आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

कुलमानको नियुक्ति खारेजीको माग गरिएको रिट न्यायाधीश रेग्मीको इजलासमा

नेपाल विधुत प्राधिकरणका सीईओ कुलमान घिसिङको नियुक्ति खारेज गर्न माग गरिएको रिटको सुनुवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ। यसअघिका सीईओ हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाईका लागि सर्वोच्चले न्यायाधीश रेग्मीको एकल ईजलास तोकेको हो।

 

रिटमा कुलमानलाई नियुक्त गर्ने निर्णय असंवैधानिक भएकाले मन्त्रिपरिषद्को निर्णय खारेज गरी शाक्यलाई पुर्ननियुक्ति गर्न अन्तरिम आदेश माग गरिएको छ। 

 

मन्त्रीपरिषद् निर्णयले शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गरेको थियो। यसविरुद्ध शाक्य सोमबार सर्वोच्च पुगेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतलाई विपक्षी बनाईएको छ

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation