कांग्रेस कैलालीको सचिव पदमा युवानेता सुनारको उम्मेदवारी घोषणा

कार्तिक,टीकापुर/नेपाली काँग्रेस कैलालीको सचिव पदमा युवानेता नृपबहादुर सुनारले उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले सचिव पदमा उम्मेदवारी दिने उहाँले घोषणा गर्नुभएको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पछिल्लोपटक कार्तिक ११ गते संशोधित नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेसंगै जिल्लामा महाधिवेशनको सरगर्मी बढ्न थालेको छ । नेताकार्यकर्ता भेटघाटलाई तीव्रता दिईरहेका युवानेता सुनारले आइतबार बौनिया पुगेर पार्टीलाई एकीकृत गर्दै जिल्लामा कांग्रेसको संगठन मजबुद तथा बलियो बनाउन आफूले पार्टी सचिवमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभयो ।

 

नेपाली कांग्रेस निकट भातृ संघ नेविसंघको विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै आउनुभएका युवानेता सुनारलाई जिल्लास्तरमा बलियो युवा उम्मेदवारको रूपमा हेरिएको छ । उहाँलाई यसअघि जिल्ला सदस्य र जिल्ला कार्य सम्पादन समितिको सदस्य भएर कार्य गर्दाको अनुभव छ ।

जिल्लाभरका नेताकार्यकर्तासंगको भेटघाटका क्रममा उहाँले भन्नुभयो,‘नेपाली कांग्रेसका अग्रज नेता तथा कार्यकर्ता सबैको साथ र सहयोगका आधारमा मैले आसन्न पार्टीको १४ औं महाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु ।’ ‘जिल्लाभर रहनु भएका तपाईं सबैको अमूल्य सहयोग, सद्भाव, समर्थन र शुभकामनाले म निर्वाचित हुनेमा विश्वस्त छु ।’

 

उहाँले आफू सचिवमा निर्वाचित भएमा जिल्लाका १ सय २६ वटै वडा, १३ पालिका, १० प्रदेश सभा र ५ वटा क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमितिबीच समन्वय, सुमधुर सम्बन्ध र सहकार्यको भावनाको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, आगामी तीनै तहको निर्वाचनमा पार्टीका सबै तहमा पार्टी पंक्तिलाई परिचालन गरि कैलाली जिल्लामा पार्टीलाई विजय गराउने, संगठनलाई चुस्तदुरुस्त राख्न नियमित बैठकको कार्यतालिका निर्माण गरि नियमितता गराउने लगायत लक्ष्य तथा योजना अघि सारेको बताउनुभयो ।

 

वि.सं.२०५३ सालमा नेविसंघको विद्यालय तहदेखि राजनीति यात्रा प्रारम्भ गर्नुभएका उहाँ विद्यालय कार्यसमितिको इकाई सभापति, वि.सं.२०५६ सालमा कैलाली बहुमुखी क्याम्पसको इकाई कार्यसमिति सदस्य 

वि.सं.२०५७ देखि २०५८ सालसम्म उपाध्यक्ष हुँदै वि.सं.२०५८ देखि २०५९ सम्म क्याम्पस इकाई सभापति बन्नुभएको थियो ।

त्यस्तै, वि.सं.२०६० सालमा एकवर्ष नेविसंघ कैलालीको सभापति, वि.सं.२०६२ देखि २०६४ सम्म नेविसंघ केन्द्रीय सदस्य, वि.सं.२०६८ देखि २०७२ सम्म नेपाल तरुण दलको केन्द्रीय सदस्य हुनुभएको थियो ।

वि.सं.२०७२ मा नेपाली कांग्रेस कैलालीको जिल्ला सदस्य र वि.सं.२०७४ मा जिल्ला कार्यक्रम तथा प्रशिक्षण शाखाको संयोजक तथा पार्टीकातर्फबाट जिल्ला प्रशासन कार्यालय कैलालीमा पार्टी प्रतिनिधि रूपमा रहेर जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ । 

पटकपटक प्रतिगमन विरुद्धको आन्दोलन विभिन्न समयमा गिरफतार र वि.सं.२०६२ श्रावण देखि कार्तिक सम्म ९१ दिन कैलाली जिल्ला कारगारमा राजबन्दीका रुपम जेलजीवन भोग्नुपरेको उहाँले पार्टी राजनीतिमा महत्त्वपूर्ण भूमिका र योगदान पुर्याउनु भएको थियो ।

 

कांग्रेसले यसअघि जिल्ला अधिवेशन सभ्य र भव्यरूपमा सम्पन्न गर्न उहाँलाई प्रचारप्रसार समिति संयोजकको जिम्मेवारीसमेत दिइसकेको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कैलालीसहित १२ जिल्लामा कार्तिक २७ देखि वडाअधिवेशन सुरु भइ जिल्ला अधिवेशन आउँदो मंसिर १० गते तोकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९