बुधबार, अशोज २३, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीमा लकडाउनको मौका छोपी जंगली जनावरको सिकारी बढ्यो  

कैलाली /कैलाली जिल्लाको राष्ट्रिय वन र सामुदायीक वनमा जंगली जनावरको चोरी सिकार बढेको छ । सरकारले लकडाउन गरेपछि जिल्लाको वनमा दैनिक जसो जंगली जनावरको चोरी सिकार बढेको स्थानीयले बताएका छन् ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेलले लकडाउनको मौका छापेर वनमा सिकार गर्नेहरुले हैरान पारेको बताऊ छन् । जंगलभित्र प्रवेश गरी आगो लगाउने र वन्यजन्तुलाई अप्ठेरोमा पारेर सिकार गर्ने गरेका छन् । उनीहरु विरुद्ध अपरेसन सुरु गरिसकेका छौं । तर स्थानीयले भने जंगलमा सिकारीले मारेको सिकार वन कर्मचारी,सुरक्षा निकायका प्रमुख तथा स्थानीय राजनैतिक दलका नेताहरुको घर सम्म पुग्ने गरेको बताई रहेका छन्।

कोभिड–१९ को संक्रमण रोक्न सरकारले लकडाउन गरेको मौका छोपी सिकारी फेरि राष्ट्रिय वन सामुदायीक बन प्रवेश गर्न थालेका छन् । उनीहरू बँदेल, हरिण, नीलगाई, खरायोलगायत जन्तु मार्ने गर्छन् । 

लकडाउनको फाइदा उठाउँदै काठ तस्कर पनि हाबी हुने देखेर गस्ती बढाइएको डिभिजन वन प्रमुख कडेलले बताए । ‘राष्ट्रिय वन सामुदायीक बन भित्र सिकारीले जन्तु मार्छन् भनेरै हामीले उच्च सतर्कता अपनाउँदै गस्ती गरेका छौं,’ उनले भने, ‘अवैध हतियार बोकेर वन्यजन्तु मार्न स्थानीय नै अग्रसर हुने गरेको अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिनु भएको थियो ।

सिकारीले गाउँका सोझासाझालाई मासुको लोभ देखाएर समूह बनाई वन लैजान्छन् । सुकेको पत्करमा आगो सल्काउँछन् । चारैतिर आगो फैलिएपछि वन्यजन्तु सकसमा परेर भाग्न खोज्छन् ।

सिकारीहरू हतियारसहित जन्तु कुरेर बस्छन् र त्यहाँबाट निस्कन खोजेका वन्यजन्तुलाई निसाना लगाउँछन् । उनीहरूले गाउँघरबाट झोरुवाका रूपमा मानिस लैजान्छन् । डढेलो छल्दै भाग्ने वन्यजन्तुलाई झोरुवाले सिकारी भएकातिर धपाउँछन् । सिकारपछि झोरुवाले पनि केही भाग पाउँछ । हतियार नहुनेले जाल थापेर सिकार गर्छन् ।

जिल्लाका अधिकास सामुदायीक बनमा क्षेत्रमा वन्यजन्तु मारिने गरेको स्थानीय बताउँछन् । यहाँ अझै पनि धेरैका घरमा अवैध हतियार राखिएको छ । सिकार गरेर ल्याइएको वन्यजन्तुको मासु लुकाएर गाउँघरमा बिक्री हुने गरेको पाइएको छ । यता डिभिजन वन कार्यालय पहलवानपुरका प्रमुख कृष्ण भट्टको फोनमा पटक पटक फोन सम्पर्क गर्दा सम्पर्क मा आएनन् ।

फागुन, चैत  वैशाख र जेठमा वनमा डढेलो लाग्ने र वन्यजन्तु बाहिर निस्कने भएकाले सिकार गर्ने समूह यो बेला अझ सक्रिय हुने गरेको पाइएको छ । 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation