जनकल्याण सामुदायीक वन फलेविसौनाको जनताको मन जित्ने काम

बौनिया,कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको जनकल्याण सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, बिक्री गरेर आउने रकम सामाजिक क्षेत्रको विकासमा लगानी गरि उदाहरणिय काम थालेको हो ।शनिवार ‌सामुदायिक वनको आम भेला तथा आय व्याय प्रस्तुत कार्यक्रममा वनका अध्यक्ष जनक गिरीले वनको आम्दानीको रकम गाउँको शैक्षिक क्षेत्र ,सडक निर्माण तथा मर्मत खानेपानी ,विद्यालयको भौतिक पूर्वाधार विकास गर्न र विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि समेत खर्च गर्ने गरेको बताउनुभयो । समुदायस्तरमा वन उपभोक्ता समूहले वन विकास कार्यक्रमसंगै स्थानीय जनताको प्रत्यक्ष सरोकार र आवश्यकतालाई मध्येनजर गरि सार्वजनिक हित तथा विकास निर्माणकार्यमा प्राथमिकता दिएर लगानी गरिएको उहाँले बताउनुभयो ।

वनको आम्दानी वनको विकास संगै सामाजिक क्षेत्रमा लगानी गरि उपभोक्ताको जिवनमा सुधारको कार्य थालनी गरिएको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा वनको लगानीले स्थानीय उपभोक्तानै लाभान्वित हुँदै आएको उहाँले बताउनुभयो । उहाँले वन विकास ,वनको संरक्षण तथा सामाजिक क्षेत्रको वनको लगानीले उपभोक्ताले रोजगारी समेत पाउने गरेको बताउनुभयो ।उहाँले सामुदायिक वनको आम्दानीले सवैभन्दा पहिलो प्राथमिकता वन विकास नै भएको पनि बताउनुभयो । सामुदायिक वनले आफ्ना नयाँ कार्यक्रम अन्तर्गत यसवर्ष पनि वन क्षेत्रको विकासका लागि डढेलो नियन्त्रण ,गस्ती परिचालन ,ढढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक तालिम,अग्नि नियन्त्रण सम्बन्धि प्रचारप्रसार तथा सामाग्री,चोरी निकासी रोक्न तारबार, बृक्षारोपण, गोडमेल ,झाडी सरसफाइ लगाएतका कार्यक्रम गर्ने जनाएको छ । यी कार्यक्रममा समेत स्थानीय उपभोक्ता कै सहभागी हुनेहुदा रोजगारीको आधार समेत सामुदायिक वनबाटै हुने अध्यक्ष जनक गिरीले बताउनुभयो ।यतिमात्र नभई जनकल्याण सामुदायिक वनले उपभोक्ताको सेवाका लागि करिव १९ लाख ८० हजार ८ सय ५० रूपैयाँ बराबरको ट्रयाक्टर खरिद गरिएको छ । यसैगरी सडक विकासको लागि ८५ हजार खर्च गरिएको छ जुन काम बौनिया सडक हुँदै आउने बाटोका खाल्डा खुल्डी पुर्दै फलेविसौना पिपल चौतारा सम्म ग्राइविल गरिएको अध्यक्ष गिरीले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिनुभयो त्यसै गरी,चाँदनी बाल विकास भवन निर्माणका लागि ४ लाख , स्वास्थ्य इकाई लाई सहयोग ५ लाख सामुदायीक बनले सहयोग गरी सकेको छ भने शान्ति माध्यमिक विद्यालय लाई १० लाख रुपैयाँ बजेट दिने भने निर्णय गरेको सामुदायीक बनका पदाधिकारीहरुले बताएका छन्।१ सय ९४ घरधुरीका उपभोक्ताले सामुदायिक वनमा आबद्ध भएर विभिन्न रूपमा वनको कार्यक्रमबाट सेवा उपभोग तथा लाभ लिइरहेको उपभोक्ता समूहले दावी गरेको छ ।सामुदायिक वनले वार्षिक कार्य योजनाअनुसार उपभोक्ता समूहको आम्दानीको २५ प्रतिशत रकम सामुदायिक वन विकास, ३५ प्रतिशत रकम स्थानीय गरीब विपन्नवर्गको उत्थानका लागि र बाँकी ४० प्रतिशत रकम सार्वजनिक हित तथा प्रशासनिक कार्यमा खर्च गर्दै आएको जनाएको छ ।आम भेला तथा आयव्यय प्रस्तुत कार्यक्रममा श्री जनकल्याण सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष जनक गिरीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरी रहनु भएको थियो । प्रमुख अतिथिको आशनबाट बोल्दै वडा अध्यक्ष गिरीले जन मुखी बजेट बिनिजन गर्नु पर्ने गरीब तथा असहायलाई सहयोग गर्नु पर्ने विकासमा महत्वपुर्ण ध्यान दिनुपर्ने बताउनु भयो भनिन्छ हरियो वन नेपालको धन सामुदायिक वन समुदायको शान बन्दै गएको छ । नेपालका कुनाकन्द्रामा रहेका सामुदायिक वन विश्वमा नै नमूना बन्न सफल भएका छन् । पछिल्लो समय सामुदायिक वन उपभोक्ता समूहको जीविकापार्जन माध्यम बनेका छन्। समुदायमा आधारित सामुदायिक वन स्थानीय उपभोक्ताकै हितमा छन् । सामुदायिक वन बैकल्पिक आम्दानीको बाटो रोज्दै समुदायलाई जीविकोपार्जनमा सहयोग गर्ने सफल भएका छन् । ‘समृद्धि, सुशासन र दिगो वन व्यवस्थापन, लैंगिक समानता गरीबी न्यूनीकरणका लागि वन संरक्षण र लैंगिक समानता’ का विभिन्न कार्यक्रम छन् ।चोरीनिकासी पूर्ण रुपमा वन्द भई उजाड डाँडा हरियालीमा परिणत भएको छ। सबैले उपभोक्ता समूहले वन जोगाउन लागनु पर्ने वडा अध्यक्ष गिरीले बताए हुन । जनकल्याण सामुदायिक बनका उपाध्यक्ष भिम बहादुर थापा मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेस पार्टी प्रतिनिधि सालीभान धामी, नेकपा माओवादी केन्द्रका पार्टी प्रतिनिधि हरमले बोहरा, नेकपा एमाले पार्टी प्रतिनिधि कपिल टमट्टा, नेकपा विप्लव पार्टी प्रतिनिधि पदम नेपाली, श्री शान्ति माध्यमिक विद्यालयका शिक्षक गोपाल के.सी, स्वास्थ्य इकाई फलेविसौनाका बाग्मती बडु, जनचेतना सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष अनिल टमट्टा, हिमालय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धन बहादुर गिरी र बौद्ध युवा क्लबका अध्यक्ष चित्र बहादुर बुढा, लगायतका अतिथिहरुले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सामुदायिक बनका कोषाध्यक्ष मोती टमटाले ३६ लाख १९ हजार ६० रुपैया बराबरको आय व्यय प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सामुदायीक बनका सह-सचिव बिष्णु बहादुर बुढाले गरेका थिए।नेपालमा २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूह छन् । ती समूहले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर क्षेत्रको वन व्यवस्थापन गरिरहेका छन् । कुल वन क्षेत्रमध्ये ३७ प्रतिशत सामुदायिक वनले ओगटेको छ । सामुदायिक वनमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरी आवद्ध रहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।नेपालको वन क्षेत्र बढाउन सामुदायिक वनको उल्लेखनीय भूमिका छ । सामुदायिक वनको हरेक कार्यक्रम स्थानीय उपभोक्ताको हितलाई केन्द्रमा राखेर वन संरक्षण गरेको पाइन्छ । सामुदायिक वन स्थानीय उपभोक्ताको अभिभावक हुन सफल भएको छ । हरियाली र वन संरक्षण गरेर विकास गर्ने सकिन्छ भनेर समुदायिक वनको कामबाट सिक्न सकिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै

कञ्चनपुर, कञ्चनपुरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक अझै पनि जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् । इँट्टा उद्योग, निर्माण क्षेत्र, कृषि तथा घरेलु काममा संलग्न श्रमिकले सुरक्षा सामग्री बिना नै खतरायुक्त कार्यमा संलग्न रहँदै आएका छन् । त्यसमा पनि महिला र पुरुषबीच ज्यालामा गहिरो विभेद...

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ,  कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।     हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ ।...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

दोधारा चाँदनी (कञ्चनपुर),  चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९