प्रधानमन्त्रीले हजारौ कार्यकर्ता जम्मा गरेर कार्यक्रम गर्न हुने /मेला महोत्सव संचालन गर्न किन रोक सरकार

गत बर्ष पुस २७ गते कैलालीको अत्तरिया महोत्सव सुरु भएको थियो । एक बर्ष अगाडी आजकै दिन अत्तरिया उद्योग वाणिज्य संघलाई महोत्सवको तयारी गर्न भ्याईनभ्याई थियो ।

तर आज एक बर्ष पछाडी परिस्थिति उल्टिएको छ । संघ फुर्सदिलो बनेको छ भने न महोत्सव हुने नहुने टुङ्गो छ । यस बर्ष कोरोना महामारीका कारण विश्वले नै धेरै ठुलो क्षति वेहोर्नु परेको छ । कोरोनाको चपेटामा परेको नेपालमा पनि त्यसको प्रभाव पर्नु स्वाभाविक हो ।

कोरोना संक्रमणको जोखिम अहिले पनि उच्च रहेको छ । दैनिक जसो नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन । त्यसैले सरकारले अहिले पनि ठूला मेला महोत्सव गर्न नदिने निर्णय गरेको छ ।

परिस्थिति अनुसार यो निर्णय उचित भएपनि सरकारको नेतृत्व गरीरहेका मन्त्री, प्रधानमन्त्रीले भने आफैले यो निर्णयको धज्जि उडाएका छन ।

कोरोना संक्रमण फैलिने भन्दै मेला महोत्सव गर्न नदिईएको बेला शुक्रबार धनगढीमा भने देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममा मेला महोत्सवकै झल्को दिने गरी हजारौं मानिस जम्मा गरिएको छ ।

सरकार र सरकारको नेतृत्व गर्नेहरुको यो रबैया प्रति अहिले बर्सेनि मेला महोत्सव आयोजना गर्ने उद्योग व्यवसायि भने आक्रोशित बनेका छन ।

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले उद्योग बाणिज्य संघलाई चलाउन मेला महोत्सवले ठुलो सहयोग पु(याएको भएपनि अहिले महोत्सव अनिश्चित हुदाँ ठुलो समस्यामा परेको बताए । उनले राजनीतिक दलले हजारौं मान्छे जम्मा गरेर कार्यक्रम गर्ने तर महोत्सव गर्न नदिनु गलत भएको बताए ।

‘बार्षिक रुपमा मेला महोत्वस गरेर उद्योग बाणिज्य संघ चलाउन केहि खर्च जम्मा गर्ने गरेका थियौं’ उनले भने ‘अहिले नेपाल सरकारले मेला, महोत्सव लगाउन बन्देज लगाएको अवस्था छ । तर राजनीतिक दलका कार्यक्रममा भने पचासौं हजार मान्छे जम्मा भईरहेका छन ।’

उनले अब मेला महोत्सव संचालन गर्नका लागि उद्योग बाणिज्य संघको जिल्ला देखि केन्द्र सम्म पहल गर्नुपर्ने बेला आएको बताए ।

अत्तरिया उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष कल्यान सिह बोहराले सकारका प्रधानमन्त्रीले हजारौ कार्यकर्ता जम्मा गरेर कार्यक्रम गर्न हुने हामीले चाहि किन महोत्सव आयोजना गर्न नदिएको भन्दै आक्रोस पोखे । उनले सरकारले संघको मुख्य आयश्रोतको माद्यम मेला महोत्सव गर्न नदिएर आफूहरुले ठुलो क्षति बेहोरीरहेको बताए । ‘हामीलाई महोत्सव लगाउन प्रतिबन्ध लगाईएको छ । जुन संघको आयश्रोतको मुख्य माद्यम हो ।’ उनले भने ‘सरकारले भने ठुला– ठुला कार्यक्रम गरिरहेको छ । सरकारकै मान्छे आएर हजारौं मान्छे जम्मा गरेर कार्यक्रम गरिरहेका छन ।’ उनले भने अब हामीले पनि महोत्सव गर्न पाउनु पर्छ यसका लागि सबैले पहल गर्न आवश्यक छ ।

अत्तरिया उद्योग बाणिज्य संघका उपाध्यक्ष कमल कडायतले सरकारका मन्त्री प्रधानमन्त्रीले हजारौं मान्छे जम्मा गरेर आमसभा गर्दा कोरोना नलाग्ने हामीले भने महोत्सव गर्दा कोरोना फैलिन्छ भन्नु न्यायोचित नभएको बताए ।

कोरोना महामारीले थलिएका व्यवसायिलाई महोत्सवले केहि राहत दिने भएपनि त्यसमा रोक लगाईदा आफूहरु झन मारमा परेको अर्का उपाध्यक्ष कविराज भट्टले बताए । उनले अझैपनि महोत्सव आयोजना गर्ने बिषयमा छलफल चलाउनु पर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९