बुधबार, बैशाख १०, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरियाका प्रत्येक वडाका जनता कांग्रेसमय बन्दै:घरदैलो अभियान पनि तिव्र

बौनियाँ,यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कैलालीको बर्दगोरिया गाउँपालिकामा नेपाली कांग्रेसले घरदैलो अभियानलाई तिव्रता पारेको छ । शनिवार नेपाली कांग्रेसले वडा नम्बर १ देखी ६ वडामा घरदैलो अभियान गरेको छ । वडा नम्बर १ का वडा अध्यक्षका उम्मेदवार बृजेश रावल सहित वडा सदस्यहरुमा लाेक बहादुर बडुवाल, लाल मणी जोशी ,महिला सदस्यमा किसन चाैधरी थारु र दलित महिला सदस्य रुपा सुनारले संयुक्त घरदैलो अभियान गरि रूख चिन्हमा मतदान गर्न आव्हान गरेका हुन 

। 

यसै गरि वडा नम्बर २ मा  वडा अध्यक्षका उम्मेदवार गोबिन्द बम सहित वडा सदस्य धानु डगौरा थारु ,सन्तलाल थारु ,महिला सदस्यमा निर्मला कुमारी कठरिया र दलित महिला सदस्य सुष्मा सुनारले संयुक्त घर दैलो अभियान गरेका हुन ।

यसै गरि वडा नम्बर ३ मा  वडा अध्यक्षका उम्मेदवार शिखर बिक सहित वडा सदस्य गोबिन्द बुढा क्षेत्री , लोकेन्द्र न्याैपाने , महिला सदस्यमा बबिता विष्ट र दलित महिला सदस्य आशा बिकले संयुक्त घर दैलो अभियान गरेका हुन ।

यसै गरि वडा नम्बर ४ मा वडा अध्यक्षका उम्मेदवार जगत शाही सहित वडा सदस्य देवानन्द जोशी , अशोक चाैधरी, महिला सदस्यमा पार्बती साउँद र दलित महिला सदस्य तुल्सा कामीले संयुक्त घर दैलो अभियान गरेका हुन ।

यसै गरि वडा नम्बर ५ मा वडा अध्यक्षका उम्मेदवार हरिराम डगौरा सहित वडा सदस्य शंकर वि के , नैन बहादुर डगौरा थारु, महिला सदस्य सोनिया देवी डगौरा र दलित महिला सदस्य किथी कमेनीले संयुक्त घर दैलो अभियान गरेका हुन ।

यसै गरि वडा नम्बर ६ मा वडा अध्यक्षका उम्मेदवार प्यारेलाल डगौरा सहित वडा सदस्य बुद्धी सिंह डगौरा थारु, शिव ड चौधरी, महिला सदस्य राधिका बोहरा र दलित महिला सदस्य देबा  बिकले संयुक्त घर दैलो अभियान गरेका हुन ।

 

 

 

 

घर दैलो अभियानमा गठबंधनबाट अध्यक्ष पदका उम्मेदवार शेर बहादुर कठरिया (अमरले) र उपाध्यक्ष पदका उम्मेदवार गणेश राज गिरी ( लालदिपले) आफुले जिते पालिकालाई नमुना पालिका बनाउने बताए । बर्दगोरिया गाउँपालिकाको आवश्यक्ता कृषि उत्पादन , शिक्षा , स्वास्थ्य र विकास निर्माणमा हाम्रो प्रतिबद्धता बर्दगोरिया गाउँपालिका गठबन्धनका उम्मेदवार अध्यक्ष पदका उम्मेदवार शेर बहादुर कठरिया ( अमर ) उपाध्यक्ष पदका उम्मेदवार गणेश राज गिरी ( लालदिप ) संविधानको रक्षा , संघियता , समानुपातिक समावेशिताको सफल कार्यन्वयन र लोकतान्त्रीक गणतन्त्र को संस्थागत विकाशको लागी यहि बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई अमुल्य मतदान गरी अत्याधिक बहुमतले विजयी गराउन मतदाता संग अपिल गर्दै कठरियाले र गिरीले आफुले जिते खानेपानी देखि युवा स्वरोजगार सम्मलाई फाईदा पुग्ने बताए । अब्यवस्थित बस्तिको बैज्ञानिक व्यावस्थापन गर्ने । सुकुम्बासी तथा अव्यबस्थित बस्तीलाई लालपुर्जा • स्वच्छ र सफा बातावरण मैत्री गाउँपालिका • कृषि र उत्पादनमा विषेश अनुदान • प्राविधिक शिक्षा र बहुमुखि क्याम्पसका लागी विषेश जोड • बजार ब्याबस्थापन ढलनिकास र सहरीकरण  • आम जनताको स्वास्थ्य विमा र निःशुल्क उपचार • बर्दगोरीया गाउँपालिकामा स्वच्छ खानेपानीको सुनिश्चितता खेल मैदानको निर्माण र खेलाडी उत्पादनमा जोड • भ्रष्टचार मुक्त वडा र गाउँकार्यपालिका बनाउने । • पर्यटकिय क्षेत्र बर्दगोरीया , पिरुवा र पुरैनातालको प्रबर्दन • पालिका भित्रका सम्पुर्ण सामुदायिक बिद्यालयलाई गुणस्तरिय बनाईने । गठबन्धन राजनितिक निकास पछिको बिकास भएकाे गठबन्धनका उम्मेदवार अध्यक्ष पदका उम्मेदवार शेर बहादुर कठरिया ( अमर ) र उपाध्यक्ष पदका उम्मेदवार गणेश राज गिरी ( लालदिपले बताउनु भयो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation