बौनिया/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ बुटकुवा बाट के के युवा क्लब र नमूना दानुवा फाटा सामुदायिक वन उपभोक्ता समितीका पदाधिकारी सदस्य हरुले से २ त ११८५ नम्बरको ट्रयाक्टरको ट्रली भित्र ढुङ्गाको बिचमा राखेको ५ ओटा सालको गोलिया पक्राउ गरेका छन्। ट्रलीको बीचमा सालको गोलिया माथि बाट ढुङ्गा लोड गरेको अवस्थामा पाच थान सालको गोलिया सबडिभिजन वन कार्यालय रामपुरको जिम्मा लगाएको के के युवा क्लबका अध्यक्ष शीखर बि कले बताए ।
बरामद सालको गोलिया २८ क्युफिट रहेको र आवश्यक कारबाईको लागि सबडिभिजन वन कार्यालय रामपुरले जिम्मा लिएको सायक बन अधिकृत कृष्णबहादुर बोहराले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिनुभएको छ । कोरोना महामारीको मौका छोपेर यतिबेला काठ तस्करहरु सक्रिय भएका छन् । कैलाली जिल्लाको चुरेभावर वनबाट र बैज्ञानिक बन वाट रुख काटेर व्यापक रुपमा काठ तस्करी भइरहेको स्थानीयले बताएका छन् ।