बौनियाँ/कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ वसन्त गडा स्थित शिवशक्ती सामुदायिक वन उपभोक्ता समूह समितिकाका अध्यक्ष बाबुराम रोकामगर र उनको परिवारमाथी आक्रमण भएको छ ।
सोमबार बेलुकी अध्यक्ष रोकामगर घरमै बसेको बेला उनी र उनको परिवार माथी आक्रमण भएको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रहरी प्रमुख भिमदत्त जोशीले जानकारी दिए ।
उनका अनुसार रोकामगर माथी स्थानिय बिबेक देवकोटा र बिशाल दमाइले सझाको करिव ६:३० बजेको समयमा घरमानै गएर ज्यान मार्ने गरि आक्रमण गरेको उनले बताए ।
यस्तै आक्रमण बाट रोकामगरको मुखामा ३ वटा टाका लागेको छ भने उनको टाउकोमा समेत चोट लागेको छ । यस्तै उनकी श्रीमतीको हात तथा टाउकोमा सामान्य चोट लागेको प्रहरी प्रमुख जोशिले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिए ।
प्रहरी प्रमुख जोशिका अनुसार उनिहरुको बर्दगोरिया अस्पताल प्रा.लि.सडकपुरमा उपचार भैरहेको छ ।
यस्तै आक्रमण गर्ने उनिहरुलाई भोलि नै पक्राउ गरि आक्रमण बारे थप अनुसन्धान गरि आवश्यक कार्वाही गरिने उनले बताए ।
रातीको समय भएको र आकाशबाट पानी परी रहेकाले त्यहा सम्म पुग्न निकैनै समस्या भनेकोले अहिले जान सभव नभको उनले बताए ।
यस्तै बृस्तृत जानकारी आउन भने बाकी नै रहेको प्रहरी प्रमुख जोशीले जानकारी दिए ।