बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

वडा अध्यक्षको चार वर्षे कार्यकाल, ७० प्रतिशत बिकास भएको दाबी : वडा अध्यक्ष कठरिया 

बौनियाँ/कैलाली जिल्लाको जोशिपुर गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष किशोर कुमार कठरियाले आफुले वडा नम्बर ३ मा ७० प्रतिशत काम गरेको दाबी गरेका छन ।

 

उनले भने आफूले निर्वाचनका बेला जनतासंग गरेको प्रतिबद्धताको करिब ७० प्रतिशत काम गरेको छु । निर्वाचनका बेला घोषणापत्र मार्फत जनतासंग गरेको बाचाको ७० प्रतिशत काम गरेको वडा अध्यक्ष कठरियाको भनाई रहेको छ ।

नेपाली काँग्रेसका तर्फबाट विजयी हुनुभएका वडा अध्यक्षले आफुले सडक संजाललाई पहिलो प्राथमिकता दिएर हिडिरहेको बताए । आफ्नो वडामा बन्जरिया गाउमा नदिले डुबान गरेको क्षेत्रमा तटबन्धन गरेको बताए । वडा अध्यक्ष कठरियाले  आफ्नो वडाका जन्ताले नदिको डुबानको समस्याका साथै बाटोघाटो र कटानको समस्या भोग्नु परेको छ । वडा र पालिकाबाट सो क्षेत्रमा मा तटबन्धन र सडक संजालको काम भइ रहेको हुदा आफूलाई खुशी लागेको उहाँको भनाई रहेको छ ।

शुरुमा जग्गा अभावका कारण आफ्नै कार्यालय भवन नहुँदा कार्य सम्पादनमा समेत समस्या हुँदै आएकोमा अब अन्तिम  बर्षमा जग्गा उपलब्ध भइ सकेको हुदा वडा कार्यालय भवन निर्माणको कामलाई अगाडि बढाएको बताए । आफ्नो वडामा करिब २/३ किलोमिटर कालोपत्र गर्न सफल हुदा आफुलाई खुशी लागेको समेत उनले बराए । पहिले आफू वडा अध्यक्षमा जित्नु पुर्ब ग्राभेल समेत न भएका सडकमा अहिले ग्राभेल संगै कालोपत्र रोड भएका छन ।  ब्यवस्थित रुपमा सडक निर्माण  गरेका कारण अहिले जनतालाई आवतजावत  गर्न सहज हुने गरेकोमा आफू एकदमै खुशि भएको उनले बताए ।  

आफु निर्वाचित भएर आएपछि बन्जरियाको काडा नदिमा १ किलो मिटर तटबन्ध गर्नुका साथै करिब २/३ किलोमिटर सडक कालोपत्रे,२/३ किलोमिटर ग्राभेल निर्माणको काम सकिएको उहाँले बताउनुभयो ।
 वडाको समग्र विकासका संगै युवाहरूका लागि खेलमैदान,खेलकुदमा पनि आफुले लगानी गर्दै आएको बताए । साथै वडा अध्यक्ष कठरियाले कृषि,शिक्षा र स्वास्थ्यका सवालमा नदि पारिका जनतालाई सहज होस भन्ने उद्देश्यका साथ बन्जरियामा स्वास्थ्य ईकाई स्थापना गरि सेवा दिईरहेको बताए ।  

साथै महिला बालबालिकाका सवालमा आफुले महिला लक्ष्यित कार्यक्रम हरु ल्याएर उनिहरुका हक अधिकारका बारेमा आवाज उठाउदै आएको समेत बताए ।  बाँकी रहेको आफ्नो कार्यकालमा अझै बाकी रहेका गाउँ टोल टोल मा सडक संजाल पुगाई ग्राभेल र कालोपत्र गर्ने योजना रहेको बताए । आगामी दिनमा जनताको सेवामा लागि वडाको विकासमा आफ्नो शक्रियता उत्तिकै रहिरहने वडा अध्यक्ष कठरियाको  प्रतिबद्धता रहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation