Baigyanik Media

Advertisment

SKIP THIS

भारतमा रोजगारी गर्दै आएका नेपाली युवा बाट पीडित दमाईलाई आर्थिक सहयोग गरे हेर्नु होस् (भिडियो सहित)

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ बस्ने भारतको महाराष्ट्रमा गुण्डा द्वारा आक्रमण भएका पीडित राकेश दमाईको उपचार स्वरूप सागर साउँद र अमृत साउँदको पहलमा भारतमा रोजगारी गर्दै आएका नेपालीबाट आर्थिक सहयोग जुटेको छ ।

 

 

 

भारतका विभिन्न स्थानबाट सम्पर्क गरी २४ वर्षीय दमाईको उपचारका लागि रु १६०००।( हजार बराबरको रकम सहयोग गरेको हुन सोही गाउँका युवाहरुले आफ्नो नास्ता खर्च काटेर राकेशलाई सहयोग गरेको अमृत साउँदले अनमोल अनलाईन टेलिभिजन लाई बताउनु भएको हो ।​​​​​दमाईको परिवारलाई ५० किलो चामल, आयोडिन नुन ५ पोका, मिक्स दाल ५ किलो ,तेल  १० पोका, खुर्सानी १ किलो, सोवाबिन ५ किलो, धनिया ५०० ग्राम, जिरा २०० ग्राम, जयान पारो ९ सय ग्राम , नैगा सावन ६ पिस, लाईबाई साबुन ४ पिस, सास्ती हमला १ पिस कोलगटे १ पिस, सेन्ट १ पिस, र सुत्ने पलग लगायतका अत्यावश्यक सामग्री सहयोग गरीको र नगद चार हजार रुपैयाँ दिएको स्थानिय युवा कमल साउँदले अनमोल अनलाईन टेलिभिजनलाई बताउनु भएको छ।

यसैगरी दमाईकोको उपचारमा सहयोगस्वरुप यस अघि नेपाल प्रवासी स्वतन्त्र युवा संगठनका युवाहरु बाट १३०००।( सहयोगीहातहरु क्षेत्र न २ बाट  ५ हजारको खाद्यान्न सहयोग गरेका हुन् बर्दगोरिया गाउँपालिका वडा नं ३ नेपाली कांग्रेसका सभापति नन्दराम बिष्टले रू ५००।( र श्री जगदम्बिके भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्र खड्काले रू ५००।( लगायतका संघसंस्था र व्यक्तिहरुले सहयोग गर्नुभएको हो ।

 

रोजगारीका लागि भारत गएका नेपाली द्वारा सङ्कलन गरेको सो रकम स्थानिय युवा कमल साउँद र स्थानिय समाजसेवी नेपाली कांग्रेसका वडा न ३ का सभापति नन्दराम विष्ट मार्फत पीडितलाई सहयोग रकम वितरण गरिएको हो । पिडितक घर परियारले उपचारमा सहयोग गर्नुहुने दातालाई धन्यवाद दिँदै जीवन रक्षाका लागि थप सहयोगको अपेक्षा याचना गरे । सात वर्षसम्म वैदेशिक रोजगारीमा कार्यरत २४ वर्षीय राकेशको शरीलले काम गर्न छाडेपछि दुई महिना अगाडि स्वदेश फर्केका हुन्।

दमाईका बुबा, आमा, दुई भाई ,श्रीमती, दुई छोरा, र एक छोरी छन् । सामान्य परिवारका दमाई घरपरिवारको पेट पालन भारतको महाराष्ट्रमा रोजगारी गर्दै आएका थिए आफू नै गुण्डा द्वारा आक्रमण  परेपछि परिवारको जीवन गुजारा चलाउन समस्या परेको छ ।

हेर्नु होस् यो (भिडियो सहित)

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation