पीरमर्का बुझ्दै सांसद साउँद:बिहानदेखि बेलुकासम्म जनताको घर भेटघाटमा ब्यस्त

कैलाली-मौसम राम्रो संग खुलेको थिएन । हुस्सो लागेर चिसो थियो । चिसो मौसममा रातो रंगको मोटरसाइकलमा सुदूरपश्चिम प्रदेशको राजधानी बाट प्रदेश सांसद नन्द बहादुर साउँद राजेन्द शनिबार कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ६ चैनपुरमा आइपुगे ।चैनपुर साउँदको निर्वाचन क्षेत्रपनि हो । साउँद कैलालीको क्षेत्र नम्बर २ ख बाट नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित भएका थिए । निर्वाचनमा जनता संग बाचा गरे बमोजिम धेरै योजना र बजेट बिनियोजन गरेर साउँद यस क्षेत्रमा लोकप्रिय बनेका थिए । 

 

मेलमिलाप एकता समाजले लम्कीचुहा ६ चैनपुरमा शनिबार आयोजना गरेको सम्मान तथा समूह पासबुक बितरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा जनतालाई सम्बोधन गर्न साउँद गाउँ आएका थिए । चैनपुर गाउँमा पुगेपछि साउँदले बुवा गुमाएका हर्क बुढाको घरमा सबैभन्दा पहिले समवेदना व्यक्त गर्न जान चाहेका थिए । आयोजकले कार्यक्रममा सहभागी हुन अनुरोध गरेपछि साउँद रोकिएका थिए । 

सांसद आउने थाहा पाएपछि गाउँलेहरु पनि जम्मा भएका थिए ।

औपचारिक कार्यक्रम सुरु भयो । साउदँले सम्झिए, चैनपुर जनयुद्धको आधार क्षेत्र हो । यस क्षेत्रका जनताले जनयुद्ध सफल पार्न खेलेको भूमिकाको दिल खोलेर प्रशंसा गरे । शहिदहरुले रगत बगाएको माटो हो भन्दै त्यस क्षेत्रका जनताको भावनाको सम्मान गरेका थिए । आफूलाई विजय गराउने जनताको योगदानको कदर गर्न धेरै योजना हालेको र फेरी पनि प्राथमिकतामा राखेर सहयोग गर्न तयार रहेको उनले बताए ।आत्मनिर्भर बन्न आयआजर्नको काममा लाग्नुपर्नेमा जोड दिए । पशुपंक्षी र खेती गरेर कृषिमा क्रान्ति गर्नुपर्छ । कसैले पनि जमिन बाँझो राख्नु हुँदैन । सामुदायिक बनको खाली जमिनमा पनि खेती गरेर आम्दानी गर्न सकिन्छ । आर्थिक समृिद्घको लागि केहीन केही काम गर्नैपर्छ खालि बस्न नहुने बताए । 

 

कार्यक्रममा धेरै बाजुराका र संगै जनयुद्ध लडेका साथीहरुको उपस्थिति देखेपछि बाजुराको स्याउ बारीमा आफू पुगेको स्मरण गरे । उनले भने “बाजुराको स्याउको प्रचार हुन सकेन जस्का कारण बाजुराको स्याउले बजार पाएन । जुम्लामा नियमित खाने मार्सी धानको कहिल्यै प्रचार भएन । काठमाण्डौंमा नेताहरुले मार्सी धानको भात खाएपछि विश्वमै मार्सी धानको प्रचार भयो ।” 

एक फरक प्रसङ्गमा साउँदले आफू भ्रमित रहेको र बास्तविकता केही बर्षपछि छर्लङ्ग बुझ्दै गएको बताए । तत्कालीन समयमा आफू निकट बताउने साथीहरुले पार्टीप्रति इमानदार नैतिकवान साथीको बारेमा झुटो सुचना दिएको स्मरण गरे । आफूलाई झुटो सुचना दिनेहरुनै समयले गलत प्रमाणित गरेको उनले बताए ।

देश बचाउनको लागि माओवादीले चुनाव जित्नैपर्ने बताए । माओवादीले चुनाव नजित्ने हो भने जनयुद्धबाट प्राप्त परिवर्तन सबै गुम्ने र देशमा परिवर्तनकारी माथि घेराबन्दी हुने खतरा रहेकोले माओवादीले चुनाव जित्नैपर्ने साउँद बताउछन । चुनाब जित्नको लागि जनताको बीचमा गएर माओवादीले देश र जनताको लागि खेलेको भूमिकाको बारेमा जानकारी गराउनु पर्ने उनले बताए । 

केपी शर्मा ओलीको बेइमानीको कारण पार्टी एकता टुटेको साउँले दाबी गरे । जनमतको उपमान गरि राजतीतिक इमानदारिता नराखेकै कारण बुहुमतको सरकार ओलीकै कारणले गुमाउनु परेको हो । कार्यक्रममा सामाजिक परिवर्तनमा पत्रकार तथा मानवअधिकारकर्मी धनराज विक र महिला नेतृ बिष्ना बिसी सपनाको सामाजिक योगदानको समेत सांसदले प्रशंसा गरेका थिए ।

 

निमार्ण भएका भौतिक संरचनाको अनुगमन, काम छिटो समपन्न गर्न निर्देशन

 

सांसद साउँदले आफूले पहल गरेर सरकारबाट ल्याएका योजनाको अनुगमन गरेकाछन् । चैनपुर खेलमैदानमा बन्दै गरेको बहुबर्षिय सभाहल बीचैमा रोकिएको देखेपछि किन काम रोकियो भनेर सोधेका थिए । वास्तवविकता बुझ्न शहरी विकास कार्यालय धनगढीका प्रमुखलाई साउँदले बन्न लागेको सभाहलमा उभिएर फोन गरेका थिए ।

कामको ठेक्का कस्ले लिएको हो ?किन ढिला भयो भन्दै काम छिटो संचालन गर्न निर्देशन दिएका थिए । सांसद साउँदले श्री शम्भु सुनन्दा युवा क्लबको खेलमैदानमा घेरबार, प्याराफिट निमार्ण, सिचाईको लागि बोरिङ र श्री शम्भु सुनन्दा विद्यालयको घेरबार निमार्णको लागि दिएको योजनाको अनुगमन गरेका थिए । केही योजजनामा कामदारले ज्याला नपाएको सांसद संग गुनासो गरेका थिए । साउँदले त्यसको लागि आफूले पहल गर्ने विश्वास दिलाए । 

 

विकास निमार्ण र समुदायका समस्याको बारेमा जनताको घरमा छलफल

 

भौतिक संरचनाको अनुगमन गरेपछि सांसद साउँद स्थानीय भरत बिकको घरमा गए । सांसद घरमा गएपछि गाउँलेहरु पनि जम्मा भए । नेकपा माओवादी केन्द्रका स्थानीय देखि केन्द्रिय नेतासम्म सांसदको साथमा थिए । स्थानीय पार्टीका कार्यकर्ताले सांसदलाई जनताको घरमा पुगाउन सहयोग गरेका थिए । 

भरत बिकको घरमा विकास निमार्णका कामको बारेमा चर्चा भयो । सांसदले खेलेको भूमकाको जनताले प्रशंसा गरे । पहिले भन्दा अहिले विकासका धेरै काम भएको पनि बताए । तर काममा पार्दशिता नभएको गुनासो जनताले सांसदलाई सुनाए । 

भरत बिकले भने “तपाईले योजना दिएर राम्रो गर्नु भयो तर स्थानीय स्तरमा योजना कार्यन्वयन सही तरिकाले नभएको बताए । बेलाबेला यसरी नै आएर अनुगमन गर्ने हो भने काम सहि तरिकाले हुने बिकले विशवास व्यक्त गरे ।”

 

फलफुल लिएर पुगे सांसद किरिया पुल्तीको घरमा, परिवारलाई दिए समवेदना 

 

परिवारको सदस्य गुमाएका स्थानीय हर्क बुढाको घरमाा बिहानै भेट्न खोजेका थिए साउदँले । गाउँमा आयोजना गरिएको कार्यक्रम ब्यस्तताको कारण चाहेर पनि पुग्न सकेनन् । साँझको ६ बजेतिर बुवाको निधनका कारण शोकमा डुबेको हर्क बुढाको परिवारलाई फलफुल लिएर भेट्न पुगेका थिए । 

चिसोेका कारण आगो तापेर बसेका शोकाकुल परिवारलाई सांसदले नमस्कार गरे । मृतकप्रति श्रद्धाञ्जली दिएर शोकमा रहेको परिवारलाई समवेदना प्रकट गरे । परिवारका सदस्य सबै किरियामा बसेको देखेपछि स्थानीय नेकपा माओवादी केन्द्रका पार्टीका कायकर्तालाई सामान ओसारपसारमा आवश्यक सहयोग गर्नु भने । हर्क बुढा हार्दिक भनेर चिनिने माओवादीका पुराना इमानदार कार्यकर्ता हुन । साउँद बुढाको परिवार संग आधा घण्टाजति बसेका थिए । 

 

खोलाले आवतजावतको समस्या भएको ठाउँमा कल्भर्ट निमार्ण गर्ने प्रतिवद्धता 

 

दिउँसो भएको कार्यक्रममा सहभागी सर्प बिकले एकपटक आफ्नो घरमा आउनलाई सांसदलाई अनरोध गरे । दिनभरि कार्यक्रम र भेटघाटमा ब्यस्त रहदा साँझको करिब ७ बजिसकेको थियो । आउछु भनेर बचन दिएका सांसदले बचन पूरा गर्न जनताको अनुरोधको सम्मान गर्न घरमै भेट्न गए । घरमा पुगेपछि बिकले सांसदलाई स्वागत गरे । घर नजिकै रहेको खाला देखाए ।  

यही खोलाको कारण बर्षौदेखि खेतको आलीमा हिडेको दुःख सुनाए । विकले सम्झाए चुनावको बेला हजुर खेतको आलीमा हिडेर नै बुहारी विश्ना बिसी सपनाले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्न हजुर आउनु भएको थियो । 

 

यही खोलाको कारण चैनपुर र बावनपुरका केही मानिसलाई आवतजावत गर्न सास्ती भएको बताए । जनताको समस्या सरकारले हल नगरि दिए जेब्रोले (डोरीले) पासो लगाएर मर्छु भनेका थिए बिकले । सांसद साउँदले सरकार जनताकै साथमा रहेको बताउदै तकाल कल्भर्ट निमार्णको लागि पहल गर्ने र बिस्तारै व्यवस्थित मार्ग बनाउन सहयोग गर्ने बताए । 

साउँदले भने “ समयमै मलाई समस्याको बारेमा जानकारी भएको भए पहिले नै पहल गर्थे । फेरिपनि सहयोगका लागि भूमिका खेल्ने बताए । जनताको घरमा रातीको समयमा भेट्दै साउँद चैनपुरबाट फर्केका थिए । जनताको समस्या सुनि दिएकोमा गाउँलेले सांसदको सरल व्यवहारको प्रशंसा समेत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव

कास्की,  विश्व मधुमेह दिवस(नोभेम्बर १४) का अवसरमा शुक्रबार  पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर...

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियो, टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु...

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौँ, लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१÷८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको क्षेत्रफल एक दशमलव ४२ प्रतिशतले घटेर सात लाख ६८ हजार ९६८ हेक्टर कायम...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

बालबालिकामा कुपोषण दर उच्च

दोधारा चाँदनी (कञ्चनपुर), भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।   उमेरअनुसार शिशुको तौल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

बालबालिकामा कुपोषण दर उच्च

दोधारा चाँदनी (कञ्चनपुर), भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।   उमेरअनुसार शिशुको तौल...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९