बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

२०६२/०६३ को जन आन्दोलनलाई प्रधानमन्त्री केपि ओलीले वयलगाढाको संज्ञा /अनेरास्ववियुले निकाल्यो धनगढीमा बयलगाढा र्याली

सघिय संसदलाई असंवैधानिक रुपमा विधटन गरेको विरोधमा शक्तारुढ नेकपाकै प्रचण्ड, माधव नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियुले धनगढीमा बयलगाढा र्याली निकालेको छ ।

२०६२/०६३ को जन आन्दोलनलाई वर्तमान प्रधानमन्त्री केपि ओलीले वयलगाढाको संज्ञा दिएको र सो अभिव्यक्तिले ओली गणतन्त्र वादी नभएको प्रष्ट्याउन बयलगाढा र्याली निकालिएको अनेरास्ववियुका केन्द्रिय सदस्य डम्मर भट्टराईले बताए ।र्याली पछि धनगढी पार्कमोडमा आयोजित सभामा बोल्दै अनेरास्ववियुका केन्द्रिय नेता सुरेन्द्र बस्नेतले जनताको मतलाई अपमान गर्ने गरी गरिएको संसद विघटन कुनैपनि हालतमा मान्य नहुने बताए ।उनले प्रधानमन्त्री केपि ओलीमा तानाशाह प्रवृति बढ्दै गएको आरोप लगाए । ‘

ताना शाही प्रवृति भएका पञ्च र राजा हरुलाई विद्यार्थी आन्दोलनले नै ढालेको थियो’ उनले भने–‘अव केपिको प्रवृतिका विरुद्ध हामी उठ्न बाध्य भएका छौं, यही आन्दोलनले उनको अस्तित्व समाप्तहुने छ ।’

अनेरा स्ववियुका केन्द्रिय नेता शुभेष पराजुलीले जनताले दिएको मतको सम्मान गर्न नसक्ने जो कोहीलाई जनताले नै पछार्ने बताए । उनले पश्चगामी बादको दिशामा जाने सवै नेता तथा कार्यकर्ताका विरुद्ध युवाहरु एक जुट भएर लाग्नुपर्नो बताए । क्याम्पसरोड बाट सुरुभएको र्याली पार्कमोडमा समापन गरिएको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation