बिहिबार, बैशाख १३, २०८१

कैलालीमा ७२ वर्षीया वृद्ध हराए / घर परिवार चिन्तित/खोजी कार्य तीव्र

बौनियाँ ।कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० स्थित सुतैया गाउँ बाट एक वृद्ध बेपत्ता भएका छन । विगत २४ वर्ष देखि बहिनिको घरमा वस्दै आएका जोगि वि क नाम गरेका ७२ वर्षीया वृद्ध बेपत्ता भएका हुन ।

वृद्ध असार ३१ गते विहान करिब १० बजे घर बाट निस्केका थिए । दिउँसो १२ बजे सम्म पनि घर नआएपछि उनको खोजिकार्य शुरु भएको थियो । आफन्त कहाँ खोजि गर्दा पनि उनको अझै पत्ता लाग्न सकेको छैन ।

 

उनको करिब ५ फि. उचाइ रहेको छ । उनि बोल्न र कान सुन्न सक्दैन्न । उनि घरबाट निस्कदा सेतो रंङ्गको सर्ट, कालो रङ्को ट्राउजर, र कालो रङ्को चप्पल लगाएका थिए ।

उनलाई देख्नु हुने वा फेला पार्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा भिम वि.सीको सम्पर्क नम्बर ९८१४६०९२८२/९८६५८७८३५५ मा सम्पर्क गरिदिन हुन उनका आफन्तले अनुरोध गरेका छन ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation