टीकापुरको सडकबाट साउँदको कडा चेतावनी/एमसिसि लागु गर्न खोजे आन्दोलनको आँधिवेहरी आउने 

बौनियाँ/कैलालीको टीकपुरमा एमसिसि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेका छ ।विरोध प्रदर्शन टीकापुरको हाडबजार चोक हुदै खडक चोक बाट शुरू भएर टीकापुर बजार परिक्रमा गर्दै कान्छिबजार गल्लीमा आएर कोणसभामा परिणत भएको थियो।कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी लम्की चुहा नगरपालिका इन्चार्ज दिल वहादुर साउँदले सम्बोधन गरेका थिए। साउँदले भने हिजो महाकाली सन्धि गर्नेहरू नै आज एमसिसि संसदबाट पारित गर्न कम्मर कसेर लागेको भन्दै एमसिसि पारित गर्ने सांसदहरू अमेरिकि साम्राज्यवादका दलाल भएको बताए।एमसिसि परियोजना राष्ट्र र जनताको हितमा नभएको बताउँदै एमसिसि सम्झौता खारेज गरिनुपर्ने समेत बताएका छन्। विदेशीसंग भिख मागेर देश समृद्ध हुन नसक्ने बताउँदै एमसिसि सम्झौताले देशको विकास होइन विनास गर्ने ठोकुवा गरे। उनले कोरोना महामारीबाट बच्न मास्क लगाय जस्तै एमसिसि लागु भए मास्क र सेनिटाइजर बोक्ने हातमा बन्दुक बोक्नुपर्ने अवस्था सिर्जना हुने दाबि गरे।अमेरिकाले एमसिसि परियोजनामार्फत नेपाललाई उपनिवेश बनाउन खोजेको बताउँदै इतिहासमा कसैको गुलाम नबनेको नेपाल अबपनि कसैको गुलाम नबन्ने ठोकुवा गरे। उनले भने ‘केही नेताहरू दलाल होलान्, कोही कर्मचारी दलाल होलान् तर समग्र नेपाली जनता दलाल बन्न नसक्ने बताउँदै राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सम्पूर्ण जनतालाई एकजुट हुन आव्हान गरे।’काठमाडौंका जनता पसल बन्द गरेर विरोधमा उत्रिएको छन् अब सुदुरपश्चिमका जनतालाई पनि एमसिसि विरुद्ध उत्रिन आव्हान गरे ।हामि एक दिन व्यापार गरेर निजी जिवन समृद्ध पारौला तर राष्ट्र नै नरहने,जीवन नै नरहने अवस्था आए के गर्ने?उनको प्रश्न थियो।एमसिसि परियोजना भारतमा अङ्ग्रेजको इष्ट इण्डिया कम्पनी जस्तै भएको बताउँदै जसरी अङ्ग्रेजले भारतमा लुट मच्चाएका थिए त्यही उद्देश्य सहित एमसिसि परियोजना ल्याइएको उनको दाबि थियो। केही नेताहरूले एमसिसि आए कसरी अमेरिकि सेना आउँछ भन्ने गरेको स्मरण गर्दै एमसिसि परियोजनाको सुरक्षा अमेरिकि सेनाले मात्र गर्न सक्छ भन्ने आशयसहित एमसिसि परियोजनाको डिजाइन गरिएको बताउँदै परियोजना सुरक्षाका नाममा अमेरिकि सेना भित्र्याउन खोजिएको उनको दाबि थियो।एमसिसि अमेरिकि सरकारका परियोजना मात्र नभएर हिन्दु प्रशान्त रणनीतिको आर्थिक कोष भएको बताउँदै नेपालकै परराष्ट्र नितिले समेत नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागि हुन नमिल्ने दाबि गरे। एमसिसि सम्झौता खारेज हुनुपर्ने बताउँदै कसैले लागु गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने उनले बताए।अहिले चुप लागेर बस्दा भोलि बोल्न समेत ठाँउ नपाउने अवस्था सिर्जना हुने बताउँदै एमसिसि विरुद्ध हरेक राष्ट्रवादी नागरिकलाई आवाज उठाउनुपर्ने साउँदले बताएका हुन्। एमसिसि परियोजना लागु भएका देश युद्धग्रस्त अवस्थामा रहेको बताउँदै नेपाललाई युद्धबाट जोगाउन पनि एमसिसि सम्झौता खारेज हुनुपर्ने उनको भनाई थियो।एमसिसि अमेरिकी सेना भित्र्याएर नेपाललाई युद्धभुमीमा परिणत गर्ने परियोजना भएको बताउँदै सम्पूर्ण राष्ट्रवादी शक्ति यसका विरुद्ध संघर्ष गर्न तयार हुनुपर्ने बताए।कुनै पनि देशले अर्को देशलाई सहयोग गर्दा निशर्त सहयोग गर्नुपर्ने बताउँदै एमसिसिमा राष्ट्रघाती शर्त राखेर नेपाललाई दबाब दिएर अमेरिकी साम्राज्यवादले दादागिरी प्रस्तुत गरेको बताएका छन् ।दिन दिनै नेपालको सीमा क्षेत्रमा अतिक्रमण बलत्कार भएको छ सरकार बोल्दैन दार्चुलाका जयसिंह धामीको हत्याले राष्ट्रिय अस्मितामाथि नाङ्गो हस्तक्षेप भएको भन्दै प्रतिरोध गर्नुपर्नेमा जोड दिए । उनले दलाल संसदीय व्यवस्थाले नागरिकको सुरक्षा हुन नसक्ने भन्दै जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादको स्थापना गर्न माग गरे ।सरकारसँग भएका सम्झौता कार्यन्वयन, संसदीय प्रजातन्त्र र वैज्ञानिक समाजवादमाथि जनमत संग्रहलगायतका माग पूरा गर्न वर्तमान राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराए ।

कोणसभाको सञ्चालन नेपाल कम्युनिष्ट पार्टीका टीकापुर नगरपालिकाका इन्चार्ज हिर्दय राज बोगटीले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९