बिहिबार, बैशाख १३, २०८१

विश्व फिजियोथेरापी दिवस

विश्व फिजियोथेरापी दिवसमा मान्छेकोर्थमिक क्षमता अनि पहिचान एउटा महत्वपूर्ण दक्षतामा अडेको छ । त्यो दक्षता हो, मानवको गतिशीलता । गतिशीलताले नै मान्छेलाई यहाँ बाट वहाँ पूर्याँउछ, सपना अनि जानकारी दिलाँउदछ, मान्छे मान्छे बीचको समबन्ध स्थापित गर्दछ अनि मान्छेलाई सामाजिक बनाँउदछ, हैन।

बिभिन्न मांशपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिशीलताको यो दक्षता र अभ्यासवाट बिमुख गर्न सक्दछ, यही गतिशीलतालाई कायम राख्न फिजियोथेरापीस्ट हरुको सीप अनि अध्यनको आवश्यक्ता पर्दछ । यसै आवश्यक्तालाई ध्यानमा राखेर हरेक बर्षको सेप्टेम्बर ८ मा बिश्व फिजियोथेरापी दिवस बिभिन्न कार्यक्रम गरेर मनाइन्छ ।

सन् १८१३ मा स्वीस जिम्न्यास्ट हेनरिक लिगं ले रोयल ईन्सटिट्यूट अफ जिम्न्यास्ट खोलेर गरेका हुन् । त्यस संस्थाले बिश्वमै सर्वप्रथम गतिशीलता र पीडा निवारणका लागि मसाज अर्थात मालीस, सुधारात्मक व्यायम अनि अन्य कसरतहरुको शुरुवात गरेको छ।

त्यसपछि सन् १८९४ मा बेलायत मा चार्टड सोसाईटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भनें फिजियोथेरापीको प्रथम कलेज भनें अमेरिकाको वासिंगटनमा वाल्टर रीड आर्मी अस्पतालमा भएको हो । प्रथम बिश्वयूद्ध ताका यस अस्पतालमा फिजियोथेरापी शाखाको शुरुवात भएको हो ।

नेपालमा भनें फिजियोथेरापीको ईतिहास कोट्याँउदा नयाँ चिकित्सा पद्धतीका रुपमा केही दशक अगाडीमात्र केही निजी अस्पतालहरुले औपचारीक शुरुवात गरेको पाइन्छ, सुस्तरी अहिले फिजियोथेरापी का सेवाग्राही र प्रदायकहरु बढ्दै गएका छन् । सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतीहरु अनि केही भारतबाट तालिम प्राप्त स्वास्थकर्मी मार्फत फिजियोथेरापी गरिने पाइन्छ । सन् १९८३ मा आईओएम ले फिजियोथेरापीलाई एसएलसी पछिको ३० महिने कोर्सका रुपमा औपचारीक मान्यता दिएको हो । यस क्रममा सन् १९९० सम्म करिब ५० जनाले तालिम लिएको ईतिहास हामीले पायौं तर पूनः सन् १९९० मा फिजियोथेरापी अध्यापन नेपालमा बन्द हुन गयो । तथापि बिभिन्न अनौपचारीक तालिम र कार्यगत प्रशिक्षण भएको थियो । सन् २००२ पछि धुलिखेल मेडिल ईन्सटिट्यूट ले फिजियोथेरापीलाई औपचारीक शुरु गरेको पाइन्छ, यस पछि क्रमशः नेपालमा पनि यस कोर्स अनि सेवाप्रदायक बढ्दै गएका हुन् ।

सशस्त्र द्धन्द पश्चात बिसं २०६३ पछि अगंभंग र घाईते सैन्यदस्ताको पूर्नवास र पूर्नस्थापनाका लागि सैनिक क्याम्प अनि अस्पतालहरुमा फिजियोथेरापीको प्रयोग अत्याधिक गरिएको पाइन्छ । नेप्टा भनेंर नेपाली फिजियोथेरापीस्ट हरुको पेशागत संगठनको उपस्थिती रहेको छ ।

फिजियोथेरापी आँफैमा उपचारपद्धतीको मेरुदण्ड हो, आजभोली झन अस्तव्यस्त जीवनशैली अनि निरन्तर कमप्यूटर र मोबाईल प्रयोग गर्दाको अवस्थिती नमिल्नाले ढाड अनि गर्दनको दुखाई सामान्य र सबैभन्दा दोहोरिने पीडा भईसकेको छ , हैन र

अंगभंग, अगं काट्नुपर्ने, दुर्घटनाको चोट पछि लगायत अन्य बिभिन्न प्रक्रियामा फिजियोथेरापी अत्यावश्यक छ योगअभ्यासलाई पनि यहाँ फिजियोथेरापसंग जोड्न चाह्यौं, आर्यूवेदले आहार र बिहारलाई समान प्रार्थमीक्ता दिएको छ । योगअभ्यासहरु पनि परिष्कृत फिजियोथेरापीका आधारहरु हुन्, पतन्जली र धनवन्तरीका पुस्तक अनि अध्यनहरुमा स्वस्थ रहनका लागि योगासनहरुको चर्चा पाइन्छ ।

गतिशीलता नै जीवन हो, स्वास्थको ख्याल राखौ

फिजियोथेरापीस्ट र सेवाग्राहीहरु सबैलाई शुभकामना 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation