आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

भजनी,गौरीगंगा,गोदावरी र बर्दगोरिया ४ जना जनप्रतिनिधि पदबाट निस्कासित

कैलाली बौनियाँ/नेकपा माओवादी केन्द्रले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कैलालीका ४ जनप्रतिनिधि सहित देशभरका १४ जना लाई पदमुक्त हुनेगरी कारबाही गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय कमिटि बैठकबाट यो निर्णय भएको केन्द्रीय सदस्य सुदन किरातीले जानकारी दिए ।

कैलालीमा पदमुक्त हुनेमा कैलालीको भजनी नगरपालिकाकी उपप्रमुख छाया देवकोटा,गौरीगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भागिरथि विष्ट,गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुरन बि.सी रहेका छन् ।

स्रोत पश्चिम टुडे

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation