आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

श्री चम्किलो तारा प्राथामिक विद्यालयको अभिभावक भेला सम्पन्न

कैलाली/श्री चम्किलो तारा प्राथमिक विद्यालय लम्कीचुहा ६ बावनपुरको चौथो अभिभावक भेला आईतबार सम्पन्न भएको छ । विद्यालयको आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भेला भेला सम्पन्न भएको हो । 

 

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढक बहादुर बिकले विद्यालयले धेरै चुनौतीको सामना गर्दै यो अवस्था सम्म आई पुगेको बताए । अहिले विद्यालयमा शिक्षकको अभाव भएकोले पननपाठनमा समस्या भएको उनले बताए । विद्यालय शिक्षाको विकासमा निरन्तर लागि परेको भन्दै अभिभावकले पनि साथ र सहयोग गर्नुपर्नेमा बिकले जोड दिए । 

आर्थिक बर्ष २०७६ र २०७७ मा आम्दानी ९ लाख ६२ हजार ३७ रुपैया र खर्च ११ लाख ८४ हजार ८ सय ८६ रुपैया मध्ये २ लाख २२ हजार ८ सय ४९ रुपैया आम्दानी भन्दा खर्च बढी आएको शिक्षक अशोक चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय स्थापना भएदेखिको कर्मचारीको भुक्तानी दिन बाँकी रकम १३ लाख ७८ हजार १ सय ७९ रुपैया रहेको प्रतिवेदन भेलामा पेश गरिएको थियो । 

भेलाका प्रमुख अतिथि एवम् लम्कीचुहा शिक्षाशाखा प्रमुख गौरीकान्त न्यापानेले संस्थापक विद्यालयका अध्यक्ष कर्णखर ढकाल लाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । विद्यालयले प्रमुख अतिथि न्यौपाने लाई मायाको चिनो दिएर सम्मान गरेको थियो । भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति चयन गर्ने विद्यालयले जनाएको छ ।

 

विद्यालयका प्रअ बलबहादुर रावतले संचालन गरेको कार्यक्रममा अतिथि पाहुनालाई शिक्षिका बिस्ना बिसी सपनाले स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिईन ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation