स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड बौनियाँमा व्यवसायिक सीपमुलक चुरा बनाउने तालिम सम्पन्न

बौनियाँ,कैलाली/ "सुख र सम्बृद्धिको आधार ,सबैका लागि स्वरोजगार ”भने मूल नाराका साथ स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बर्दगोरीया गाउँपालिका वडा नं १ सडकपुर बौनियाँ कैलालीले बौनियामा सीपमूलक तालिम सञ्चालन हिजो बाट भएको थियो । संस्थाले दुई दिनको सीपमूलक तालिम सञ्चालन गरेको हो । शाखा कार्यालय बौनियाँमा आबद्ध सदस्यहरु मध्ये १८३ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा सीपमुलक चुरा बनाउने तालिम प्रदान गरेको हो । 

 

 

तालिम आज सोमवार सम्पन्न भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बौनियाका शाखा प्रमुख नवीन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सन नेपाल लाईफ इन्सयोरेन्स कम्पनी लिमटेड शाखा कार्यालय बौनियाका प्रमुख डम्मर बहादुर बुढाको प्रमुख आतिथ्यमा एक समारोहका बीच तालिम समापन गरिएको हो । समापन कार्यक्रममा विशिष्ट अतिथि सीपमूलक तालिम वित्तीय संस्थाका तालिम प्रशिक्षक राजु पासवान रहनु भएको थियो ।

तालिम समापन समारोहमा बोल्दै प्रमुख अतिथि बुढाले तालिमबाट सिकेका सीपलाई ब्यबहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गरे । उनले ब्यबसाय संचालन गर्न  सिकेका सीप उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । तालिममा लिएको ज्ञानले ब्यबसाय संचालन गरि आयआर्जन गर्न सके मात्र तालिमले सार्थकता पाउने बताउनु भयो ।

समापन समारोहमा सहभागी सरिता चौधरीले ब्यापार गर्ने सोचले चुरा बनाउने सीपमूलक तालिममा सहभागी भएको बताईन् । हामी जस्ता गरिवले ठूलो ब्यबसाय गर्न सक्दैनौं सरिताले भनिन्, थोरै लगानीमा पनि ब्यापार गरि राम्रो आम्दानी प्राप्त गर्न सकिने भएकोले चुरा बनाएर व्यापार गर्ने सोच बनाएर तालिममा सीप सिक्न आएको छु ।

तालिमका अर्का सहभागी सरस्वती वि.कले घरमै बसेर चुरा बनाएर दैनिक १ हजारसम्म कमाउन सकिने बताईन् । अर्काकोमा बनिबुतो गर्नु भन्दा घर बसेर चुरा बनाउँदा दुई दिनसम्म घामपानीमा खटेर कमाईने ज्याला भन्दा दोब्बर कमाउन सकिने उनले बताईन् ।

आफुहरुले स्थानीय स्तरमै उत्पादन गरेको चुरा गुणस्तरीय तथा आकर्षक देखिने भएकोले थोक ब्यापारीहरु घरमा आएर चुरा लाने स्थानीय मिना चौधरीले बताईन् । चुरा बनाउन अफ्ठेरो छैन, मिनाले भनिन्, थोरै लगानीले पनि ब्यापार चलाउन सकिन्छ । अर्की तालिममा सहभागी सलिना चौधरीले चुरामा लगानी भन्दा दोब्बर आम्दानी हुने भएकोले सीप सिक्ने अबसर दिएर हामी गरिवहरुको ठूलो उपकार गरेकोले संस्थालाई धन्यवाद व्यक्त गरिन् ।

सम्पन्न कार्यक्रममा बोल्दै थापाले सीप सिकाई रोजगारीको ब्यबस्था गर्ने उद्देश्यले २ दिने चुरा बनाउने तालिम संचालन गरेको उहाँको भनाई छ तालिमबाट यस क्षेत्रका महिला सदस्यहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त तालिमबाट सहभागीहरुले कम लागतमा चुरा बनाउने तरिका, बजारीकरणलगायतका सम्बन्धमा जानकारी हासिल गराएको थापाको भनाइ थियो।

यो भन्दा पहिले स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बौनियाँले दाल मोट भुजिया तालिम सञ्चालन गरेको थापाले बताउनु भएको थियो । थापाका अनुसार दाल मोट भुजिया तालिम सिकेर संस्थाका सदस्यहरुले विभिन्न मेला महोत्सवमा बिक्री वितरण गरी जिविको पार्जन गरेको आफनै आँखाले देख्न पाउँदा खुशी लागेको थापाले बताए । कार्यक्रमको सञ्चालन स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बौनियाँका कर्मचारी नारायण ढुङ्गानाले गर्नु भएको थियो ।

हालै संस्थाले महेन्द्रनगर जिल्लाको झलारीमा १३० जना महिला,कैलालीको गोदावरीमा ९६ जना तथा कञ्चनपुर पुनर्वासमा १२५ जना, र चौमाला १२०, सदस्यहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमूख थापाले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धिका लागि संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकबाट( घ) वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त स्वरोजगार लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय काठमाडौंको वनेपामा स्थापना गरी २०६६ साउन ८ गतेबाट कारोबार सुरु गरेको हो । हालसम्म संस्थाले ४५ वटा जिल्लाहरुका ९१ शाखा कार्यालयहरु मार्फत करिब १ लाख २०  हजारभन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । हालसम्म संस्थाले मिति २०७८असोज महीना सम्मको रेकर्ड अनुसार करिब ६ अर्ब ३८ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट २ अर्ब ७४ करोडभन्दा बढी निक्षेप सङ्कलन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य

कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन(नवलपरासी), छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटकपटक म्याद थपिए पनि निर्माण हुन सकेको छैन । बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरबाट हरपुरसम्म एक किलोमिटर र सुनवल बजारको ५०० मिटर सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सडक...

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ,  ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु चार लाख ७९ हजार ५०१ राजस्व सङ्कलन गरिएको छ ।     आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य

कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा,  यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।       नगरपालिका र...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९