राष्ट्रिय जनगणना २०७८ प्रश्नावली टुङ्गो लाग्यो

काठमाडौं। नेपालको बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को प्रश्नावलीको निधो गर्दै त्यसलाई राजपत्रमा प्रकाशित गरिएको छ ।
जनगणनामा प्रयोग हुने प्रश्नावलीको विषयवस्तु आमनागरिक तथा सरोकारवाला निकायको जानकारीका लागि राजपत्रमा प्रकाशित गरिएको केन्द्रीय तथ्याङ्क विभागका जनसङ्ख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो ।

जनगणनामा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण तथा मुख्य प्रश्नावली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन २६ मा स्वीकृत गरेको थियो । त्यसअघि राष्ट्रिय जनगणना निर्देशक समितिले प्रत्येक वडा कार्यालयबाट सङ्कलन गरिने विवरणका लागि सामुदायिक प्रश्नावली असार ४ गते नै स्वीकृत गरिसकेको विभागले जनाएको छ ।

विभागका अनुसार पहिलो प्रश्नावलीले सुपरीवेक्षकद्वारा घर तथा घरपरिवार सूचीकरणमार्फत घर तथा घरपरिवारमै पुगी सोधिनेछ । घरको प्रयोगसहित सङ्ख्या, घरको तला, परिवारको बैङ्क खाता र ऋणमा पहुँच, सरकारी अनुदानमा बनेका घर, व्यावसायिक तथा प्राविधिक शिक्षा वा तालिम, परिवारमा अक्सर बसोबास गरेका परिवारका सदस्य महिला, पुरुष र अन्यको सङ्ख्या र परिवारका कृषिसम्बन्धी विवरण सङ्कलन गरिनेछ ।

घर तथा घरपरिवार सूचीकरण २०७८ वैशाख २६ देखि जेठ १४ सम्म गर्ने विभागको तयारी छ । दोस्रो प्रश्नावली गणकद्वारा घरपरिवारमा पुगी मुख्य प्रश्नावलीमार्फत गरिनेछ । त्यसमा पारिवारिक विवरण तथा व्यक्तिगत विवरण सङ्कलन गरिने निर्देशक लामिछानेले बताउनुभयो ।

घरको स्वामित्व, घरको संरचना, खानेपानी, शौचालय, बत्तीको स्रोत, खाना पकाउने इन्धन, मृत्युसम्बन्धी, परिवारमा अनुपस्थित विदेश गएका, महिलाको नाममा घरजग्गा तथा साना घरेलु व्यवसाय तथा अन्य घरायसी साधन र सुविधा सम्बन्धी प्रश्न यसमा समावेश छन् । व्यक्तिगत विवरणबाट घरपरिवारका सदस्य तथा व्यक्तिको लिङ्ग, उमेर, जातजाति, भाषा धर्म, वैवाहिक स्थिति, बालबालिका, अपाङ्गता, बसाइँसराइ, शिक्षा, महिलाको प्रजनन, आर्थिक क्रियाकलाप लगायत विवरण सङ्कलन गरिनेछ । यसका लागि २०७८ जेठ २५ देखि असार ८ सम्म समय तोकिएको छ ।

तेस्रो प्रश्नावली सुपरीवेक्षकले भर्नेछन् र त्यसलाई सामुदायिक प्रश्नावली नाम दिइएको छ । यो प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट वडास्तरको आधारभूत स्रोतसाधन, क्षमता र पूर्वाधारसम्बन्धी विवरण सङ्कलन गर्न प्रयोग गरिने विभागले जनाएको छ । यो प्रश्नावली गणकले मुख्य प्रश्नावलीका विवरण सङ्कलन गरिरहेकै बेला सुपरीवेक्षकले वडा कार्यालयबाट सङ्कलन गरिने विभागका निर्देशक लामिछानेले बताउनुभयो ।

प्रश्नावलीलाई अन्तिम रूप दिनुअघि विभागले गत असार १ देखि १५ गतेसम्म नमुना जनगणनासमेत गरेको थियो । त्यस्तै विभिन्न क्षेत्रका विज्ञ तथा निकायसँग छलफलसमेत गरिएको निर्देशक लामिछानेले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९