बर्दगोरियामा सरकारी कित्ताकाट १० कट्ठा जग्गा गैरकानुनी बिक्री(प्रमाण सहित)

बौनियाँ,कैलाली,—सरकारी स्वामित्वमा रहेकोे सार्वजनिक जग्गा अवैध रूपमा बेचबिखन गरेको पाइएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–३ खैरेनीस्थित मुक्तकमैया शिविरमा सरकारी श्रेस्ता कायम रहेकोे जग्गा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ र वडाका जनप्रतिनिधि समेतको रोहवरमा बेचबिखन गरिएको तथ्य बाहिरीएको हो ।१२ वर्षअघि नाप नक्सांकन गरि कित्ताकाट भएको सरकारी श्रेस्ता कायम १० कट्ठा सार्वजनिक जग्गा एकमुष्ट मोलमोलाइ गरि रु १२ लाख मूल्यमा सामुदायिक विद्यालयले मनोमानी रुपमा बेचबिखन गरेको तथ्य भेटिएको छ । वडाको खैरेनी शिविरमा २०६६ असोज २८ गते मुक्तकमैया पुनर्स्थापन जिल्ला समिति कैलालीले भूमिहिन मुक्तकमैयाको बसोबास व्यवस्थापनका लागि ४५ कित्तामा जग्गा नापनक्सांकन गरि जग्गाधनी दर्ता प्रमाण पुर्जा उपलब्ध गराएको थियो । सो क्षेत्रमा ४५ कित्तामध्ये १ देखि ९ सम्म कुनैपनि व्यक्ति तथा संस्थाको नाममा जग्गा धनी दर्ता प्रमाण पुर्जा नभएको मालपोत कार्यालय टीकापुरले जनाएको छ ।मुक्तकमैया पुनर्स्थापित जिल्ला समितिका संयोजक एवं स्थानीय विकास अधिकारी गोकर्णप्रसाद शर्माको संयोजकत्वमा रहेकोे सर्वदलीय बैठकले २०६६ असोज २८ निर्णय गरि मुक्तकमैयालाई जग्गाधनी दर्ता प्रमाण पुर्जा उपलब्ध गराएको थियो । मुक्तकमैया परिचयपत्र प्राप्त ३६ परिवारले कित्ता नम्बर १० देखि ४५ सम्म ५ कट्ठाका दरले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएका थिए । सोमध्ये कित्ता नम्बर ४ देखि ९ सम्म प्रमाणपत्र नभएका कारण सो समयमा ६ परिवारले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाउन सकेका थिएनन् । तर, मुक्तकमैयाका ती परिवारलाई जग्गा उपलब्ध गराएपछि उनीहरूले आवादी गरि भोगचलन गर्दै आइरहेका छन् ।निर्माणाधिन सेती लोकमार्गसंग सीमा जोडिएको कित्ता नम्बर २ र ३ मा पर्ने सार्वजनिक जग्गा बेचबिखन भएपछि अहिले विवाद चुलिएको हो । 

 

२०७६ फागुन ५ गते जगदम्बिके भगवती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरी, प्रधानाध्यापक नेत्रबहादुर खड्का, मुक्तकमैया समाजका अध्यक्ष तुल्सीराम चौधरी, सदस्य सुरेन्द्र चौधरी, रामबहादुर चौधरी, पुस्पराज थारुसहितले जग्गाको हक हस्तान्तरण तथा सट्टाभर्ना गर्ने सहमति गरेको पाइएको छ ।सोही सहमतिअनुसार सो क्षेत्रमा रहेको सार्वजनिक १० कट्ठा जग्गा कुल १२ लाख मूल्य कायम गरि २०७६ फागुन १५ गते पहिलो किस्ता बापत २ लाख रुपैयाँ र २०७७ कार्तिक ४ अन्तिम किस्ता बापत १० लाख रुपैयाँ नगद बुझेको तमसुक कागज बनाइएको छ । जग्गा बिक्री भएको तथ्य बाहिर आएपछि स्थानीयले सरकारी स्वामित्वको जग्गा बेचबिखन गरिनु प्रचलित कानुनी विपरीत हुने भन्दै विरोध जनाएका छन् । यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरीले जग्गा बेचबिखन भएको स्वीकार गर्नुभएको छ । उहाँले कानुनी रूपमा बेचबिखन गर्न मिल्ने, नमिल्ने बारे आफू अनविज्ञ रहेको समेत बताउनुभयो । उक्त जग्गा सम्बन्धमा विवाद समाधानका लागि केही दिनमै बैठक बोलाउने र उक्त रुपैयाँ सम्बन्धित पक्षलाई निर्णय गरि फिर्ता गरिने उहाँले बताउनुभयो ।

मालपोत कार्यालय भन्छ, सार्वजनिक जग्गा बेचबिखन गर्न मिल्दैन :

सार्वजनिक जग्गा बेचबिखन गर्न कानूनी रूपले नमिल्ने मालपोत कार्यालय टीकापुरले जनाएको छ । नापनक्सांकन गरि कित्ताकाट गरिएको सार्वजनिक श्रेस्ता कायम भएको जग्गा अनाधिकृत रूपमा बेचबिखन गर्न नमिल्ने मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले बताउनुभयो ।

 

त्यस्तै, जिल्ला मालपोत कार्यालय धनगढीका प्रमुख सुरेन्द्र केसीले सार्वजनिक जग्गा बेचबिखन गर्न कानूनी रूपले नमिल्ने बताउनुभयो । उहाँले कानुन विपरीत सार्वजनिक जग्गा खरिदबिक्री गरेको पाइए छानबिन गरि कानुनी कार्वाही हुने बताउनुभयो ।

 

जनप्रतिनिधि नै जग्गा बेचबिखनमा संलग्न :

 

स्थानीय तहको गठनसंगै स्थानीय सरकारका जनप्रतिनिधिको हैसियतले आफ्नो क्षेत्राधिकार भित्रको सम्पत्तिको संरक्षण, रेखदेख, मर्मत तथा प्रबन्ध मिलाउनुपर्ने स्थानीय तह शासन ऐन तथा नियमावलीमा व्यवस्था छ । उक्त व्यवस्थाको परिच्छेद–१३ को २ मा उल्लेख भएअनुसार गाउँपालिका तथा नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा सार्वजानिक सम्पत्ति बेचबिखन गर्न वा अरु कुनै व्यहोरामा स्वामित्व हस्तान्तरण गर्न वा लिजमा दिन समेत पाइँदैन । यस्तो सम्पत्तिमा नेपाल सरकारको स्वीकृतिबिना स्थानीय तहले कुनै अधिकार राख्न नसक्ने स्पष्ट प्रावधान तोकिएको छ । यस्तो सम्पत्तिको वर्षेनी अद्यावधिक गर्नुपर्ने कर्तव्य स्थानीय सरकारको रहन्छ ।

तर, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीय जनप्रतिनिधिको दायित्व रहेको भएपनि आफ्नो क्षेत्राधिकार विपरीत जग्गा बेचबिखनमा संलग्नता रहेकोे पाइएको छ ।

विद्यालय र मुक्तकमैया प्रतिनिधिबीच २०७६ फागुन ५ गते जग्गा किनबेच गर्ने भएको द्विपक्षीय सम्झौता पत्रमा वडाअध्यक्ष करने सुनार र न्यायीक समिति सदस्य टंकराज ओलीले समेत हस्ताक्षर गरेको खुलेको छ । प्रचलित ऐन तथा नियमावलीलाई लत्याउँदै वडाध्यक्ष सुनार र सदस्य ओलीले किनबेचको तमसुक कागजातलाई समेत प्रमाणित गरिदिएका हुन् ।

भिडियो सहित हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९