बर्दगोरिया-३ मा विधुत सर्ट भएर एक स्थानीयको घरमा आगलागी, तीन लाख वढीको क्षति

बौनियाँ(कैलाली)। विधुत सर्ट भएर आगलागी हुँदा कैलालीको बर्दगोरियामा तीन लाख वढीको क्षति भएको छ । पालिकाको वडा नम्बर ३ बुटकौवामा स्थानीय लालबहादुर चौधरीको घरमा गएराती ९ बजेतिर विधुत सर्ट भएर आगलागि भएको हो ।

 

आगलागी बाट घरमा रहेको सम्पुर्ण अन्नपात, लुगाकपडा, प्लङ सवै जलेर नस्ट भएको वडा नम्बर ३ का वडा सदस्य टङ्क ओलीले जानकारी दिए । राती लगातार पानी परिरहेलो थियो, हामी सुतिरहेको थियौ लालबहादुरका दाइ मानबहादुर चौधरीले भने भाइबुहारी माइती जानुभएको थियो । घरको तल्लोतलामा बुबाआमा सुत्नुभएको थियो ,एक्कासि माथिल्लो तलामा बिधुत सर्ट भएर आगलागी भएको रहेछ । आगलागी भएपछि आमाबुबाले गुहार मागेपछि हामीले रातिको ११ बजेतिर मात्रै थाहापायौ ।

 

आगलागी बाट मानवीय क्षति भने नभएको चौधरीले बताए । रातको करिब साढे १२ बजे स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएका थिए । राती पानी परिरहेको हुँदा नियन्त्रणमा सहज भएको र ठूलो क्षति हुनबाट जोगिएको उनले बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation