बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाली सेनाको विशेष टोली/चेकजाँचका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग

कैलालीी/ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको छ।

शुक्रबार बिहानै धनगढी विमानस्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षार्थ नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिनुका साथै चेकजाँचका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ।

नेकपा विभाजनपछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आइरहेका छन्।

ओली बिहान ८ बजेर १५ मिनेटमा श्री एयरलाइन्सको विमानमार्फत धनगढी आउने कार्यक्रम तय भएपनि प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको छ।

मौसम खुल्दै गए १० बजेसम्म काठमाडौँबाट विमान उड्ने श्री एयरलाइन्सले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation