट प्रादेशिक ललितकला प्रदर्शनीको तयारी गर्नुको...

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

महोत्तरी,  बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाउनुभएको छ । कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उहाँको भनाइ छ । यहाँको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी,बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ ।आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिनुभयो । लुम्बिनी...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९