बौनियाँ/नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३९औं स्मृति दिवस बुधबार कैलालीमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
दिवसको अवसरमा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमिति द्वारा बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको साहारा घरमा फलफूल वितरण तथा साहारा घरको परिसरमा वृक्षारोपण र नगद सात हजार सात सय दश रुपैयाँ सहयोग गरिएको छ ।
साहारा घर परिसरमा विभिन्न फल फूलका विरुवाहरु रोपेर स्मृति दिवस मनाइएको कांग्रेस पार्टी कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भक्त बहादुर थापाले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिएको कार्यक्रममा महासमिति सदस्य शिवा थापाको प्रमुख अतिथिमा भएको कार्यक्रम क्षेत्र न २ का सभापति भक्त बहादुर थापाको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा काङ्ग्रेसका युवा नेता कृष्ण बिस्टले ४ ह्जार बराबरको स्याउ, र तरुण दल नगर सभापति रमेश बिस्टले १२ दर्जन केरा सहयोग गरेका थिए ।
कार्यक्रमको संचालन प्रदेश सभा ख का सभापती तेज प्रताप मल्लले गरेका हुन् । कार्यक्रममा महाअधिबेशन प्रतिनिधि, नगर सचिव,बर्दगोरिया गाउँ समिती, वडा सभापति तरुण दलका प्रतिनिधी लगाएत काग्रेसका सुशचिन्तक र कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रममा बिपीका बिचार र चिन्तनका साथै उनले गरेका महान कार्यको बारेमा समेत चर्चा गरिएको थियो ।
नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वा्चित प्रधानमन्त्री बनेका थिए। उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए।
तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो। पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए।
उनले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ। कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो।
हेर्नु होस भिडियो सहित