दानवीर सामुदायीक वनका अध्यक्ष प्रेम बुढाले गरे उपभोक्ताको मन जित्ने काम(भिडियो सहित)

बौनियाँ कैलाली। कैलालीको मोहन्याल गाउँपालिका १ बडिकाथाईमा रहेको दानवीर सामुदायिक वन उपभोक्ता समूहले आफ्नै लगानीमा ५ किलोमिटर मोटरबाटो निर्माण गरेको छ ।

 

 

सामुदायिक वनको आम्दानीको ९ लाख रुपैयाँ लगानीमा पैदलमार्ग (गोरेटो बाटो) को मर्मत तथा स्तरोन्नति गरि मोटरबाटोको रूपमा विकास गरिएको सो सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर बुढाले बताउनुभयो ।

समुदायस्तरमा वन उपभोक्ता समूहले वन विकास कार्यक्रमसंगै स्थानीय जनताको प्रत्यक्ष सरोकार र आवश्यकतालाई मध्येनजर गरि सार्वजनिक हित तथा विकास निर्माणकार्यमा प्राथमिकता दिएर लगानी गरिएको उहाँले बताउनुभयो ।

भौगोलिक रूपले विकट रहेकोे मोहन्याल गाउँपालिका अन्तर्गतका ग्रामीण सुगम बस्तीमा अझैसम्म सडक सञ्जाल, बिजुली र खानेपानीको पहुँच तथा सुविधा विस्तार हुन सकेको छैन । सडक सुविधाको पहुँचबाट बन्चित सो वडामा आवतजावतमा सहजताका लागि स्काभेटरको प्रयोग गरि १० दिन लगाएर बाटो काट्ने, चक्लाचौडा बनाउने र सम्याउने कार्य गरिएको उपभोक्ता समूहले जनाएको छ ।

२२६ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वनले निर्माणाधीन सेतीलोकमार्ग सडक क्षेत्रभित्र पर्ने सडकले ओगटेको १ हजार २ सय ५० रुखहरु यसअघि कटानी गरेको थियो । २३ हजार ९ सय २२ क्युफिट काठ ठेक्कापट्टा प्रक्रियामार्फत बिक्रीवितरण तथा वन पैदावार गरि प्राप्त भएको २८ लाख आम्दानीमध्येबाट उक्त सडक निर्माणकार्यमा खर्च गरिएको उपभोक्ता समूहले जनाएको छ ।

सामुदायिक वनले आगामी दिनमा उपभोक्ताहरुलाई लक्षित गरि क्षमता विकास, गरीबी निवारण, विपन्न वर्गको आयआर्जन, सीपमूलक कार्यक्रम र बाख्रापालन लगायतका कार्यक्रम गर्ने योजना रहेकोे कार्यालय सचिव देव बोहराले बताउनुभयो ।

१ सय ३६ घरधुरीका उपभोक्ताले सामुदायिक वनमा आबद्ध भएर विभिन्न रूपमा वनको कार्यक्रमबाट सेवा उपभोग तथा लाभ लिइरहेको उपभोक्ता समूहले जनाएको छ ।

विगत आर्थिक वर्षमा वडामा रहेका समुदायमा आधारित सरस्वती बालविकास केन्द्र, भृकुटी बालविकास केन्द्र र मोहन्यालमा माविमा २ लाख ४० हजार रुपैयाँ विद्यालयको शैक्षिक विकासका लागि नगद सहयोग गरिएको बताइएको छ ।

सामुदायिक वनले वार्षिक कार्य योजनाअनुसार नै उपभोक्ता समूहको आम्दानीको २५ प्रतिशत रकम सामुदायिक वन विकास, ३५ प्रतिशत रकम स्थानीय गरीब विपन्नवर्गको उत्थानका लागि र बाँकी ४० प्रतिशत रकम सार्वजनिक हित तथा प्रशासनिक कार्यमा खर्च गर्दै आएको जनाएको छ । सोहीबमोजिम सामुदायिक वन विकास अन्तर्गत वन संरक्षणका लागि चोरीपैठारी, वन्यजन्तुको सिकारी, वन चरिचरण, आगलागी नियन्त्रणका नियमित प्रयास र रेखदेखका कार्य गरिएको सामुदायिक वन उपभोक्ता समूहकी सचिव नैसरा पुनले बताउनुभयो ।

त्यससंगै वृक्षारोपण, सीमा अतिक्रमण नियन्त्रण, पोथ्रा रुखविरुवाको जथाभावी फँडानी रोक्न नियमित अनुगमन र जनचेतनामूलक कार्यक्रम गरिएको सचिव पुनले बताउनुभयो ।

उहाँले यसवर्षको वार्षिक कार्ययोजना अन्तर्गत सामुदायिक वनको आम्दानीबाट स्थानीय बासिन्दाको मागअनुसार आवातजावतमा सहज पहुँच पुर्याउन उपभोक्ता समूहले निर्णय गरि बाटो निर्माणकार्य गरिएको बताउनुभयो ।

सामुदायिक वनको पहलमा गाउँसम्म मोटर सडकको विकास भएपछि स्थानीय बासिन्दामा खुसियाली छाएको छ । सडकको स्तरोन्नतिले स्थानीयलाई आउजाउमा सहजता भएको स्थानीय कपिल भारतीले बताउनुभयो । मोटरबाटोको विकास भएपछि स्थानीय बजारसम्म आउजाउ गर्न र आफूहरूलाई दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर ल्याउनेलैजाने बाध्यता हटेको भारतीको भनाइ छ । ‘सडक नहुँदासम्म हामीले स्थानीय बजारबाट पैदल हिंडेर सामान ल्याउनुपर्ने बाध्यता थियो', उहाँले भन्नुभयो, ‘अब मालसामान ढुवानी र आउजाउमा धेरै सुविधा पुग्छ ।'

(हेर्नु होस् यो भिडियो सहित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९