मङ्लबार, अशोज २२, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

लगातारको वर्षाले कैलालीमा धान खेतीमा ठूलो क्षति, किसान भन्छन्-अब के खाने 

बौनियाँ,कैलाली/गएरातिदेखि परेको अविरल वर्षाका कारण कैलाली लगाएत विभिन्न जिल्लाका धानबाली नष्ट भएका छन्। अब धान पाकेर घर भित्र्याउने क्रममा रहेका किसानहरुलाई एक्कासी ठूलो बज्रपात परेको छ।

 

आईतबार रातिदेखि देशभरका अधिकांस भुभागमा ठूलो मात्रामा वर्षा भइरहेको छ। मानो रोपेर मुरी फलाउने कृषकहरुलाई प्रकृतिले ठूलै चोट दिएको भन्छन् कैलालीका किसान तुल्सी देवी वान्तोला।

दसैं आउनासाथ खेतबारीमा धान पाकेर पहेंलै देखिन्छ। कति ठाउँमा भने केही मात्रामा किसानले धान भित्र्याई सकेका छन्, भने धेरैले धान काट्ने तरखर गरिएका छन्। तर एक्कासी आएको वर्षाले बाली भित्र्याउने किसानको सपनालाई अधुरो पारेको छ।

वर्षदिन सम्म खाने अन्न नै खेतैमा सड्ने भएपछि चिन्तित हुँदै अब के गर्ने न रोएर हुने न खेतमा गएर धान काट्न सकिने भन्दै आफ्नो दुखेसो पोख्दै कृषक धन बहादुर साउँद।

कति किसानले त दसैं सकिनासाथ धान काटिसकेका छन्, तर उठाउन समेत नपाई वर्षाले खेतमै छाड्न बाध्य छन्। अहिले कैलाली लगायतका विभिन्न जिल्लामा पाकेको धानलाई खेतमै किसानले खेतमै छाड्न बाध्य भएका छन्।

काटेर घाममा सुकाएको धान र पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ। असारमा रोप्ने समयमा पानी नपरेर हैरान भएका यहाँका किसान फेरि धान भित्र्याउने बेलामा आएको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका छन्।

लगातारको पानीले धान खेतीसँगै दलहन बाली र तरकारीमा समेत क्षति पुर्‍याएको किसानहरुले बताएका छन् । पानीले कैलालीका विभिन्न क्षेत्रमा किसानले काटेको धान बटुल्नै नमिल्नेगरी पानी जमेको छ।

पानीका कारण धानबाली सखाप भएको छ। धानबाली खेतमा सोत्तर परेपछि बालासमेत झरेको छ। अब पानी जमेको धान न टिप्नु, न त्यत्तिकै छोड्नु, हामीलाई वर्षभरी के खाने भन्ने चिन्ता बढेको छ,' बर्दगोरिया-३ की स्थानीय ऋतु बोहराले बताइन्। उनका अनुसार धानको बीउसमेत नरहने गरी पानीले धान डुबानमा परेको बताइन्।

किसानका अनुसार खेतमा धान काट्न सुरु गरिएको थियो। स्थानीय लक्ष्मी साउँदले खेतमा काटेर राखिएको धानमा पानी वर्षिँदा धान सबै कुहिने लागेको बताइन्। ‘धानको बीउ छरेभन्दा बाक्लो हुनेगरी खेतबारीमा धान झरेको छ, वर्षभरी गरेको दुःख खेर गयो,’ उनले भनिन् ।

जिल्लाका सबै स्थानीय तहमा धान खेतीमा लगातारको झरीले क्षति गरेको छ। जिल्लाको विभिन्न ठाउँहरूमा पानीले भित्र्याउने बेला भएको धानबालीमामा असर गरेको बताइएको छ। 'कसैले पानी परिरहेकाले धान काट्न पाएका छैनन्, धेरैको खेतमा धान लडेको छ भने कतिपयको काटिएको धान खेतमै उम्रिने अवस्था आएको छ ।

लगातारको वर्षाले किसानलाई बाँकी रहेको धान पनि कसरी भित्राउने भन्ने समस्याले जेलिरहेको छ। कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्थामा पुगेको छ।

यस क्षेत्रमा कतिपय कृषकहरूले चाँडो पाक्ने धान रोपेर खेतमा गहुँ तथा तरकारी खेती लगाउने गरेका छन्। तर, यसवर्ष पनि लगातार वर्षा भइरहेका कारण समस्या भइरहेको हो। हाल भइरहेको वर्षाले तरकारी उत्पादनमा समेत ह्रास आएको किसानहरुले गुनासो गरेका छन्। जसका कारण बजारमा तरकारीको मुल्य दोब्बर वृद्धि भएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation