आइतवार, चैत्र १०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले हजारौ कार्यकर्ता जम्मा गरेर कार्यक्रम गर्न हुने /मेला महोत्सव संचालन गर्न किन रोक सरकार

गत बर्ष पुस २७ गते कैलालीको अत्तरिया महोत्सव सुरु भएको थियो । एक बर्ष अगाडी आजकै दिन अत्तरिया उद्योग वाणिज्य संघलाई महोत्सवको तयारी गर्न भ्याईनभ्याई थियो ।

तर आज एक बर्ष पछाडी परिस्थिति उल्टिएको छ । संघ फुर्सदिलो बनेको छ भने न महोत्सव हुने नहुने टुङ्गो छ । यस बर्ष कोरोना महामारीका कारण विश्वले नै धेरै ठुलो क्षति वेहोर्नु परेको छ । कोरोनाको चपेटामा परेको नेपालमा पनि त्यसको प्रभाव पर्नु स्वाभाविक हो ।

कोरोना संक्रमणको जोखिम अहिले पनि उच्च रहेको छ । दैनिक जसो नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन । त्यसैले सरकारले अहिले पनि ठूला मेला महोत्सव गर्न नदिने निर्णय गरेको छ ।

परिस्थिति अनुसार यो निर्णय उचित भएपनि सरकारको नेतृत्व गरीरहेका मन्त्री, प्रधानमन्त्रीले भने आफैले यो निर्णयको धज्जि उडाएका छन ।

कोरोना संक्रमण फैलिने भन्दै मेला महोत्सव गर्न नदिईएको बेला शुक्रबार धनगढीमा भने देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममा मेला महोत्सवकै झल्को दिने गरी हजारौं मानिस जम्मा गरिएको छ ।

सरकार र सरकारको नेतृत्व गर्नेहरुको यो रबैया प्रति अहिले बर्सेनि मेला महोत्सव आयोजना गर्ने उद्योग व्यवसायि भने आक्रोशित बनेका छन ।

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले उद्योग बाणिज्य संघलाई चलाउन मेला महोत्सवले ठुलो सहयोग पु(याएको भएपनि अहिले महोत्सव अनिश्चित हुदाँ ठुलो समस्यामा परेको बताए । उनले राजनीतिक दलले हजारौं मान्छे जम्मा गरेर कार्यक्रम गर्ने तर महोत्सव गर्न नदिनु गलत भएको बताए ।

‘बार्षिक रुपमा मेला महोत्वस गरेर उद्योग बाणिज्य संघ चलाउन केहि खर्च जम्मा गर्ने गरेका थियौं’ उनले भने ‘अहिले नेपाल सरकारले मेला, महोत्सव लगाउन बन्देज लगाएको अवस्था छ । तर राजनीतिक दलका कार्यक्रममा भने पचासौं हजार मान्छे जम्मा भईरहेका छन ।’

उनले अब मेला महोत्सव संचालन गर्नका लागि उद्योग बाणिज्य संघको जिल्ला देखि केन्द्र सम्म पहल गर्नुपर्ने बेला आएको बताए ।

अत्तरिया उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष कल्यान सिह बोहराले सकारका प्रधानमन्त्रीले हजारौ कार्यकर्ता जम्मा गरेर कार्यक्रम गर्न हुने हामीले चाहि किन महोत्सव आयोजना गर्न नदिएको भन्दै आक्रोस पोखे । उनले सरकारले संघको मुख्य आयश्रोतको माद्यम मेला महोत्सव गर्न नदिएर आफूहरुले ठुलो क्षति बेहोरीरहेको बताए । ‘हामीलाई महोत्सव लगाउन प्रतिबन्ध लगाईएको छ । जुन संघको आयश्रोतको मुख्य माद्यम हो ।’ उनले भने ‘सरकारले भने ठुला– ठुला कार्यक्रम गरिरहेको छ । सरकारकै मान्छे आएर हजारौं मान्छे जम्मा गरेर कार्यक्रम गरिरहेका छन ।’ उनले भने अब हामीले पनि महोत्सव गर्न पाउनु पर्छ यसका लागि सबैले पहल गर्न आवश्यक छ ।

अत्तरिया उद्योग बाणिज्य संघका उपाध्यक्ष कमल कडायतले सरकारका मन्त्री प्रधानमन्त्रीले हजारौं मान्छे जम्मा गरेर आमसभा गर्दा कोरोना नलाग्ने हामीले भने महोत्सव गर्दा कोरोना फैलिन्छ भन्नु न्यायोचित नभएको बताए ।

कोरोना महामारीले थलिएका व्यवसायिलाई महोत्सवले केहि राहत दिने भएपनि त्यसमा रोक लगाईदा आफूहरु झन मारमा परेको अर्का उपाध्यक्ष कविराज भट्टले बताए । उनले अझैपनि महोत्सव आयोजना गर्ने बिषयमा छलफल चलाउनु पर्ने बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation