आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

रानीजरुवा सामुदायीक वन फेरि चर्चामा/उपभोक्ताले दिए धन्यबाद(रिपोर्ट)भिडियो सहित

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा रहेको रानीजरुवा सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, बिक्री गरेर आउने रकम सामाजिक क्षेत्रको विकासमा लगानी गरि उदाहरणिय काम थालेको हो ।रानीजरुवा सामुदायिक बन उपभोक्ता समूहले वडा नं. ३ अन्तरगत रानीकुण्डाको पारीगडा टोलमा सडक ग्राबेल गरेको छ । समूहले करिब १ लाख बराबरको ग्राभेल गरेको हो ।

 

साउन र भदौ महिनामा आएको अबिरल बर्षाले गाउँ टोलका सडकहरु हिलाम्मे र खाल्डाखुल्डी परे पछि सामुदायिक बन उपभोक्ताहरुको माग भए अनुसार ती बाटोहरुमा मर्मत कार्य गरेको सामुदायिक बनका अध्यक्ष लाल सिंह विश्वकर्माले जानकारी दिए ।सोमवार ‌सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माले  अनमोल अनलाईन टेलिभिजन संग कुरा गर्दै वनको आम्दानीको रकम गाउँको शैक्षिक क्षेत्र ,सडक निर्माण तथा मर्मत ,विद्यालयको भौतिक पूर्वाधार विकास गर्न र विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि समेत खर्च गर्ने गरेको बताउनुभयो । यस अघी प्रतेक उपभोक्तालाई एक एक बगुर वितरण गरिएको छ समुदायस्तरमा वन उपभोक्ता समूहले वन विकास कार्यक्रमसंगै स्थानीय जनताको प्रत्यक्ष सरोकार र आवश्यकतालाई मध्येनजर गरि सार्वजनिक हित तथा विकास निर्माणकार्यमा प्राथमिकता दिएर लगानी गरिएको उहाँले बताउनुभयो ।वनको आम्दानी वनको विकास संगै सामाजिक क्षेत्रमा लगानी गरि उपभोक्ताको जिवनमा सुधारको कार्य थालनी गरिएको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा वनको लगानीले स्थानीय उपभोक्तानै लाभान्वित हुँदै आएको उहाँले बताउनुभयो । उहाँले वन विकास ,वनको संरक्षण तथा सामाजिक क्षेत्र वनको लगानीले उपभोक्ताले रोजगारी पाएको र पाउने गरेको बताउनुभयो ।उहाँले सामुदायिक वनको आम्दानीले सवैभन्दा पहिलो प्राथमिकता वन विकास नै भएको पनि बताउनुभयो । सामुदायिक वनले आफ्ना नयाँ कार्यक्रम अन्तर्गत यसवर्ष पनि वन क्षेत्रको विकासका लागि डढेलो नियन्त्रण ,गस्ती परिचालन ,ढढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक तालिम,अग्नि नियन्त्रण सम्बन्धि प्रचारप्रसार तथा सामाग्री,चोरी निकासी रोक्न तारबार, बृक्षारोपण, गोडमेल ,झाडी सरसफाइ लगाएतका कार्यक्रम गर्ने जनाएको छ । यी कार्यक्रममा समेत स्थानीय उपभोक्ता कै सहभागी हुनेहुदा रोजगारीको आधार समेत सामुदायिक वनबाटै हुने अध्यक्ष लालसिंह विश्वकर्माले बताउनुभयो ।यतिमात्र नभई सामुदायिक वनले उपभोक्ताको सेवाका लागि करिव ७ लाख ५० हजार बराबरको बङ्गुर खरिद गरी वितरण गरी सकेको छ । यसैगरी सामुदायीक वनले १२ लाखमा भवन निर्माण गरिएको हो भने १ लाख रुपैयाँ जुन काम पारीगडा सडक हुँदै आउने बाटोका खाल्डा खुल्डी पुर्दै  पिपल चौतारा सम्म ग्राइविल गरिएको अध्यक्ष विश्वकर्माले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिनुभयो त्यसै गरी,२ लाख न्यू जोति प्राथमिक विद्यालय लाई वनले सहयोग गरी सकेको छ भने कोरोना कोरेनटैने व्यवस्थापन लागी ३२ हजार राहत उपलब्ध गरेको थियो सोही कोरोनाको समयमा बर्दगोरिया गाउँपालिका लाई २५ हजार सहयाेग गरेको हो त्यस्तै बुटकौवा बाढी पीडितलाई राहत स्वरूप सहयाेग ३२ हजार सहयोग गरी सकेको छ त्यस्तै भिम बहादुर बुढाको घर देखी नदी सम्म १ लाख छुट्याएको र चाँडै काम हुने विश्वकर्माको भनाई छ भने पशुपति युवा क्लवलाई ५० हजार सहयोग गरिएको छ त्यस्तै पारिगडा सिंचाई बोरिङ लाई ३० हजार सहयोग सामुदायीक वनले गरेको छ सो काम प्रतक्ष्य अवलोकन गरी रहेको अध्यक्ष विश्वकर्मा बताउँछन् प्रत्येक उपभोक्तालाई एक फुटको कडी र पला लाई ७० रुपैया र फ्रेम लाई ४० रुपैयाँ लगाएको सामुदायीक बनका पदाधिकारीहरुले बताएका छन्।https://ckeditor.com/apps/ckfinder/userfiles/images/CamScanner%2012-08-2021%2019_11(1).jpg१ सय ६८ घरधुरीका उपभोक्ता रहेकाे सामुदायिक वनमा आबद्ध भएर विभिन्न रूपमा वनको कार्यक्रमबाट सेवा उपभोग तथा लाभ लिइरहेको उपभोक्ता समूहले दावी गरेको छ ।

सामुदायिक वनले वार्षिक कार्य योजनाअनुसार उपभोक्ता समूहको आम्दानीको २५ प्रतिशत रकम सामुदायिक वन विकास, ३५ प्रतिशत रकम स्थानीय गरीब विपन्नवर्गको उत्थानका लागि र बाँकी ४० प्रतिशत रकम सार्वजनिक हित तथा प्रशासनिक कार्यमा खर्च गर्दै आएको जनाएको छ ।

नेपालमा २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूह छन् । ती समूहले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर क्षेत्रको वन व्यवस्थापन गरिरहेका छन् । कुल वन क्षेत्रमध्ये ३७ प्रतिशत सामुदायिक वनले ओगटेको छ । सामुदायिक वनमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरी आवद्ध रहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।

नेपालको वन क्षेत्र बढाउन सामुदायिक वनको उल्लेखनीय भूमिका छ । सामुदायिक वनको हरेक कार्यक्रम स्थानीय उपभोक्ताको हितलाई केन्द्रमा राखेर वन संरक्षण गरेको पाइन्छ । सामुदायिक वन स्थानीय उपभोक्ताको अभिभावक हुन सफल भएको छ । हरियाली र वन संरक्षण गरेर विकास गर्ने सकिन्छ भनेर समुदायिक वनको कामबाट सिक्न सकिन्छ । 

रिपोर्ट भिडियो सहित हेर्नुहोस्

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation