बौनियाँ,कैलाली। आज पुस ११,जेष्ठ नागरिक दिवस देश भर भव्यताका साथ मनाइएको छ । सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान भन्ने नाराका साथ यस वर्ष विविध कार्यक्रम सहित प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सरकारले थालेको हो।
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो ।
२०५१ साल पुस ११ गते देखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाका भत्ताका रुपमा एक सय रुपैयाँ प्रदान गर्न थालिएको थियो ।
सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक गाडीमा आरक्षण, भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचय पत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्ने लगायतका सहुलियत र सुविधाको व्यवस्था गरेको छ ।
नेपालमा कुल जनसङ्ख्याको नौ प्रतिशत ज्येष्ठ नागरिक छन् । हरेक वर्ष साढे तीन प्रतिशतका दरले ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै जाने गरेको एजिङ नेपालले अनमोल अनलाईन टेलिभिजनका पत्रकार टीकाराम साउँद लाई जानकारी दिएको छ ।
यसैबीच प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा कैलाली जिल्लाको बर्दगोरीया गाँउपालिकामा महिला तथा बालबालिका शाखाको आयोजनमा प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । बर्दगोरीया गाँउपालिकाका उपाध्यक्ष तथा न्यायपालिका सयोजक भगवती देवी डगौरा थारुको अध्यक्षतामा सञ्चालन भएको थियो कार्यक्रम समापन गर्दै डगौरा थारुले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गरेकी छन् ।
हेर्नु होस् यो भिडियो सहितकार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमा प्रमुख आथित्य को आशनबाट बोल्दै अध्यक्ष थारुले जेष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
हेर्नु होस् यो भिडियो सहितभने बिशिस्ट अतिथीमा बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की त्यस्तै अतिथीमा न्यायपालिका समिति सदस्य टंकराज ओली, (हेर्नु होस् यो भिडियो सहित)
नेपाली काँग्रेसका क्षेत्रिय सचिव बृजेश रावल, नेकपा एमाले बर्दगोरिया गाउँपालिका सचिव नवीन ढुंगाना र सिर्जनशील विद्युत सहकारी संस्थाका अध्यक्ष सुशील शाही, (हेर्नु होस् यो भिडियो सहित)लागायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य महिला तथा बालबालिका शाखा प्रमुख पानमती रानाले गरेकी थिइन् कार्यक्रमको सञ्चालन सहजकर्ता खेमा कुँवरले गर्नु भएको थियो ।
नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ। अन्तरिम संविधान २०६३ ले समेत बृद्धबृद्धालाई संरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको थियो । भर्खरै घोषणा भएको नेपालको संविधान-२०७२ को धारा ४१ मा "जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ" भनि उल्लेख गरिएको छ ।