Baigyanik Media

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको कदमले नेपाली जनताको घाँटी निमोठ्ने कार्य भएको चौधरीको भनाई

बौनिया/काँग्रेसका युवा नेता माहासमिती सदस्य तथा कैलाली क्षेत्र नं २ (ख) का प्रदेश सान्सद उमेदार अरुण चौधरीले कम्युनिष्ट सरकारले नेपाली जनताको जनमतको अपमान गरेको बताएका छन् । विहीबार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनीमा आयोजित विरोध सभामा बोल्दै नेता चौधरीले केपी ओली नसच्चिए जनताले घिसारेर सडकमा ल्याउने चेतावनी दिए ।

उनले भने, केपी बा तपाईं सत्तामा हुनुहुन्छ । सत्तामा जाँदाखेरि जुन संविधानको भर्याङमा टेकेर सत्तामा जानु भएको थियो, यदि तपाईं सच्चिनु भएन, तपाईंले गल्ती स्वीकार्नु भएन र संविधानको अक्षरशस् पालना गर्नु भएन भने, त्यो भर्याङबाट तपाईं उत्रिन सक्नुहुन्न । नेपाली जनताले बालुवाटारबाट घिसारेर सडकमा ल्याउनेछन् ।

प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको कदमले नेपाली जनताको घाँटी निमोठ्ने कार्य भएको चौधरीले बताए । प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै चौधरीले कम्युनिस्टलाई नेपाली जनताले हरेक पटक सच्चिने मौका दिएको तर, कम्युनिष्टले आफ्नो चरित्र र विचारलाई परिवर्तन गर्न नसकेको बताए । कम्युनिष्ट सरकारको अलोकतान्त्रिक कदमविरुद्ध काँग्रेस देशव्यापी रूपमा सडकमा आएको बताउँदै वर्तमान सरकारले एकपछि अर्को संविधान विपरीत निर्णय र प्रक्रिया गरेको दाबी गरे ।

संविधान विपरीत गरिएको निर्णय नेकपाले स्वीकार गर्नुपर्नेसमेत उनले तर्क गरे । मुलुकमा सर्वसत्तावाद, अधिनायकवाद र निरंकुशता हावी भएकाले जनता सडक आउनुपर्ने परिस्थिति सिर्जना भएको उनको भनाइ छ । लोकतन्त्रका हरेक मूल्य र मान्यतालाई आत्मसात गर्छौं भन्दै कम्युनिष्टले जनतालाई झुठो आश्वासन बाँडेर चुनाव जितेको र अहिले पूरा गर्न नसकेको उनको आरोप छ । कांग्रेसले आज देशैभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनसहित सभा गरेको हो ।

विरोध सभामा बिशिष्ट अतिथि आमन्त्रित क्षेत्रीय सल्लाहकार सदस्य सिद्धराज ढुंगानाले शुभकामना मन्तव्य राख्दै भने कम्युनिस्टहरुले ६२र६३ साल बाटै जनतालाई दुःख दिदै आएको र हावा कुरा जनताको माझमा बोल्ने गर्दछन् पानी जहाज रेल जनतालाई आश मात्र देखाएको ढुंगानाले भने कार्यक्रममा  हाम्रो वडामा कम्युनिस्टहरुले जितेको छ तर कोरोनाको समयमा तपाईंको सरकार थ्यो तर तपाईंले कोराइटाईनमा बसेका जनतालाई  दुःख पाए तपाईंले प्रदेश केंद्र सरकारमा गएर तपाईंले मेरो वडाका जनता भोक भोकै छन् भनेर भनसक्नु हुन्थ्यो तपाईंले भनसक्नु भयन तपाईं लाहाचार वडा अध्यक्ष हुनुहुन्छ तपाईंहरूका नाली बेली जनतालाई सबै थाहा पाई सके अब तपाईंलाई वडा बाट कुन दिन जनताले घिसारी घिसारि सडकमा लेउने हुन तपाईं थाहपाउनु हुने छ । तपाईंको अब काम छैन ढुंगानाले भने कार्यक्रममा गाउँ कार्यसमितिका सदस्य पहराम बुढा,नेपाली काग्रेसका क्यिासिल सदस्य टंक कुँवर,टोल सभापति प्रकाश जोशी ,टोल सभापति चक्र विष्ट लगायतकाले बोलेका थिए ।कार्यक्रममा वडासभापति नन्द राम विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाली काग्रेसका वडा कार्यसमितिका वडा सचिव शिखर वि कले गरेका थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation